- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकिसानका बारीमै तरकारी

किसानका बारीमै तरकारी

- Advertisement -spot_img

सपना बोहरा
देउखुरी, ३१ बैशाख ।

बारीभरी लटरम्म बोडी, भिण्डी, करेला छन् । त्यस्तै बगरको एक छेउमा खरभूजा पल्टिएका छन् । त्यस्तै लोभलाग्दा खुर्सानी पनि छन् । देउखुरी क्षेत्रमा अधिकांश हुने कृषि खेतीमा हिजोआज तरकारीको व्यापार राम्रो हुन सकिरहेको छैन् ।

बारीमै बन्दागोभी सुक्न थालेको अवस्था छ भने खरभूजा पनि पाकेर पहेंलो भैसकेको छ । बोडी र भिण्डी पनि छिपिन थालेका छन् ।

लमही नगपालिका वडा नं ४ संग्रहवाकी सरस्वती चौधरीको गढवा जाने राप्ती नदीको पुलको एक छेउमा तरकारी किन्न आउँछन् कि भन्ने आशामा नै बित्ने गर्छ । ‘गत वर्षको यही सिजनमा मैले खरभूजाबाट मात्र ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्थे’ चौधरीले दुखेसो पोख्दै भनिन् । तरकारी बेच्नको लागि यो पुलमा आउनै पर्दैनथ्यो । बारीमै गएर व्यापारी तरकारी लिएर जान्थे । अहिले सुनसान छ ।

‘बन्दाबन्दी भएदेखि नै तरकारीको राम्रो व्यापार भएको छैन्’ चौधरीले वेच्नको लागि राखिएको तरकारी देखाउदै भनिन् ‘तरकारी लिन कोही आउँदैनन् ।’ गत वर्षको यो समयमा सबै तरकारी बारीबाट नै बेचेर सकिने गरेको उनले बताइन् ।

‘तरकारी सबै सुकेर ओइलाउन लागिसक्यो’ लमही नगरपालिका वडा नं. ४ की रिना चौधरीले भनिन् ‘फाटफुट रूपमा मात्रै थोरै मात्रामा तरकारी लिन आउनु हुन्छ, सस्तोमा बेच्नु परेको छ ।’ बन्दाबन्दी भएदेखि कुनै पनि व्यापारीहरू तरकारी लिन नआएको दुखेसो पोखिन ।

‘यहाँ उत्पादन भएका तरकारी जिल्ला बाहिरसमेत जाने गरेको थियो, सडक छेउमा आउनु पर्दैनथ्यो’ उनले भनिन् । बन्दाबन्दीको कारण धेरै मानिसहरूको आवतजावत नहँुदा सडकको छेउमा तरकारी बेच्न बसेपनि सबै बिक्री नहुने उनले बताईन् ।

‘तरकारी टिपेको अर्को दिनसम्म रहन्न, गर्मी समय छ, कुहिन्छ, ओइलिएर खानै नमिल्ने हुन्छ’ उनले भनिन् ।

विगतको वर्षमा तरकारी व्यापारीहरू आफै आएर नै तरकारी खरिद गरेर लैजान्थे, हामीलाई यो समस्या नै हुने थिएन्’ उनले भनिन् । बारीमा कुहिनुभन्दा सस्तोमा भएपनि तरकारी बेच्ने गरेको उनले बताईन् । उनले सडकमा ३० रूपैयाँ केजी करेला, बोडी, भिण्डी बेच्ने गरेको बताईन् ।

‘बन्दाबन्दी छ, जिल्ला बाहिर तरकारी जान्न भनेर पहिले तरकारी खरिद गरेका व्यापारीहरू बताउँछन्’ उनले भनिन् ‘बन्दाबन्दी भएदेखि नै होकी तरकारी किन्न आएका छैनन् ।’

त्यसैगरी लमही संग्रहवाकी पूर्णिमा चौधरी पनि खरभूजा लिन कोही नआएको बताउँछिन् । गर्मी समय शुरू भएसँगै खरभूजाको धेरै माग आउनुपर्ने हो तर राम्रो व्यापार हुन सकिरहेको छैन् ।

‘गत वर्षको समयमा खरभूजा पु¥याउन भ्याई नभ्याइ हुन्थ्यो’ उनले भनिन् ‘अहिले त छिपिएर पहेंलो भैसक्यौं, कोही लिन आउँदैनन् ।’ विगतको समयमा धेरै जसको व्यापारीहरू आफै बारीमा गएर मूल्य कायम गरेर बारीबाट नै उठाउने गरेको उनले सम्झिन ।

‘बन्दाबन्दीको कारण कोही पनि खरभूजा लिन आउनु हँुदैन्’ उनले भनिन् ‘लमही बजार नजिकका फुटकरमा बेच्ने व्यापारीहरू आउनु हुन्छ, थोरै मात्रा लैजानुहुन्छ ।’ बन्दाबन्दीको कारण यो वर्ष तरकारीको व्यापार नभएको उनले बताइन् ।

देउखुरीमा उत्पादन भएका तरकारीहरू बजारसम्म नआउँदा चिन्तित भएका छन् । बारीमा नै कुहिने अवस्थामा भएका कारण त्यहाँका किसानहरूलाई नोक्सानी व्यहोर्नु परेको बताएका छन् ।

बन्दाबन्दीको कारण बारीमा भएका तरकारीकाहरू उठाउन नसकेको तरकारी व्यापारीहरू बताउँछन् । थोरै–थोरै मात्रामा तरकारी लिएर बेच्ने गरेको उनीहरूले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here