- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयसेवा बढाउँदै प्रतिष्ठान

सेवा बढाउँदै प्रतिष्ठान

- Advertisement -spot_img

सम्पादकीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले पछिल्लो समय सेवाको दायरालाई फराकिलो बनाउँदै लगेको छ । राजनैतिक खिचातानीले समस्यामा गुज्रिएको प्रतिष्ठानमा सेवा विस्तारसँगै गति लिने देखिएको छ ।

दाङसहित साविक राप्तीका पाँच जिल्लासहित आसपासका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रतिष्ठानले पछिल्लो समय बालबालिकाको सघन कक्ष स्थापना गरेसँगै सेवाको दायरा झनै बढेको छ । स्वायत्त संस्थाको रूपमा रहेको प्रतिष्ठानले कुनै समय सेवा सुधार गर्न नसक्दा निकै आलोचना हुने गरेको थियो ।

तर पछिल्लो समय सेवालाई विस्तार गर्दै लगेपछि प्रतिष्ठानले नागरिकको विश्वास जित्ने गरि नयाँ र आधुनिक सेवाहरू सुरू गरे पनि नागरिकको प्रतिष्ठानप्रतिको विश्वास बढ्ने छ ।

२०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका रूपमा स्थापना भएको अस्पताल, जिल्ला अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल हुँदै अहिले प्रतिष्ठानमा रूपान्तरण भएको छ । स्थापना भएको झण्डै तीन वर्षको अवधिमा सेवालाई सुधार गरेर बिरामीको मन जित्दै गएपनि अmभैmपनि सेवालाई फराकिलो बनाउनुपर्ने देखिन्छ ।

जिल्लाबाट उपचार गर्नका लागि जिल्ला बाहिर जाने समस्या अहिले पनि रहेको हुँदा यस्ता कुरालाई मध्यनजर गरी प्रतिष्ठानले आफ्नो सेवालाई विस्तार गरी नागरिकको विश्वास जित्नुपर्छ ।

बिरामी सकेसम्म जिल्ला बाहिर पठाउन नपर्ने गरी सेवा सुधारमा लागेपनि भौतिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव लगायतका कुरालाई सुधार्न गर्नुपर्छ । प्रतिष्ठानले आइसियु, एनआइसियु, सिटी स्क्यान, विभिन्न जटिल अप्रेशन सेवालाई सहज र सुलभ हुने गरी लैजानुपर्छ ।

बुधबार मात्रै मुख्यमन्त्रीले उद्घाटन गरेका सेवाले पनि स्थायित्व पाउनुपर्छ । उपचारको दायरा फराकिलो बन्दै गएको अवस्थामा विभिन्न समयमा आउने विवादित खबरले नागरिकलाई चिन्तित बनाउने गर्छ । प्रतिष्ठानको समन्वय पनि बढाउन आवश्यक छ ।

निकायसँग समन्वय नगरेको आरोप पनि लाग्ने गरेको छ । प्रतिष्ठानप्रतिको विश्वसनीयता बढाउनका लागि सबैसँगको सहकार्य र सुझावलाई मनन गर्न आवश्यक छ ।

प्रदेश सरकारले पछिल्लो समयमा कोरोनाभाइरसको परिक्षण र आइसोलेसन कक्षको स्थापना गरेसँगै प्रतिष्ठानको सेवा दायरा फराकिलो बनेको छ । प्रतिष्ठानको नेतृत्व गर्नेलाई राजनैतिक अस्थाका रूपमा नहेरी प्रतिष्ठानको विकास गरी सेवालाई फराकिलो बनाउनुपर्छ ।

प्रतिष्ठानको विकासका लागि बजेट पनि महत्वपूर्ण कुरा हो । बजेट अभावका कारण अझैपनि साेंचेजस्तो विकास हुन सकेको पनि छैन् । सरोकारवाला निकाय सबैको ध्यान प्रतिष्ठानको विकासतिर लाग्न जरूरी छ । बन्द रहेका सेवालाई पनि सुचारू गरेर लैजान सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here