- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsकोरोना नियन्त्रण सचेतना युवा समिति

कोरोना नियन्त्रण सचेतना युवा समिति

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, १ बैशाख ।
गढवामा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले लागू गरेको लकडाउन व्यवस्थापन तथा प्रभावकारी बनाउनका लागि गढवा गाउँपालिकाका युवाहरूले सामाजिक दूरी कायम गरी कोरोना सचेतना तथा नियन्त्रणको लागि मुल समिति गठन गरेको छ ।
भेलाले २५ सदस्यीय गढवा गाउँपालिकास्तरीय कोरोना नियन्त्रण परिचालन समितिको संयोजकमा विकास विसी र उपसंयोजकमा सुनिल चौधरीलाई चयन गरेको छ ।
त्यसैगरी सवारी चेक जाँच उपसमितिको संयोजकमा रोशन धिताल, अनुगमन तथा नियन्त्रण समिति संयोजकमा ओमप्रकाश बस्याल, बैंक तथा वित्तीय संस्था निगरानी उपसमितिको संयोजकमा निर्मल रावत र प्रेस संयोजकमा दुखहरण यादवलाई चयन गरिएको छ ।
त्यसैगरी भेलाले गढवा गाउँपालिकाको चार किल्लामा कडा निगरानी गर्ने, सबै वडामा १५ सदस्यीय वडास्तरीय समिति गठन गर्ने, गाउँपालिकामा सञ्चालित सबै एम्बुलेन्स चालकलाई अनिवार्य रूपमा पिपिई उपलब्ध गराउने, स्थानीय स्वास्थ्य चौकीमा कोरोना परिक्षणको लागि आरडिटी किट उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।
कोरोनाभाइरसको संक्रमण नेपालमा पनि उच्च दरले बढ्दै गएको र नागरिकहरूले जानी–जानी लकडाउनको उल्लघंन गरेको, सामाजिक दूरी कायम नगरेको, मास्कको प्रयोग नगरेको, अनावश्यक रूपमा भेला भएर बसेको पाइएकोले स्थानीय प्रशासन, स्थानीय निकायको सल्लाह सहयोगमा मुल समिति गठन गरी आज बिहीबारदेखि परिचालन गरिने समितिका संयोजक विकास विसीले बताए ।
नागरिक हितको लागि सरकारले लकडाउन खुकुलो पारेपछि बाटोमा पैदल तथा मोटरसाइकल सवारीको आवतजावत अनियन्त्रित रूपमा बढ्न थालेपछि स्थानीय बासिन्दाले सामाजिक सञ्जाल लकडाउन प्रभावकारी बनाउनुपर्ने माग गर्दै आएको भएपनि छिमेकी जिल्ला बाँके र कपिलवस्तुमा कोरोना संक्रमणको संख्याले दोहोरो अंक पार गरेपछि गढवा गाउँपालिका जोखिममा पर्न सक्ने भएकोले कडाइ गर्ने योजना बनाएको युवा प्रशान्त सिंह डिसी बताए ।
कोरोना रोकथाम तथा नियन्त्रण मुल समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले स्वस्फूर्तरूपमा युवाहरू गढवा गाउँपालिकालाई आफै कोरोनाबाट सुरक्षित बनाउन एकजुट भएको कार्यले आफू खुसी भएको र गढवा गाउँपालिका तथा स्थानीय प्रशासनलाई सहयोग गर्दै लकडाउन प्रभावकारी बनाउनका लागि गढवाको युवाहरूको कार्य सह्रानीय भएको बताउँदै यस कार्यको लागि गाउँपालिका तथा आफू सधै साथ तथा सहयोग गर्न तयार रहेको बताइन् ।
गढवा गाउँपालिकाले कोरोना–भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको पालना गर्न गराउन मुल समितिलाई सिफारिस गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here