- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsबढ्दै जोखिम, खुकुलो बन्दै लकडाउन

बढ्दै जोखिम, खुकुलो बन्दै लकडाउन

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १ बैशाख ।
कोरोना महामारीको जोखिम बढ्दै जाँदा दाङमा भने लकडाउन खुकुलो बन्दै गएको छ । दाङको छिमेकी जिल्ला बाँकेसँगै प्रदेश ५ का कपिलवस्तु, रुपन्देही र बर्दियामा कोरोना संक्रमण फैलिदै गइरहेको अवस्थामा उच्च जोखिममा रहेको दाङको लकडाउन भने खुकुलो देखिएको छ । लकडाउन खुकुलो बन्दै जाँदा नागरिकहरु कोरोनाको संक्रमण जिल्लामा आउन सक्ने भन्दै त्रासमा छन् ।
बजारमा अत्यावश्क पसल दैनिक तीन घण्टा सञ्चालन भएपनि ति पसलमा सामान किनबेचमा सामाजिक दूरी कायम हुन सकेको छैन् भने विकास निर्माणका नाममा बजारमा सवारी साधनको भिडभाड देखिएको छ ।
जिल्लामा पछिल्लो समय देखिएको भिडभाडले आफूहरु कोरोनाभाइरस संक्रमणको त्रासमा रहेको तुलसीपुर–७ का विनय महताराले बताए । ‘कोरोनाको संक्रमण दर झन् पछि झन् फैलिदै गएको छ, तर तुलसीपुरमा लकडाउन झन् पछि झन् खुकुलो बन्दै गएको छ’
उनले भने– ‘लकडाउन यसरी खुकुलो हुँदै जाँदा हामी लकडाउनको पूर्णपालना गर्ने नागरिकलाई सन्त्रास फैलाएको छ ।
उनले अहिले विकास निर्माणको कामभन्दा पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । ‘अहिले जनतालाई विकास निर्माणभन्दा पनि कोरोनाको महामारीबाट कसरी बच्न सकिएला भन्ने पिर छ ?’ उनले भने– ‘जनता बाँचेपछि त विकास हुँदै जाने कुरा नै हुन् ।
पछिल्लो दुई दिन सोमबार र मंगलबार देखिएको कोरोना संक्रमणका अवस्थालाई मध्यनजर गरी लकडाउनलाई खुकुलो बनाउन नहुने नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको भनाई छ ।
‘म बाहिर निस्केको छैन्, तर लकडाउन खुकुलो भएको कुरा विभिन्न सामाजिक सञ्जालमा देख्न पाइएको छ’ उनले भने– ‘अहिलेको जटिल अवस्थालाई मध्यनजर गरी जिल्लामा लकडाउन खुकुलो नभई पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’
सक्नैपर्ने विकास निर्माणका कामलाई निरन्तरता दिएपनि ति कामहरु गर्दा भौतिक दूरीलाई ख्याल गरी काम गर्नुपर्ने उनको भनाई छ ।
‘अत्यावश्यक विकास निर्माणका कामलाई भौतिक दूरी कायम गरी काम गरेपनि अरु विकास निर्माणका कामलाई बन्द गर्नुपर्छ’ उनले भने–‘लकडाउन कार्यन्वयनका लागि नाकामा सुरक्षा व्यवस्थालाई कडा पानुपर्छ र किसानहरुले भने भौतिक दूरी कायम गरी कृषि कर्मलाई निरन्तरता दिनुपर्छ ।’
कोरोनाको संक्रमण दर छिमेकी जिल्लामा बढेसँगै दाङमा उच्च सतर्कता अपनाएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । ‘कोरोनाको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी नाकाबाट भित्रिने नागरिकको विशेष निगरानी बढाएका छौँ’ उनले भने–
‘नागरिक स्वयम्ले पनि यस्तो कुरालाई बुझ्न पर्छ, अहिलेको समयमा घरमै बसेर प्रहरीलाई सहयोग गरिदिनुस्, हामी पनि जोखिमका बिचमा काम गरिरहेका छौँ ।’
उनले लकडाउन खुकुलो नभएको दाबी गरे । ‘जिल्लामा दैनिक तीन घण्टा अत्यावश्यक पसल सञ्चालन हुने गरेका छन्, ति पसलमा सामाजिक दूरी कामय गर्दै खरिद बिक्री गर्नेदेखि लकडाउनको पूर्णपालना गराउन प्रहरी निरन्तर लागिरहेको छ ।’
उनले भने– ‘अहिले प्रहरीले दोब्बर ड्यूटी गरिरहेको छ, हामी यसरी खट्दा पनि नागरिकले कहिलेकाहिँ अटेरी गर्ने गरेका छन् ।’ उनका अनुसार दाङमा दैनिकजसो २ सयदेखि ३ सय जनासम्म लकडाउन उल्लघंन गर्ने गरेका छन् ।
कोरोनाको संक्रमण दर फैलिन नदिनका लागि पालिका भित्रिने नाकामा जाँचमा कडाई पारिएको राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसीले बताए । ‘नाकामा कडाई गरिएको छ, हाम्रो गाउँपालिकामा अहिलेसम्म लकडाउन खुकुलो छैन्’ उनले भने–
‘तर ग्रामीण ईलाकामा किसानहरुले सामाजिक दूरी कायम गर्दै कृषि क्षेत्रमा काम भइरहेको छ, पछिल्लो अवस्थाले थप केही सोच्नुपर्ने त बनाएको छ तर बाध्यता पनि छ, दैनिकी चलाउन सामाजिक दूरी कामय गरेर कृषिकर्म चलिरहेको छ ।’
कोरोनाको संक्रमण दर बढ्दै गएपछि दाङका नागरिक पनि त्रासमा छन् । सीमानाकाबाट लुकिछिपी आएका नागरिकमा छिमेकी जिल्लामा कोरोना संक्रमण देखिएपछि यहाँका नागरिक त्रसित बनेका हुन् ।
नागरिकमा सचेतना अभावका कारण बजारमा किनमेल गर्दा भिडभाड बढेको तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजालले बताए ।
‘किनमेल गर्दा बजारमा भिडभाड बढेको विभिन्न गुनासाहरु आएका छन्, अहिलेको अवस्थामा हामीले उहाँहरुलाई बुझाउन जरुरी छ, बुझाउन सकिएको छैन्’ उनले भने– ‘हामी नागरिक अनुशासित भएपछि त्यस्तो अवस्था आउँदैन् ।’

बन्दाबन्दी प्रभावकारी बनाइने

प्रदेश टुडे
घोराही, १ बैशाख । कोभिड–१९को जोमिखबाट बचाउनको लागि सर्वपक्षीय छलफल गरिएको छ  । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, सुरक्षा समितिका कर्मचारीहरूले बन्दाबन्दीलाई प्रभावकारी रूपमा अगाडी बढाउनको लागि छलफल गरिएको हो ।
कृषिको समय रहेकाले किसानहरूलाई बीउबिजन र मलको सहजीकरण गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
‘अहिले कृषिको समय छ, बन्दाबन्दीले किसानहरूलाई मल र बीउबिजनको लागि कुनै समस्या हुनुहुदैन्’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘त्यसमा सबै पालिकाका प्रमुखहरूले सहजीकरण गरिदिने छलफल भएको छ ।’
त्यसैगरी विकास निर्माणका कामको बारेमा पनि छलफल भएको छ । विकास निर्माणका कामहरूलाई निरन्तरता दिइने उनले बताए । ‘सामाजिक दूरीलाई कायम गर्दै विकास निर्माणका कामहरू शुरू गर्ने छलफल भएको छ’ उनले भने ।
कोभिड–१९ को जोखिमबाट बच्नको लागि सबै स्थानीय तहहरूमा आवश्यक अनुसार क्वारेन्टाइन बनाउनुपर्ने, पिसिआर परिक्षणको दायरा बढाउनु पर्ने विषयमा छलफल भएको उनले वताए ।
छिमेकी देश भारतबाट आउने व्यक्तिहरूको बारेमा निगरानी गर्नुपर्ने, आएको खण्डमा क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए । कोभिड–१९को जोखिमबाट बच्नको लागि जिल्लामा आवतजावतमा पूर्णरूपमा रोक लगाइएको उनले बताए ।
सबै पासहरू रद्द गरिएको र जिल्लाभित्र पनि कडा गरिएको उनले बताए । छलफलमा मुख्यमन्त्री शंकर पोख्रेलको पनि उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here