- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयकार्यालय प्रभावकारी बनाऊ

कार्यालय प्रभावकारी बनाऊ

- Advertisement -spot_img

सम्पादकीय

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको दुई महिना पुग्न लाग्यो । लकडाउन अर्थात् बन्दाबन्दीकै बीचमा सम्पूर्ण सरकारी कार्यालय बन्द रहे । पछिल्लो समय लकडाउन लम्बिदै गएपछि अहिले सरकारी कार्यालय भने आंशिक रूपमा खुलेका छन् ।

सरकारी कार्यालय खुलेपनि लडकडाउनको बीचमा सेवाग्राही कार्यालयमा पुग्न सकिरहेका छैनन् । सेवाग्राही नै नपुगेपछि खुल्ला रहेका सरकारी कार्यालयका कर्मचारी पनि बेकामे जस्तै बनेका छन् । सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालय, स्थानीय तहअन्तर्गतका विभिन्न कार्यालय,

करलगायतका कार्यालयमा अहिले कर्मचारी हाजिरी लगाउनका लागि मात्रै पुग्ने गरेका छन् । केही विकास निर्माणस“ग सम्बन्धित कार्यालयले पनि निश्चित सेवाग्राहीलाई सेवा प्रवाह गरेका छन् ।

सेवाग्राही बिनाका सरकारी कार्यालयका कर्मचारीहरू कार्यालय आउने जानेमा मात्रै दैनिक चल्ने गरेको छ ।

बिना योजना लकडाउन खुकुलो बनाउने र विकास निर्माणका कामलाई गति दिने सरकारको योजना अहिले नागरिकलाई छुन सकेको छैन । लकडाउको बीचमा सरकारी कार्यालय खुलेपनि कोरोनाको महामारीकै बीचमा केही प्रगति हुने देखिन्न ।

लकडाउनमा सेवाग्राही नै कार्यालयसम्म पुग्न सकेनन् भने कार्यालय खुल्नु र बन्द हुनुको केही अर्थ छैन् । लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकार नै अनविज्ञ हु“दा सरकारी कार्यालय खोलेर मात्र लक्ष्य हासिल गर्न सकिदैन । कर्मचारी कार्यालयसम्म पुगेरमात्र केही हु“दैन् ।

लकडाउनकै बीचमा कतिपय कर्मचारी त कार्यलयसम्म पुग्न नसकेका उदाहरण पनि छन् । सरकारले कर्मचारीलाई कार्यालयमा परिचालन गर्नुभन्दा पनि कोरोनाको महामारीमा उद्धार तथा सहयोगका लागि खटाउन सक्नुपर्छ । कार्यालयमा काम पनि नहुने, नगएर नहुने बाध्यतामा छन् कर्मचारी ।

कोरोनाभाइरसको सन्त्रासका कारण नागरिकहरू सेवा लिनका लागि पास लिएरै जानुपर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा कार्यालय खुल्नु र बन्द हुनुको अर्थ छैन् ।

अर्कोतर्फ माहामारीको संकट बढ्दै गएको अवस्थामा खुलेका कार्यालयमा फेरि सेवाग्राही भिडभाड बढ्न सक्ने चिन्ता पनि छ ।

अहिले विकास निर्माणको सहजताका लागि केही निश्चित कर्मचारीलाई खटन गरेर अन्य कर्मचारीलाई कोरोनाको संकटबाट बच्न र बचाउनका लागि ति क्षेत्रमा परिचालन गर्नुपर्छ । हात्तीको देखाउने दातजस्तै कार्यालय खोलेरमात्र सबै कुरा हुने भ्रममा नपरे हुन्छ ।

बन्दको समयमा विभिन्न आर्थिक चलखेल पनि बढ्न सक्ने भएकाले अझ सतर्क रहन जरूरी छ । विकास निर्माणका कामलाई अर्को साल गरौंला तथा कोरोनाजस्तो महामारीबाट बचाउन सरकारले सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्छ । कार्यालय र कर्मचारीलाई प्रभावकारी बनाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here