- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरमध्यपश्चिम १४औं वर्षमा

मध्यपश्चिम १४औं वर्षमा

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २ जेठ ।

रेडियो मध्यपश्चिम स्थापनाको १४औँ वर्षमा प्रवेश गरेको छ । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको २०६४ जेठ १ गते उद्घाटन गरिएको थियो ।
सञ्चार एवं सामाजिक तथा व्यवसायीक क्षेत्रमा कार्यरत ख्यातीप्राप्त व्यक्तित्वहरूको संयुक्त लगानी र पहलमा दाङ सूचना तथा सञ्चार सहकारी संस्था २०६१ सालमा स्थापना भएको हो ।

०६२/६३ को ऐतिहासिक जनआन्दोनको सफलतापछि २०६३ पुस २८ गतेदेखि आवाजहीनहरूको आवाजका रूपमा रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्जबाट प्रशारण प्रारम्भ भएको हो ।

२०६४ जेठ १ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले रेडियो मध्यपश्चिमको उद्घाटन गरेका थिए । सूचना तथा सञ्चारको माध्यमबाट आम नागरिकहरूलाई सुसूचित एवं जागरूक बनाउने उद्देश्यका साथ आफ्ना प्रसारणका सेवाहरूलाई परिस्कृत गर्दै ल्याएको छ ।

स्थापना दिवसको अवसरमा हरेक बर्ष विभिन्न औपचारिक कार्यक्रम गर्दै आएको रेडियोले यस बर्ष कोरोना संक्रमणका कारण सबै सोंचलाई कोरोना सचेतना, प्रभावितहरूको आवाज बुलन्द पार्दै राज्य र सरोकारवाला निकायलाई खबरदारी गर्दै आफ्ना प्रसारणका कार्यक्रमलाई केन्द्रित गरेको छ ।

रेडियो स्थापना दिवसका अवसरमा रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसुदन वैद्यले आवाजहीनको आवाज र समसामयिक परिस्थितिका विषयको उजागरमा केन्द्रित रहेको बताएका छन् । अध्यक्ष वैद्यले शुभकामना सन्देश दिदै यो जटिल परिस्थितिमा रेडियोको भूमिकालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here