- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsतेस्रो जिल्लाका संक्रमितलाई ल्याउने कुरामा शान्तिनगरको विरोध

तेस्रो जिल्लाका संक्रमितलाई ल्याउने कुरामा शान्तिनगरको विरोध

- Advertisement -spot_img

शान्तिनगर (दाङ), ३० बैशाख ।
बर्दियाका कोरोना संक्रमितहरूको उपचार दाङ गर्ने तयारी भएपछि जिल्लामा विरोध सुरू भएको छ । विभिन्नमा निकाय तथा सामाजिक व्यक्ति र स्थानीय सरकारले समेत यसको विरोध गरेका छन् ।

कोरोना संक्रमणमा अहिलेसम्मको अवस्थामा दाङ सुरक्षित रहेको र अब संक्रमित हरूलाई दाङ ल्याएर उपचार गर्नु जिल्लाबासीलाई त्रसित गराउने काम हुने भन्दै बाहिरी जिल्लाका संक्रमितहरूलाई दाङमा ल्याउन नहुने उनीहरूको तर्क रहेको छ । शान्तिनगर गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर कोरोना संक्रमण भएका बाहिर जिल्लाका व्यक्तिहरूलाई दाङमा नभित्र्याउन आग्रहसमेत गरेको छ ।

अध्यक्ष कमानसिह डाँगीले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘बर्दिया जिल्लामा पुष्टि भएका कोरोना रोगका बिरामीहरूलाई उपचारको लागि दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा ल्याउनु भनेको दाङ जिल्लाबासीको लागि अपहेलना तथा अन्याय हुने तेस्रो जिल्लाका बिरामी ल्याई उपचार गराउँदा दाङ जिल्लासमेत प्रभावित हुने कुरा प्रष्ट देखिन्छ’ अध्यक्ष डाँगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here