- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरबाँफिकोटका सबै वडामा राहत

बाँफिकोटका सबै वडामा राहत

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २ जेठ ।

रूकुम पश्चिम बाँफिकोट गाउँपालिकाका सबै वडाहरूमा राहत वितरण गरिसकेको छ । कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण संकलन गरी राहत वितरण गर्ने गरिएको गाउँपालिका अध्यक्ष धर्म बदादुर केसीले जानकारी दिएका छन् ।

असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरूलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड–२०७६ अनुसार वितरण गरिएको गाउँपालिका अध्यक्ष केसीले बताए ।

टोलस्तरबाट संकलन भएको तथ्यांकमा पूर्ण छलफल गरी एक परिवारलाई ३० केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन वितरण गरिएको उनले बताए । त्यस्तै वडा कार्यालयले आ–आफ्नो तर्फबाट राहत वितरण गरिएको वडा कार्यालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरूङले बताए ।

त्यस्तै वडा नम्बर १ मा १ सय ३० जना, वडा नम्बर २ मा १ सय २५ जना, वडा नम्बर ३ मा १ सय ३० जना, वडा नम्बर ४ मा २ सय ७ जना, वडा नम्बर ५ मा १ सय ५ जना, वडा नम्बर ६ मा २ सय जना, वडा नम्बर ७ मा १ सय ५० जना, वडा नम्बर ८ मा १ सय ३० जना , वडा नम्बर ९ मा १ सय ५० जना र वडा नम्बर १० मा १ सय ५० जना गरी जम्मा १ हजार ६ सय ५ जनालाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बाँफिकोट गाउँपालिका १ देखि १० नम्बर वडाका सबै टोलहरूमा वडाका जनप्रतिनिधि पुगेर राहत वितरण गरिएको हो । सबै टोलको पायक पर्ने केन्द्रमा सबैलाई जम्मा गरी राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरूङले बताए ।

दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरिएको छ । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिरी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरूलाई वितरण गरिउको छ ।

त्यसैगरी वडाका विपन्न परिवारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरूलाई समेत गरी जम्मा १ हजार ६ सय ५ जनालाई राहत सहयोग वितरण गरिएको अधिकृत गुरूङले बताए ।

लकडाउन लम्बिएर छाक टार्न गाह्रो भएका मजदुरका लागि कार्यपालिकाको बैठक बसेर राहत वितरण गर्ने बताए ।

राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, उपाध्यक्ष मनकला पुन, प्रमुख प्रशासकीय अधिकृत महेश गुरूङ, कार्यपालिका सदस्यहरू, वडाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

रूकुम पश्चिमका स्थानीय तहहरूले आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकाले खाद्यान्नका लागि रोजगार कार्यक्रम ल्याएका छन् ।

नगरपालिकाका झन्डै १० हजार घरधुरीलाई रोजगारी पाउने गरी कार्यक्रम ल्याएको आठबिसकोट नगरपालिका प्रमुख गोर्ख बहादुर केसीले बताए । नगरपालिकाको १० नम्बर वडाबाट उक्त कार्यक्रम लागू गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here