Monday, April 22, 2024
Homeमुख्य खबरमकैबालीमा फौजी किरा

मकैबालीमा फौजी किरा

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, ३१ वैशाख ।
दाङको देउखुरीमा लगाइएको मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप बढेको छ । फागुन १५ पछि लगाइएको मकैमा फौजी किरा बढी देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अहिलेसम्म तीन सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकैमा फौजी किरा फैलिसकेको छ ।
केही दिनअघि थोरै क्षेत्रमा देखिएको फौजी किरा गढवा गाउँपालिकाको झण्डै ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा फैलिएको किसानहरूले बताएका छन् । भर्खरै उम्रदै गरेका मकैमा समेत यो किरा देखिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यालयको निर्देशन अनुसार विषादी छर्के पनि अन्यत्र फैलने क्रम नरोकिएको किसानहरूको भनाई छ । फौजी किराको प्रकोप बढेपछि गोडमेलका लागि तयार भएको मकै गोडमेल गर्नै छाडेको किसानहरूको भनाई छ ।
जिल्लाका विभिन्न क्षेत्रका किसानले करिब ३ सय हेक्टर जमिनमा लगाएको मकैमा अमेरिकी फौजी किरा देखिएकाले नियन्त्रणका लागि काम भैरहेको कृषि ज्ञानकेन्द्र दाङका प्रमुख सन्देश धितालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here