- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरपत्रकारहरूको पीसीआर परिक्षण गर्न महासंघको माग

पत्रकारहरूको पीसीआर परिक्षण गर्न महासंघको माग

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३१ बैशाख ।

नेपाल पत्रकार महासंघले पत्रकारहरूको पीसीआर परिक्षण गर्न आग्रह गरेको छ । फिल्डमा खटिएर काम गर्दै आएका सबै पत्रकाहरूको नोवेल कोरोनाभाइरसको पीसीआर परिक्षण गर्न आग्रह गरेको हो ।

मंगलबार कोरोना देखिएका ५७ जनामध्ये दुईजना पत्रकारमा कोरोना संक्रमित पुष्टि भएपछि महासंघले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरूका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।

महासंघमा महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र पनि यतिखेर कोरोना भाइसरबाट प्रभावित हुन पुगेको खबरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको छ ।’

महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न सबै पत्रकारमा अपिल गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here