- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरबढ्दै कोरोना संक्रमण

बढ्दै कोरोना संक्रमण

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, ३१ बैशाख ।

नेपालमा मंगलबार एकैदिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन् । उनीहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन् ।

७८ हजार ५ सय ९१ जनाको परीक्षण

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३६ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म ७८ हजार ५ सय ९१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१८ हजार ९ सय ६४ जनाको पिसिआर र ५९ हजार ६ सय २७ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

मंगलबार दिउँसो भेटिएका ५७ जना संक्रमितलाई उपचारका लागि विभिन्न अस्पतालमा पु¥याइएको छ । कुल संक्रमित १ सय ९१ जनामध्ये हाल १ सय ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । वीरगञ्जमा २७, रूपेन्देहीमा २८, नेपालगञ्जमा २४, विराटनगरमा १९, राजविराज र भरतपुरमा १÷१ जना संक्रमित उपचाररत छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । संक्रमितमध्ये १ सय ५८ पुरूष र ३३ महिला छन् ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र १ र बाहिर २ सय २७ गरी कुल २ सय २८ जना अस्पतालको आईसोलेसनमा छन् । मुलुकभर हाल १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पर्सामा केही पत्रकारहरूसमेत संक्रमित भएको भेटिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here