- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsस्यार्पुतालको स्वरूप बिग्रदै

स्यार्पुतालको स्वरूप बिग्रदै

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), १ बैशाख ।
रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा रहेको स्यार्पुताल विभिन्न कारणले ओझेलमा परेको छ । तालको वरिपरि खनिएको रिङरोडको कारणले गर्दा ओझेलमा पर्न गएको स्थानीयबासी बताउँछन् । रिङरोडबाट खनिएको माटो तालमा पर्न गएपछि तालको स्वरूप बदलिन गएको पर्यटन ब्यवसायमा लाग्नु भएका मानबहादुर खत्रीले बताए ।
२०६० साल भदौ महिनामा आएको बाढीले खारखोलाका ४ घर बगाउँदा तालमा पनि असर पर्न गएको स्थानीयहरू बताउँछन् ।
बाफिकोट गाउँपालिका वडा नम्बर ५ स्यार्पु र वडा नम्बर ३ दहका स्थानीयबासीले तालमा गाईबस्तु छाडा छाड्ने, भिमलका (सेटी) काठहरू तालमा गाड्ने, नुहाउने, पौडी खेल्ने कार्यले तालको अस्तित्व हराउन गयको स्यार्पुताल संरक्षकमा लागेका स्यार्पु पर्यटन विकास केन्द्रका अध्यक्ष खिमप्रसाद पुरीले बताए ।
नेपाल जनगागरण मञ्चको आर्थिक सहयोग र स्यार्पुताल कृषि सहकारी संस्थाको सहजीकरणमा स्यार्पुताल वरिपरि विभिन्न जातका बिरूवाहरू रोपिएका छन् । स्यार्पुतालमा पर्यटकलाई लोभ्याउने हिसावले तालमा विभिन्न संघ संस्थाले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
तालको उत्तर साइटमा बासताजे भिर परापूर्व कालमा भिरको नामाकरण गरिएको थियो । २२ सय बर्ष अगाडि एकजना राक्षसले बासोले एक पटकमा भिर काटेका थिए भन्ने बुढापाखाले बताउँदै आएका छन् । यस भिरलाई गाउँपालिकाले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न जरूरी देखिन्छ ।
स्यार्पुतालमा एकवटा भ्यूटावर निर्माण गरिएको छ भने अर्को निर्माणाधिन चरणमा छ । यसबाट पूरै स्यार्पुताल देख्न सकिन्छ । दहमा भ्यूटावर निर्माण गरिएको छ भने वडा नम्बर ५ को स्यार्पुगाउँमा काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष कस्तुप प्रकाश दाहालले बताए ।
साथै नेपाल जनजागरण मञ्चको आर्थिक सहयोगमा स्यार्पुतालमा डुङ्गा ब्यवस्था गरिएको छ । पर्यटन हिसावले स्यार्पुताल नेपालकै नमुना ताल हो । स्यापुतालमा घुम्न आउने पर्यटकलाई बाँस बस्नको निम्ति तालको छेउमा होमस्टे निर्माण गरिएको छ ।
सदरमुकाम मुसिकोट खलंगाबाट स्यार्पुताल पुग्न २० किलोमीटरको यात्रा गरेपछि स्यार्पुतालमा पुग्न सकिन्छ । मोटरसाइकल, जिप, बसमार्फत गाडीहरू तालमा छेउमा पुग्ने गर्दछन् । तालमा पुगेपछि पर्यटकको मन तालमा बसिरहँु जस्तो हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here