- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरअग्नीपीडितलाई सहयोग

अग्नीपीडितलाई सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा, ३२ बैशाख । रोल्पामा अग्नीपीडित परिवारलाई सहयोग राहत सामाग्री प्रदान गरिएको छ । आगलागीबाट पूर्णरूपमा क्षति पुगेका दुई परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले राहतस्वरूप विभिन्न सामाग्री प्रदान गरेको हो ।
गत बैशाख १८ गते आगलागी हुँदा रोल्पा नगरपालिका खेवासी निवासी गणेश रसाइलीको घरमा पूर्णरूपमा क्षति पुगेको थियो । यस्तै गत बैशाख २१ त्रिवेणी गाउँपालिका वडा नम्बर १ बस्ने बमबहादुर ओलीको घरमा आगलागी भएको थियो ।
लकडाउनको समयमा घर आगलागी हुँदा थप समस्यामा परेको भन्दै प्रहरी कार्यालयले पीडित परिवारहरूलाई त्रिपाल, प्लाष्टिक गुन्द्री, तथा अन्य भाडालगायत अन्य सामाग्रीहरू प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरूङले जानकारी दिए । प्रहरी कार्यालयले प्राकृतिक प्रकोपमा परेका पीडितहरूलाई राहतको सिफारिसका आधारमा राहत सामाग्री प्रदान गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here