- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकालापानीमा सशस्त्र प्रहरी

कालापानीमा सशस्त्र प्रहरी

- Advertisement -spot_img

प्रदेश टुडे
दार्चुला, १ बैशाख ।
भारतले नेपाली भूमी मिचेको क्षेत्र कालापानीमा सशस्त्र प्रहरी बल नेपालको टोली पुगेको छ । दार्जुलाको छाड्रूमा सशस्त्रको विओपी स्थापना भएको छ ।
सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रू पुगेका हुन् ।
नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टरका सशस्त्रको टोली त्यहाँ पुगेको हो । सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्ने छाङ्रू पुगेको हो ।
त्यहाँ पुगेर डिएसपी विष्ट नेतृत्वको टोलीले बोर्डर आउट पोस्ट पनि स्थापना गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरले ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर गएको हो ।
सशस्त्र प्रहरी बलले छाङ्रूस्थित स्थानीयको घर भाडामा लिएर कार्यालय खोलिएको छ । सशस्त्र प्रहरी बलसँगै नेपाल प्रहरीका नौजना समेत छाङ्रू गएका छन् । व्यासको छाङरूमा प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here