- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरवनगाडमा ७३६ घरलाई राहत

वनगाडमा ७३६ घरलाई राहत

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १ बैशाख ।

पश्चिम सल्यान बनगाड कुपिण्डे नगरपालिकाले राहत वितरण गरेको छ  । बैशाख ६ गते देखि १ नं. वडाबाट राहत वितरण गर्न सुरू गरेको नगरपालिकाले पहिलो चरणको अति विपन्न घरपरिवारलाई १२ वटै वडाका ७ सय ३६ घरपरिवारलाई राहत वितरण गरेको छ ।

कोरोनाभाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण गरिएको नगर प्रमुख गोविन्द कुमार पुनले बताए ।

असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरूलाई उपलब्ध गराइने राहतसम्बन्धी वडास्तरबाट संकलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको उनको भनाइ छ ।

बनगाड कुपिण्डे नगरपालिका १ नं. वडाका १ सय २६ घरधुरी, २ नं. वडाका ३७ घर, ३ नं. वडाका २५ घर, ४ नं. वडाका ७९ घर, ५ नं. वडा ८२ घर, ६ नं. वडाका ३० घर, ७ नं. वडाका ६१ घर, ८ नं. वडाका ६२ घर र ९ नं. वडाका ५१ घर, १० नं. वडाका ७० घरपरिवार, ११ नं. वडाका ६६ घरपरिवार, र १२ नं. वडाका ४७ घरपरिवारलाई गरी जम्मा ७ सय ३६ घरधुरीलाई
२५ किलो चामल, ४ किलो दाल, २ लिटर तेल, २ वटा साबुन, २ पोका नुन राहत वितरण गरिएको छ ।

नगर उपप्रमुख मञ्जु यरिले बताए । दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरेका छन् । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिर, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरूलाई वितरण गरेका छन् ।

त्यसैगरी विपन्न परिवारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरूलाई समेत गरी विपद् व्यवस्थापन समितिको छनौट र नगर कार्यपालिकाको निर्णयबमोजिम पहिलो चरणमा जम्मा ७ सय ३६ घरधुरीलाई राहत सहयोग उपलब्ध गराइएको र आवश्यकताअनुसार दोस्रो चरणमा पनि राहत वितरण गरिने नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here