- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsशैक्षिक वातावरण सहज बनाऊ

शैक्षिक वातावरण सहज बनाऊ

- Advertisement -spot_img

प्रस्तुतिः प्रकाश डाँगी/उमा भण्डारी

नयाँ शैक्षिक सत्र सुरू नहुँदै कोभिड–१९को महामारीले शैक्षिक गतिविधि ठप्प प्रायः छन् । शैक्षिक गतिविधि सुरू गर्न विभिन्न पक्ष र निकायले केही प्रविधि पनि अपनाइएको देखिन्छ । अहिलेकै अवस्था रहि रहेमा शिक्षा क्षेत्र कसरी अघि बढ्ला ? निजी क्षेत्रबाट कस्तो खालको भूमिका रहन सक्छ, शैक्षिक सत्र सञ्चालनका लागि सम्भव कतिको छ ? भनेर विभिन्न जिल्लाका संस्थागत विद्यालयको नेतृत्व गर्ने अगुवाहरूलाई प्रदेश टुडेको नियमित स्तम्भ टुडे राउण्ड टेवलमा समेट्ने प्रयास गरेका छौं ।


पेशागत धर्म निर्वाह गरौं

यादव गिरी
केन्द्रीय सदस्य
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व प्रभावित भइरहेको यो समयमा नेपालमा समेत कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

यो अवस्थामा जनमानसमा डर, त्रार छाउनु स्वभाविकै हो । यो परिस्थितिलाई नियन्त्रणमा लिन सरकार आफ्नो दायित्व मुलुकमा लकडाउनको घोषणा गरी बिरामीको पहिचान, परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर पूरा गर्दैछ ।

अर्कोतर्फ यसको सबैभन्दा बढी मार मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन, शिक्षा, मनोरञ्जन, होटेल लगायतका क्षेत्रमा परेको छ । लकडाउन आफैमा समस्याको समाधान हैन । यो तत्कालिन अवस्थाको तयारी मात्र हो ।

तसर्थ अब यसबारेमा सोच्न आवश्यक छ । विश्वका विभिन्न मुलुकहरूले अंगालेको सिद्धान्त पनि यहि हो । लकडाउनको ४७औं दिनसम्म आइपुग्दा शिक्षा क्षेत्रलाई अब मिहिन ढङ्गले केलाउन आवश्यक छ ।

लकडाउन अघिको अवस्था

मुलुकभरका करिब–करिब ७० प्रतिशत विद्यालयमा वार्षिक परीक्षा सम्पन्न भएको देखिन्छ भने ३० प्रतिशत विद्यालयहरूमा वाषर््िाक जाँच हुन बाँकी रहेको छ । लकडाउनको समयावधिभित्र अनलाइन नतिजा प्रकाशन गरेको पाइएको छ ।

कक्षा १०, ११, १२ को परीक्षा सञ्चालनमा अन्यौलता छ । अभिभावक, शिक्षक, विद्यालय र सबैभन्दा बेसी विद्यार्थीहरू मानसिक पीडामा परीक्षाको विषयलाई लिएर लगेको पाइन्छ ।

पछिल्लो समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही समयका लागि पठनपाठन तथा विद्यार्थी भर्ना नगर्न अपिल गरेको छ । मन्त्रालयका अनुसार अर्को शैक्षिक शत्र शुरू नहुञ्जेल ३५ हजार ५५ विद्यालयका करिब ७० लाख बालबालिकाहरूले अब घरमै बस्नुपर्ने हुन्छ ।

लकडाउनले पारेको असर

सम्भवत नसोचेको परिस्थिति हामीले सम्हाल्ने समय आएको छ । शुरूवाती चरणमा ठिकै हो भनिएता पनि यसले पारिरहेको नकारात्मक प्रभावले अब विकल्प खोज्नमा ढिलाइ गरिनु हुँदैन । अभिभावकहरू एकातर्फ आर्थिक संकटको मारमा पर्ने चिन्ताले पिरोलिरहेका छन्

भने त्यो भन्दा बेसी आफ्ना केटाकेटीहरूको शिक्षादीक्षामा देखिएको अनिश्चितताले मानसिक विचलन देखिन शुरू भइसकेको छ ।

अहिले अधिकांशहरूमा मनोरोगको लक्षण देखिन शुरू भइसकेको छ । यो परिस्थिति र संख्या बढ्दै गएमा कोरोनाभन्दा पनि झन डरलाग्दो परिस्थितिको सामना हामीले गर्नुपर्ने देखिन्छ ।

आधारभूत तहका विद्यार्थीहरूमा पठन संस्कृति हराउँदै गएको छ । सिकाइको चेन अब टुट्दै छ । सिक्ने अनुशासन हराउँदै छ ।

मथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूमा अनिश्चित भविष्यले चिमोटि रहेको छ । नैराश्यता छाउँदै छ । बरालिने, एकाग्रहुने, धेरै चिन्ता लिने, रिसाउने, झर्किनेजस्ता व्यवहार माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूमा देखिएको छ ।

अर्कोतर्फ संस्थागत विद्यालय सञ्चालकहरू झन मारमा परेका छ । नेपाल सरकारले एक महिनाको शुल्क नलिन निर्देशन गरेको अवस्था, विद्यालयहरू सञ्चालनमा आउने समयको अनिश्चितता,

बैंकहरूले कर्जाको किस्ता तिर्नका लागि गरिरहेको ताकेता तथा सरकारबाट राहत पाउन सक्ने सम्भावना नै नरहेको अवस्थामा भोगिरहेको मनोदशा तथा आँकलन गर्नै नसकिने परिस्थिति छ । यो अवस्थामा सबै अलिक पनि सचेत भएनौं भने आउँदो समय हामी सबैका लागि कठिन हुनेछ ।

अब यसो गरौं

लकडाउन समाधान हैन, तयारी गर्ने समय हो भन्ने मान्यताबाट सरकार अब अघि बढ्न आवश्यक छ । अर्थात् क्रमश मुलुक चलायमान गराउँदै जाने कार्यक्रम ल्याउनुपर्दछ ।

यद्यपि शिक्षा क्षेत्र लकडाउन खुलेको भोलिबाटै सञ्चालनमा आउनै सक्दैनन् । आउनु पनि हुँदैन । तर यो क्षेत्रलाई प्राथमिकतामा राख्दै क्रमश खोल्दै जाने नीति सरकारले लिन आवश्यक छ ।

संस्थागत विद्यालयहरूमा सञ्चालनका पीडाहरू होलान् तर यतिबेला आफ्नो पेशागत धर्म निर्वाह गर्न अत्यन्त आवश्यक छ । विभिन्न विकल्पहरू (अनलाइन कक्षा, समूह छलफल, फोन कल,

म्यासेन्जर समूह आदि) को खोजी गर्दै अभिभावकहरूसँग निरन्तर सम्पर्कमा रहेर केटाकेटीको अवस्था बुझ्दै उनीहरूलाई इंगेज गर्ने कार्यक्रम ल्याउन अत्यन्त आवश्यक देखिएको छ ।

जो सम्भव पनि छ । यसले कोरोनाको कारनले विद्यार्थीहरूमा पारेको मानसिक असरलाई न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्छ । यो बेला चिन्ता र अन्यौलतामा रूमलिनुभन्दा शिक्षामा नयाँ प्रयोग गर्ने अवसर पनि हो ।

प्रविधिको व्यवस्थापन, सिकाइ प्रक्रियामा परिवर्तनजस्ता विषयमा तयारी गर्न आवश्यक छ । लकडाउन खुकुलो हुँदै जाँदा विद्यालयले गर्ने पूर्वतयारी विशेषत विद्यालयमा सामाजिक दूरी कायम गर्नलाई गरिने तयारीको व्यवस्थापन अहिलेदेखि नै विद्यालयले गर्न आवश्यक छ ।


योजना आवश्यक छ

जगन्नाथ पोख्रेल
प्याब्सन केन्द्रीय सदस्य
प्यूठान

कोभिड–१९ महामारीको कारणले एक्कासी बन्द हुन पुगेको पठनपाठनको कारण विद्यार्थीहरूमा अन्योल र दिक्दारी बढेको छ । यस्तो अवस्थामा आमसञ्चारको प्रयोग गरी बैकल्पिक विधिबाट शिक्षण गर्नु मनोपरामर्श उपलब्ध गराउनु सबैभन्दा महत्वपूर्ण देखिन्छ ।

एफएम रेडियो, टिभी, युटुवहरूबाट शिक्षण क्रियाकलाप सञ्चालन गर्ने इन्टरनेट सहज हुने स्थानमा अनलाइन शिक्षा र ख्ष्चतगब िऋबिकक पनि विकल्प हो । तर तत्काल यो विधिले ब्यापकता पाउन सम्भव देखिँदैन। सबैठाउमा यसको पहुच पुगिसकेको अवस्था पनि छैन ।

यस्तो वेलामा अविभावकहरूकोे भूमिका अझ अहम् छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई जिम्मेवार बनाउने र घरेलु सिप, संस्कार संस्कृति, मूल्य मान्यता, कला, साहित्य, सङ्गीत एवं खेतीपाति, सरसफाई इत्यादिको बारेमा सिकाउने र काममा लगाउने । बालबालिकासँग समय बिताउने, पाठ्यपुस्तकका साथै अन्य पुस्तकहरू पढ्न लगाउने ।

शिक्षकहरूले अविभावक ज्यूहरूको सहयोग लिएर आफ्ना विद्यार्थीहरूसँग टेलिफोन, फेसबुक र एसएमएसमार्फत नियमित सम्पर्क गर्दै शैक्षिक एवं मनोपरामर्श उपलब्ध गराउने ।

एसईई लगायत अन्य परीक्षा रोकिएका विद्यार्थीहरूलाई परीक्षाको बारेमा धेरै चिन्तित हुन नदिने सबैको दायित्व हो ।

यो बेलामा अभिभावक, विद्यार्थी र शिक्षक मात्र नभएर सिंगो समुदाय र स्थानीय सरकार पनि आफ्नो क्षेत्रमा रहेका बालबालिकाको अवस्थाको बारेमा चनाखो हुनु अझ बढी आवश्यक छ ।

लामो समयसम्म पढाइ नहुँदा बालबालिकाहरू निरास हुने भएकोले उनीहरूलाई कोरोना महामारीबाट जोगिने उपायहरूको बारेमा पनि जानकारी गराउन आवश्यक छ ।

यस्तो बेलामा उनीहरूलाई सचेतना दिन सकियो भने सिंगो परिवार र समुदायलाई समेत उनीहरूले यो महामारीबाट बच्न प्रेरित गर्नसमेत सक्छन्

। आजका बालबालिका भोलि देश हाक्ने व्यक्ति भएकोले उनीहरूलाई राष्ट्र र राष्ट्रियता नैतिक शिक्षाका कुराहरूमा समेत उनीहरूलाई बुझाउने उत्तम समय पनि हो जस्ले गर्दा भविष्यमा देश निर्माणमा उनीहरूको ठूलो योगदानसमेत दिन सक्छन् ।

अर्कोतर्फ राज्यका निकायसँगै बालबालिकासम्बन्धी सरोकार राख्ने निकायहरूले उनीहरूको मनोवल उच्च राख्ने खालका गतिविधिहरू सञ्चालन गर्न सक्नुपर्छ ।

विद्यार्थी भाइबहिनीहरूलाई शिक्षक र विद्यालय हामी सँगसँगै छ भन्नको लागि जति सक्दो नियमित सम्पर्क र समन्वयमा रहीरहन पनि जरूरी देख्दछु ।

तत्काल देखिएको समस्या समाधान हुने अवस्था नभएकोले विद्यार्थीहरूलाई मनोवल अझ उच्च बनाउन हरेक निकायहरूले तत्काल आ–आफ्नो क्षेत्रबाट योजनाहरू बनाउन जरूरीसमेत रहेको ठान्दछु ।

खासगरी यो बेलामा बालबालिकाहरूका सिर्जनाहरू जति सक्यो प्रस्फुटित बनाउन घरपरिवार, विद्यालय, शिक्षक सिंगो समुदाय र सरोकारवालाले सोंच्नसमेत जरूरी रहेको ठान्दछु ।

नेपाल सरकारले पनि लामो लकडाउनको बीचमा बालबालिकाको शिक्षालाई कसरी सहज बनाउन सकिन्छ ? त्योबारे तत्काल आवश्यक योजना बनाई अघि बढ्नसमेत आवश्यक रहेको देखिन्छ ।

उनीहरूको शिक्षामा प्रभाव पर्न नदिन राज्यका सम्बन्धित निकायहरू यो बेला अझ चुस्त दुरूस्त भएर लाग्न जरूरी रहेको देखिन्छ ।


हात–हातमा पाठ्यपुस्तक भए ठूलो उपलब्धि

विमल गौतम
अध्यक्ष
नेशनल प्याब्सन दाङ

कोरोनाभाइरसको संक्रमणका कारण अहिले नेपालसहित विश्व नै आक्रान्त बनेको छ । नेपाल बन्दाबन्दीको अवस्था छ । सबै घरभित्रै छौं । लामो समयदेखि भएको यो लकडाउनका कारण मुलुकको शिक्षा क्षेत्र पूरै अस्तव्यस्त भएको छ ।

यसको प्रभाव बालबालिकाहरूमा परेको छ । भर्खरै शिक्षा आरम्भ गर्ने विद्यालयहरूमा शिशु कक्षादेखि युनिभर्रसिटीहरूमा डिग्रीसम्ममा अध्ययन गर्नेहरू यसको मारमा छन् ।

अब के गर्ने भन्ने प्रश्न उब्जन सक्छ किन कि बालबालिकाहरूमा लामो समयदेखि पठनपाठन नहुँदा पढाइप्रति अभिरूचि कम हँुदै गएको छ । त्यसैले अब गर्नुपर्ने कार्य भनेको सबै विद्यालयहरूले नतिजा प्रकाशन गर्ने हो त्यसका लागि जिल्लाका सबै पालिकाहरूलाई म आग्रह गर्न चाहन्छु  ।

त्यस्तैगरि अर्को गर्नुपर्ने कार्य भनेको अहिलेको अवस्थामा हामीहरू कसरी बालबालिकाहरूलाई पठनपाठनमा सहभागी गराउन सकिन्छ ? भन्नेतर्फ नै केन्द्रित छौं ।

नेपालजस्तो अल्पविकसित देशमा अनलाईन पढाइको सम्भावना कम छ । करिव २०–३० प्रतिशत बालबालिकाहरू मात्र अनलाइनको पहुँचमा छन् ।

त्यसैले यो पनि त्यति प्रभावकारी देखिदैन त्यसैले हामीले हाम्रा विद्यालयहरूलाई सूचनाको माध्यमको अधिकतम प्रयोग गरेर वा सामाजिक दूरी कायम गरेर बालबालिकाहरूको अवस्था बुझ्न र उनीहरूलाई पढाइप्रति लाग्न प्रेरित गर्नका लागि लाग्न भनेका छौं ।

त्यो दिशातर्फ अब निजी विद्यालयहरू लग्नुपर्छ र लागि पनि रहेका छन् । तर बालबालिकाहरूलाई स्वअध्ययन, अनलाइन अध्ययन वा अन्य सामाजिक सञ्जालको प्रयोग गरेर गर्ने अध्ययनका लागि समेत अति आवश्यक भनेको पाठ्यपुस्तक हुन यसको सहज आपूर्तिका लागि सरकारले ठोस कदम चाल्नु पर्छ भन्ने मलाई लागेको छ ।

अहिलेको अवस्थामा यदि हामीले बालबालिकाहरूको हातमा पाठ्यपुस्तक पु¥याउन सक्यौं भने त्यसले बालबालिका शुरूमा एकखालको नयाँ उत्साह थप्ने छ भन्ने मलाई लागेको छ ।

तर यसका लागि सरकारले पाठ्यपुस्तक ढुवानी तथा बिक्री वितरणलाई अति आवश्यकको सूचिमा राख्नु पर्छ र तत्कालै देशैभरि बालबालिकाहरूलाई हात–हातमा पाठ्यपुस्तक पु¥याउने व्यवस्था मिलाउनुपर्छ । यसका लागि हामीसमेत सहयोगी बन्न तयार छौं ।

जस्तै बजारमा सामाजिक दूरी कायम गर्न वा भिडभाड हुने सम्भावना छन् भने हामी विद्यालय सञ्चालकहरूले विद्यालयमै लगेर अभिभावकहरूको हात–हातमा किताव दिन सक्छौ तर यसका लागि सरकारले वातावरण मिलाउनुपर्छ भन्ने लागेको छ ।

यदि हामीले बालबालिकाहरूको हात हातमा पाठ्यपुस्तक पु¥याउन सक्यौं भने त्यो अहिलेको अवस्थामा ठूलो उपलब्धि हुनेछ । हाल अवरूद्ध भएका परीक्षा के गर्ने ?

भन्ने सवालमा हाम्रो भनाई मुलुकमा सहज वातावरण भएसँगै एसईईसहितका परीक्षा विद्यार्थीहरूलाई केही समय अध्ययन गर्ने समय दिई परीक्षा गराउनुपर्छ भन्ने नै हो । तर यस्तै अवस्था रहिरह्यो भने त्यसको विकल्प खोज्नुपर्छ त्यो भनेको विद्यालयहरूले गरेका आन्तरिक मूल्यांनलाई नै आधार मान्नुपर्छ ।

त्यसैगरी अहिले उठिरहेको अर्को महत्वपूर्ण विषय भनेको शिक्षक शिक्षिकाहरूको तलव र विद्यार्थीहरूको फि को कुरा हो । मुलुकको विषम परिस्थितिमा राज्यलाई सबैले केही न केही योगदान गर्नुपर्छ भन्ने नै हो । तर विद्यालय मात्रै त्यसको भागिदार बन्न सक्दैनन् ।

अभिभावकहरूले दिए, विद्यालयले लिए भने मात्र शिक्षक शिक्षिकाहरूलाई दिने हो । त्यसैले यो विषयमा अभिभावक,

विद्यालय र शिक्षक शिक्षिकाहरूले समान हैसियतमा योगदान गर्न सक्यौं भने अर्थात् त्रिपक्षिय सहमतिका आधारमा हामी अगाडि बढ्न सक्यौं भने समस्या समाधान हुन्छ भन्ने हामीलाई लागेको छ ।


शैक्षिक गतिविधि बढाऔं

विजयमान जि.एम.
जिल्ला उपाध्यक्ष
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)

कोभिड–१९ को प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा देखिएको छ । शैक्षिक संस्थाहरू बन्द छन् । विद्यालय कहिले सञ्चालन हुने हो थाहा छैन् । विद्यार्थी, अभिभावक र शिक्षकहरूले बारम्बार सोध्ने प्रश्न हो ? ‘सर, विद्यालय कहिले खुल्छ ?’ तर हामीसँग जवाफ छैन् ।

लकडाउन भएको करीब दुई महिना हुन लागेको छ । विद्यालय तहमा देशभरका सामुदायिक र निजी विद्यालयका ७२ लाख १४ हजार विद्यार्थी र उच्च शिक्षाअन्तर्गत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरू आज घरमै छन् ।

विद्यार्थीहरूको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक उपायहरूको खोजी भईरहेको छ । तर शिक्षाको नेतृत्व गरिरहेको शिक्षा मन्त्रालयसँग विद्यालय सञ्चालनको वैकल्पिक मार्गको बारेमा स्पष्ट खाका छैन् ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको थरीथरीका निर्देशनले शिक्षासँग सरोकार राख्ने व्यक्तिहरू थप अन्योलमा छन् । यो लकडाउनको लामो अवधिसम्म शिक्षा मन्त्रालयले कुनै ठोस योजना ल्याउन नसक्नु शिक्षा क्षेत्र, अभिभावक र विद्यार्थीहरूको लागि दुर्भाग्य हो ।

अहिलेसम्म विकल्प आउनुपर्ने हो तर आएको छैन् । यो शिक्षा मन्त्रालयको लाचारपना हो । स्वास्थ्य सेवासम्बन्धी स्रोत साधनको अभाव छ । देशको यो अवस्थामा लकडाउन वा कोरोनाको प्रभाव अझै लम्बिने सम्भावना छ ।

देशको यो विषम परिस्थितिमा शिक्षा क्षेत्रलाई चलायमान बनाउन वैकल्पिक उयायको माध्यम अनलाइन कक्षा, रेकर्ड भर्चुअल कक्षा, रेडियो, टिभी र टेलिफोन हुनसक्छ । यद्यपि चुनौतीहरू छन् ।

अनलाइन कक्षा सञ्चालन गर्न इन्टरनेट अनिवार्य हुन्छ । विद्यार्थी र अभिभावकसँग इन्टरनेटको पहुँच छ कि छैन भनेर पहिला डाटा संकलन गर्नुपर्दछ । यदि डाटा रेकर्ड अनुसार विद्यार्थी र अभिभावकसँग इन्टरनेटको पहुँच छ भने अनलाइन कक्षाहरू सञ्चालन गर्न सकिन्छ ।

अनलाइन कक्षा सञ्चालन गर्नुभन्दा पहिले शिक्षक र विद्यार्थीहरूलाई पनि अभिमुखीकरण तालिमको व्यवस्था गर्नुपर्दछ । जुन विद्यार्थी र अभिभावकसँग इन्टरनेटको पहुँच छैन,

उनीहरूको लागि स्थानीय वा केन्द्रीय सञ्चारमाध्यमहरू रेडियो, एफएम, टिभिमार्फत कक्षा सञ्चालन गर्न सकिन्छ । अहिले प्रत्येक नेपालीको हात–हातमा मोवाइल छ ।

रेडियोमार्फत कक्षा सञ्चालन गर्न सक्यो भने सबैको पहुँच हुन्छ । यो रेडियो लर्निङ सबैको लागि प्रभावकारी माध्यम हुन्छ । जुन विद्यार्थी र अभिभावकसँग टिभीको पहुँच छ, उनीहरूको लागि टिभी लर्निङ उपयुक्त माध्यम हुन्छ ।

तसर्थ इ–लर्निङ, रेडियो लर्निङ र टिभि लर्निङलाई प्राथमिकतामा राखेर कक्षाहरू सञ्चालन गर्नुको विकल्प छैन् । बालबालिकाको लागि टेलिफोन लर्निङ उपयुक्त हुन्छ । बालबालिकाको लागि अभिभावकले विद्यालय, शिक्षक र विद्यार्थीको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ ।

कक्षाकोठामा हुने जस्तो सिकाइ वैकल्पिक उपायको माध्यमबाट भने प्रभावकारी हुन कठिन हुन्छ ।
प्रविधिको पहुँच नहुने अभिभावक र विद्यार्थीले चिन्ता मान्नु पर्दैन । यो पूर्ण कक्षा होइन ।

विद्यालय खुलेपछि शुरूदेखि नै पठनपाठन हुन्छ । अहिलेको कठिन समयमा सिकाइको साथै विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिबाट टाढा हुन नदिन र उनीहरूसँग शैक्षिक सम्पर्क मजबुत गर्न अनलाइन कक्षा, भर्चुअल कक्षा, डिस्टान्स लर्निङको जरूरी छ । नेपालको शिक्षा प्रणालीलाई डिजिटल युगसँग जोड्ने सुनौलो अवसर हो । अवसरको सदुपयोग गरौं ।


सरकारको निर्देशनबाहेकको विकल्प छैन

श्याम कुँवर
एनप्याब्सन जिल्ला अध्यक्ष बाँँके

कोरोनाभाइरसको संक्रमणका कारण अहिले नेपालसहित विश्व नै आक्रान्त बनेको छ । नेपाल बन्दाबन्दीको अवस्था छ । सबै घरभित्रै छौं । लामो समयदेखि भएको यो लकडाउनका कारण मुलुकको शिक्षा क्षेत्र पूरै अस्तव्यस्त भएको छ ।

यसको प्रभाव बालबालिकाहरूमा परेको छ । भर्खरै शिक्षा आरम्भ गर्ने विद्यालयहरूमा शिशु कक्षादेखि युनिभरसिटीहरूमा डिग्रीसम्ममा अध्ययन गर्नेहरू यसको मारमा छन् ।

अब के गर्ने भन्ने प्रश्न उब्जन सक्छ किन कि बालबालिकाहरूमा लामो समयदेखि पठनपाठन नहुँदा पढाइप्रति अभिरूचि कम हँुदै गएको छ । त्यसैले अब गर्नुपर्ने कार्य भनेको सबै विद्यालयहरूले नतिजा प्रकाशन गर्ने हो त्यसका लागि जिल्लाका सबै पालिकाहरूलाई म आग्रह गर्न चाहन्छु  ।

त्यस्तैगरि अर्को गर्नुपर्ने कार्य भनेको अहिलेको अवस्थामा हामीहरू कसरी बालबालिकाहरूलाई पठनपाठनमा सहभागी गराउन सकिन्छ ? भन्नेतर्फ नै केन्द्रित छौं ।

नेपालजस्तो अल्पविकसित देशमा अनलाईन पढाइको सम्भावना कम छ । करिव २०–३० प्रतिशत बालबालिकाहरू मात्र अनलाइनको पहुँचमा छन् ।

त्यसैले यो पनि त्यति प्रभावकारी देखिदैन त्यसैले हामीले हाम्रा विद्यालयहरूलाई सूचनाको माध्यमको अधिकतम प्रयोग गरेर वा सामाजिक दूरी कायम गरेर बालबालिकाहरूको अवस्था बुझ्न र उनीहरूलाई पढाइप्रति लाग्न प्रेरित गर्नका लागि लाग्न भनेका छौं ।

त्यो दिशातर्फ अब निजी विद्यालयहरू लग्नुपर्छ र लागि पनि रहेका छन् । तर बालबालिकाहरूलाई स्वअध्ययन, अनलाइन अध्ययन वा अन्य सामाजिक सञ्जालको प्रयोग गरेर गर्ने अध्ययनका लागि समेत अति आवश्यक भनेको पाठ्यपुस्तक हुन यसको सहज आपूर्तिका लागि सरकारले ठोस कदम चाल्नु पर्छ भन्ने मलाई लागेको छ ।

अहिलेको अवस्थामा यदि हामीले बालबालिकाहरूको हातमा पाठ्यपुस्तक पु¥याउन सक्यौं भने त्यसले बालबालिका शुरूमा एकखालको नयाँ उत्साह थप्ने छ भन्ने मलाई लागेको छ ।

तर यसका लागि सरकारले पाठ्यपुस्तक ढुवानी तथा बिक्री वितरणलाई अति आवश्यकको सूचिमा राख्नु पर्छ र तत्कालै देशैभरि बालबालिकाहरूलाई हात–हातमा पाठ्यपुस्तक पु¥याउने व्यवस्था मिलाउनुपर्छ । यसका लागि हामीसमेत सहयोगी बन्न तयार छौं ।

जस्तै बजारमा सामाजिक दूरी कायम गर्न वा भिडभाड हुने सम्भावना छन् भने हामी विद्यालय सञ्चालकहरूले विद्यालयमै लगेर अभिभावकहरूको हात–हातमा किताव दिन सक्छौ तर यसका लागि सरकारले वातावरण मिलाउनुपर्छ भन्ने लागेको छ ।

यदि हामीले बालबालिकाहरूको हात हातमा पाठ्यपुस्तक पु¥याउन सक्यौं भने त्यो अहिलेको अवस्थामा ठूलो उपलब्धि हुनेछ । हाल अवरूद्ध भएका परीक्षा के गर्ने ?

भन्ने सवालमा हाम्रो भनाई मुलुकमा सहज वातावरण भएसँगै एसईईसहितका परीक्षा विद्यार्थीहरूलाई केही समय अध्ययन गर्ने समय दिई परीक्षा गराउनुपर्छ भन्ने नै हो ।

तर यस्तै अवस्था रहिरह्यो भने त्यसको विकल्प खोज्नुपर्छ त्यो भनेको विद्यालयहरूले गरेका आन्तरिक मूल्यांनलाई नै आधार मान्नुपर्छ । त्यसैगरी अहिले उठिरहेको अर्को महत्वपूर्ण विषय भनेको शिक्षक शिक्षिकाहरूको तलव र विद्यार्थीहरूको फि को कुरा हो ।

मुलुकको विषम परिस्थितिमा राज्यलाई सबैले केही न केही योगदान गर्नुपर्छ भन्ने नै हो । तर विद्यालय मात्रै त्यसको भागिदार बन्न सक्दैनन् । अभिभावकहरूले दिए, विद्यालयले लिए भने मात्र शिक्षक शिक्षिकाहरूलाई दिने हो । त्यसैले यो विषयमा अभिभावक,

विद्यालय र शिक्षक शिक्षिकाहरूले समान हैसियतमा योगदान गर्न सक्यौं भने अर्थात् त्रिपक्षिय सहमतिका आधारमा हामी अगाडि बढ्न सक्यौं भने समस्या समाधान हुन्छ भन्ने हामीलाई लागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here