- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsप्रतिष्ठानमा एनआइसियु सेवा

प्रतिष्ठानमा एनआइसियु सेवा

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १ बैशाख ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एनआइसियु सेवा सञ्चालनमा आएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना भएको एनआइसियु बेड, पिसिआर मेसिनलगायतका दश बेडको एनआइसियु, भेन्टिलेटर सहितको एनआइसियु र पिआइसियु (बालबालिकाको सघन उपचार कक्ष) को बुधबार उद्घाटन गरेका छन् ।
प्रतिष्ठानमा स्थापना भएको दश बेडको एनआइसियुको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सबै प्रकारको बिरामीहरुको सेवा दिने गरी विकास गर्नुपर्ने बताए । ‘प्रतिष्ठानको विकास लागि योजना बनाएर अघि बढ्नुहोस्, त्यसका लागि मैले कहाँ सहयोग गर्नुपर्छ,
म तयार छु’–मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्दै भने, ‘अब स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी रिफर गर्ने होइन, सबैखाले उपचारको लागि प्रतिष्ठान सक्षम छ भन्ने सन्देश दिनुपर्छ ।’
प्रतिष्ठानले दीर्घकालिन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत उनले बताए । मुख्यमन्त्री पोख्रेलले प्रतिष्ठानले अस्पतालको सेवा विस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तिदेखि सबै कुरामा स्थानीय समुदायको सहयोग लिएर काम गर्नसमेत पदाधिकारीलाई सुझाएका थिए ।
प्रतिष्ठानको विकास गर्दै सबै बिरामीको उपचार गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने उनले बताए । त्यसको लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
प्रतिष्ठानको विकासका लागि दीर्घकालिन योजनासहित बजेटको माग गरे आफूले प्रतिष्ठानको विकास र हितका लागि बजेटमा सहयोग गर्न तयार रहेको जानकारी गराए ।
मुख्यमन्त्री पोख्रेलले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)बाट जनतालाई बचाउनका लागि प्रतिष्ठानले सधै ढोका खुल्ला राख्नुपर्नेसमेत बताए ।
त्यस अवसरमा प्रतिष्ठानका बारेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. संगीता भण्डारी, प्रतिष्ठानका निर्देशक डा. सागर पन्थी, प्रतिष्ठानका डिन डा.बसन्त लामिछाने र ल्याव डा.गोपाल लामाले प्रतिष्ठानले दिने सेवाका बारेमा जानकारी गराएका थिए ।
मुख्यमन्त्री पोख्रेलले पहिलो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरिक्षण गरेका छन् । दाङबाट चुनाव जितेर मुख्यमन्त्री भएपछि पहिलोपटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका हुन् । उनले प्रतिष्ठानको निरिक्षण गर्दै प्रतिष्ठानको विकासको लागि सहयोग गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here