- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २ जेठ ।

दाङमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३० वर्षिय विशाल थापाको मृत्यु भएको छ । सोही ठाउँ निवासी १३ वर्षका हक्की पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बिहीबार बिहान लमहीदेखि तुलसीपुर जाँदै गरेको ना ३ च ५९४५ नम्बरको पिकअपले तुलसीपुरदेखि घोराहीतर्फ जाँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

मोटरसाइकल सवार थापाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते पुनलाई भने सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।

दुर्घटनापश्चात् फरार रहेका पिकअप चालक राजपुर गाउँपालिका वडा नम्बर ३ निवासी २६ वर्षका प्रदिप महरा र उनी सवार पिकअपलाई प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गुम्राह चोकबाट नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here