- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsभूमि फिर्ताको माग गर्दै प्रदर्शन

भूमि फिर्ताको माग गर्दै प्रदर्शन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३१ बैशाख ।

लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजले दाङमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

शान्ति समाजले कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न माग गर्दै मंगलबार बिहान तुलसीपुरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले नेपाली भू–भागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपूर्ण तवरमा कूटनीतिक र राजनीतिक पहल तीव्र बनाउन नेपाल सरकारलाई आग्रह गरे ।

भारतले नेपाली भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेलगत्तै कूटनीतिक पहलमार्फत त्यसलाई सच्याउन सरकारसमक्ष आग्रह गरे पनि त्यसतर्फ चासो नदिइएको भन्दै समाजका महासचिव बस्नेतले असन्तुष्टि जनाए ।

शान्ति समाज दाङ शाखाको आयोजनमा गरिएको शान्तिपूर्ण प्रदर्शन कार्यक्रममा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धितालले नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय देशब्यापी रूपमा विरोध कार्यक्रमलाई ब्यापक बनाउनुपर्ने बताए 

। शान्ति समाजका पूर्वकेन्द्रीय सदस्य निर्मल नेपालीले नेपाली भूमि अतिक्रमण रोक्न र कालापानीबाट भारतीय सेना फिर्ता गर्न माग गरे ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज दाङ शाखाका उपसभापति तुलसीराम सुनार, शाखा सहसचिव उषा गौतम, शाखा सदस्य भीमलाल मरासिनी,

पत्रकारहरू गोपाल शर्मा भट्टराई, बिमल गौतम, गोपालप्रसाद उपाध्यायले संवेदनशील विषयमा नेपाल सरकारले कूटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी स्वेतपत्र जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

उनीहरूले भारतले आक्रामक ढंगले नेपाली भूमि अतिक्रमण गरेकाले यसलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउन सरकारलाई सुझाव दिए । शान्ति समाज दाङ शाखाका सभापति शरद रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव निर्मला योगी डाँगीले गरेका थिए ।

शान्ति समाज रूपन्देही शाखाले सोमबार बुटवलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो भने केन्द्रीय कार्यसमितिले मंगलबार मध्यान्ह १२ बजे राजधानीस्थित भारतीय दूतावास अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो ।

यसअघि शान्ति समाज केन्द्रीय समितिको तर्फबाट नेपाल सरकार र जिल्ला शाखाहरूले विभिन्न प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका थिए । भूमि फिर्ताको माग गर्दै केही दिन अघि दाङमा नेविसंघ र दरूण दलले समेत प्रदर्शन गरेका थिए ।

जनमोर्चाको विरोध

यसैबीच भारतले नेपाल सरकारसँग सरोकारै नराखी नेपाली भूमी हुँदै चीनको मानसरोवरसम्म जाने बाटो निर्माण गरी उद्घाटन गरेको विरोधमा मंगलबार घोराहीमा विरोध कार्यक्रम भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाईमा कुटनैतिक पहल र वार्तामार्फत आफ्नो भूमीको रक्षा गर्नुपर्ने कुरा बताए ।

नेपालको सीमा काली नदी भएको र त्यसयता नेपालसँग सरोकारै नगरी भारतले बाटो निर्माण गरेर उसले नेपालको राष्ट्रियता र स्वाधिनतामाथि धावा बोलेको हँुदा सम्पूर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नुपर्ने कुरामा जोड दिए ।

प्रहरीको अवरोधका बीचमा भएको कार्यक्रममा यसरी रोगको संक्रमण हुन सक्ने जटिल अवस्थामा सडकमा आएर बोल्न रहर नभएर देशको मायाले बाध्य भएको कुरा बताए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी थारू र नेकपा माले दाङका सचिव नेत्र प्रकाश पाण्डेलगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here