- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकार्यालय सञ्चालन भए, सेवाग्राही छैनन्

कार्यालय सञ्चालन भए, सेवाग्राही छैनन्

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३० बैशाख ।

दाङमा सरकारी कार्यालय आइतबारदेखि खुलेका छन् । सरकारले लडकाउन खुकुलो बनाएसँगै खुलेका सरकारी कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति भने शुन्यप्राय छ ।

कोरोनाभाइरसको महामारीले सरकारले लकडाउनको घोषणा गरेसँगै बन्द रहेका सरकारी कार्यालय पछिल्लो समय खुलेपनि सेवाग्राहीको चाप अत्यन्त न्यून देखिएको छ ।

विकास निर्माणको कामलाई सहज बनाउन कार्यालय सञ्चालनमा काएका छन् । प्रायः सबै सरकारी कार्यालयहरूका ३३ प्रतिसत कर्मचारीको उपस्थितिका रहेका छन् र तर पनि सेवाग्राही नआएको विभिन्न सरकारी कार्यालयले जनाएका छन् ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहका कार्यालयमा कर्मचारीको उपस्थिति भएपनि सेवाग्राही भने लकडाउनकै बीचमा पुग्न सकेका छैनन् । सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालयमा अहिले कर्मचारीमात्रै कार्यालयमा देखिने गरेका छन् ।

कार्यालय सञ्चालनमा आएपनि सेवाग्राहीका कामहरू नगरेको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नेरशकुमार खड्काले बताए ।

‘सेवाग्राहीको काम कुनै पनि गरेका छैनौँ, हामीलाई निर्देशन पनि जारी भएको छ, अहिलेको अवस्थामा सेवाग्राहीको काम कुनै पनि नगर्नु भनेर’ उनले भने– ‘कार्यालयमा सेवाग्राहीसँग सम्बन्धित नभएपनि अन्य कामहरू गर्ने गरेका छौं, तर सेवाग्राहीबिनाको काम त कति नै हुन्छ र ? अहिले त हाजिर लगाउनकै लागि मात्रै पनि कार्यालय जानुपर्ने अवस्था छ ।’

मालपोत कार्यालयमा अहिले पनि केही कर्मचारी लकडाउनकै कारण आउन नसकेको उनले बताए । ‘लकडाउनमा आउन नसक्नेलाई बिदा स्विकृत गरिदिनुपर्ने चाहिँ माथिबाटै निर्देशन छ’ उनले भने–‘अहिलेको अवस्थामा कार्यालयबाट प्रवाह गर्न सकिने सेवा प्रदान गर्न सकिएको छैन् ।


दाङमा पनि लकडाउन अर्थात् बन्दाबन्दीमा पनि केही विकास निर्माणका काम भइरहेको छ । विकास निर्माणका कामका लागि भएपनि कार्यालय खुल्दा सहज भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए ।

‘पुल तथा सडक निर्माणको काम शुरू भएका कारण पनि हामीले प्रदान गर्ने सेवा प्रदान गरिरहेका छौँ’, उनले भने– ‘काम पर्ने सेवाग्राही आउनुहुन्छ, तर सबै सेवाग्राही आउन सकिरहेका छैनन् ।’
कार्यालय दाङ र सल्यानमा ६ वटा पुल र केही सडक आयोजनाको पनि काम भइरहेकाले कार्यालयबाट सेवा प्रदान गरिरहेको उनले बताए ।

‘राजमार्गका सडकहरू सुधार भइरहेको छ, पुरन्धारा बोटेचौर मदनभण्डारी राजमार्गको काम पनि भररहेको हुँदा सम्बधित सेवाग्राही आउनुहुन्छ’ उनले भने– ‘कार्यालयमा आउने अधिकांश सेवाग्राही पास लिएरै आउने गर्नुभएको छ, अब अहिलेको अवस्थामा बिना पासका सेवाग्राही त आउने कुरा नै भएन् ।’

यस्तै खानेपानीका आयोजनाहरू पनि सञ्चालन भएकाले आफूहरूले सेवा प्रदान गरिरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्राविधिक गजेन्द्र बहकरीले बताए ।

खानेपानीका केहि सक्नैपर्ने योजनाहरू शुरू भएका छन्, ति योजनाका लागि पाइपहरू प्रदान गर्न र केही प्राविधिक कुराहरूको व्यवस्थापन हामीले गरिरहेका छौँ’ उनले भने– ‘अब सबै भनेजस्तो काम, सेवाप्रवाह त भएको छैन्, तर केही योजनाको निर्माण सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेका छौँ ।’

कार्यालयमा आउने सेवाग्राहीसँग भौतिक दूरी कायम राखेर मात्रै सेवा प्रदान गरेको बताए । ‘यस्तो विषम परिस्थितिमा हामीले सेवा प्रदान गरिरहेका छौँ’ उनले भने– ‘सहज त छैन्, अब फिल्डमा जाँदा पनि सर आउनुभयो भनेर सबै नजिक आउन खोज्नुभयो भन्दै आउनुहुन्छ, तर हामीले उहाँहरूलाई सम्झाउने गरेका छौँ ।’

विद्युत कार्यालयमा पनि सेवाग्राहीको संख्या अत्यन्त न्यून रहेको विद्युत प्राधिकरण घोराहीका प्रमुख मधुसुदन यादवले बताए ।

‘विद्युत कार्यालयले सेवा प्रदान गरिरहेको छ तर सेवाग्राही नै आउनुहुँदैन्’ उनले भने– ‘अन्य समयमा दैनिक ५ देखि ७ सय जनासम्मले सेवा लिने गरेकोमा हिजोआज मुस्किलले ५० जना सेवाग्राही आउने गर्नुभएको छ ।’

उनले अहिले मिटर रिडिङको काम रोकिएको बताउँदै जेठको पहिलो सातादेखि नै मिटर रिडिङको काम शुरू गर्ने बताए । ‘कार्यालयबाट अहिले दैनिक तीन घण्टा सेवा प्रदान गरिरहेका छौँ’ उनले भने– ‘बिहान १० देखि दिउँसो १ बजेसम्म हामीले महशुल बुझ्ने काममात्रै गरिरहेका छौँ ।’

लकडाउन खुकुलो बनाएसँगै स्थानीय तहअन्तर्गतका कार्यालय पनि खुल्ला भएका छन् । आर्थिक वर्षको अन्तिम आउनै लाग्दा विकास निर्माणका कामलाई सहजताका लागि आफूहरूले काम गरिरहेको सम्बन्धित पालिकाका कर्मचारीले बताएका छन् ।

तुलसीपुरमा पनि विकास प्राधिकरणअन्तर्गत विकास निर्माणका काम शुरू भएका कारण आफूहरूले त्यससँग सम्बन्धित कामहरूमा बढी केन्द्रित भएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

‘अहिले कार्यालय खुल्ला रहेपनि सबै सेवाग्राही आउन सक्नुहुन्न’ उनले भने– ‘यस्तो अवस्थामा केही यसवर्ष सक्नैपर्ने योजना छन्, ति योजना निर्माणका लागि सम्बन्धित सेवाग्राहीमात्रै आउने गर्नुभएको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here