- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरवडाका विपन्न परिवारलाई श्रम

वडाका विपन्न परिवारलाई श्रम

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २ जेठ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले छाक बसेका नागरिकहरूलाई काम दिएको छ । एक चरणको राहत वितरण गरिसकेको वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमार्फत विपन्न र गरिव परिवारका व्यक्तिहरूलाई काम दिएको हो ।

दैनिक ५ सय १७ रूपैयाँ पाउने गरी श्रमिकलाई काममा लगाउने उपमहानगरले निर्णय लिएको छ । सोही अनुसार वडाका विपन्न एवं श्रमिकहरूलाई काम दिएको वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिए ।

कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनका समयमा छाक बस्ने अवस्थामा पुगेका नागरिकलाई काम र त्यसको ज्याला दिने निर्णय भएको हो ।

निम्न आय भएका, विपन्न परिवार र दैनिक ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई काम दिइएको हो । उनीहरू सडक खन्ने, मर्मत गर्ने, पोखरी बनाउने, विद्यालय प्राङ्गण बनाउने, कुलो खन्ने, सरसफाई गर्ने लगायतका कामहरू गर्दै आएका छन् ।

वडा कार्यालयले यसअघि ६ सय ५० घरधुरीलाई १ सय २० क्विन्टल चामल, ७ क्विन्टल दाल, ७ क्विन्टल नुन, ३७० लिटर तेल र ७ सय ६ पिस साबुन राहतस्वरूप वितरण गरेको छ । काम गर्ने र ज्याला लैजाने अन्तर्गत पहिलो चरणमा बाह्रहाङ्गे सरे सोतादेखि लक्ष्मीपुर–सुकेदहसम्म करिब ४ किलोमीटर बाटोको ट्रयाक खोल्ने काम सुरू भएको छ । प्रति परिवारका एकजना व्यक्ति उक्त श्रमदानमा लागेका छन् ।

यसैबीच घोराही उपमहानगरपालिकाको वडा नम्बर ५ मा एक सय बढी विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । लकडाउनका कारण समस्यामा परेका घरपरिवारलाई घोराही उपमहानगरपालिकाको सहयोगमा वडा कार्यालयले दोस्रो चरणको राहत सहयोग कार्यक्रमअन्तर्गत वडा कार्यालयबाट एक सय २० विपिन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण दैनिक जीविका चलाउन समस्या परेका वडाका अति विपन्न घरपरिवारलाई वडा कार्यालयले चामल, नुन र हातधुनलाई साबुन वितरण गरेको घोराही उपमहानगरपालिका वडा नम्बर ५ का वडा सचिव लक्ष्मण अधिकारीले जानकारी दिए ।

सचिव अधिकारीका अनुसार वडा कार्यालयले दोस्रो चरणको सहयोग कार्यक्रमअन्तर्गत पहिलो दिन वडाका विपन्न घरपरिवारलाई प्रति व्यक्ति पाँच किलो चामल, एक प्याकेट नुन र साबुन सहयोग गरेको वडा अध्यक्ष विष्णुमणि दाहालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here