- Advertisement -spot_img
Saturday, June 19, 2021
Homeफिचरअनुदानको मकैको बीउ वितरण

अनुदानको मकैको बीउ वितरण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३१ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाका सबै वडाबाट सोमबारदेखि मकैको बीउ वितरण सुरू गरिएको छ । व्यवसायिक कृषिको विकासका लागि उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई मकैको बीउ वितरण गरेको हो ।

विभिन्न सञ्चार माध्यमबाट सूचना प्रसारण र प्रकाशन गरेर किसानहरूबाट निवेदन आह्वान गरिएको अर्थ समितिका संयोजक माधव वलीले जानकारी दिए ।

उनले उन्नत जातको बीउका साथै अनुदान पनि दिने भएपछि किसानहरूको धेरै माग आएको उनले बताए । २ सय किसानले निवेदन दिएकोमा सोमबार ८३ किसानले अनुदानको मकैको बीउ लगेको कृषि विकास शाखाका कृषि प्राविधिक कुलराज चौधरीले जानकारी दिए । उनले १० क्विन्टल २० किलो मकै वितरण गरिएको पनि जानकारी दिए ।

जेठ पहिलो साताबाट धानको बीउ वितरणलाई अगाडि बढाइने पनि चौधरीले बताए । धानको बीउका लागि करिव ३ सय किसानहरूले निवेदन दिएको पनि उनको भनाई थियो । ५० प्रतिशत अनुदानमा बीउ पाएपछि किसानहरू खुसी भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here