- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरतुलसीपुरमा सुरक्षा समितिको बैठक

तुलसीपुरमा सुरक्षा समितिको बैठक

- Advertisement -spot_img

प्रदेश टुडे
वित्तीय संस्थालाई सामाजिक दूरी कायम गर्न निर्देशन
तुलसीपुर, ३० बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालन भएका बैंक तथा वित्तीय संस्थाहरूलाई अनिवार्य रूपमा सामाजिक दूरी कायम गरेर मात्रै कारोवार गर्न निर्देशन दिइएको छ ।

‘वित्तीय संस्थामा भिड धेरै भएपछि यस्तो निर्णय गरिएको हो’ कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले जानकारी दिए । वित्तीय संस्थाहरूमा अव्यवस्थित ढंगले कारोवार हुने गरेको पाएपछि यस्तो निर्णय गरिएको पनि लामिछानेले बताए ।

यसैगरी यो भन्दा अगाडि निर्णय गरिएको हरेक दिन २ घण्टा मात्रै पसल सञ्चालन गर्ने निर्णयलाई सच्याएर ३ घण्टा नै सञ्चालन गरिने भएको छ ।

दुई घण्टा मात्रै पसल सञ्चालन गर्दा धेरै भिडभाड भएको भन्दै यस्तो निर्णय गरिएको वडा नम्वर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिए ।

खाली ठाउँहरूमा मानिसको बाक्लो भिड हुन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि स्वयम्सेवक परिचालनसमेत गरिने भएको छ । बैठकले टोलको सिफारिस अनि वडा र उपमहानगरपालिकाको समन्वयमा यस्तो विभिन्न युवाहरूलाई परिचालन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सरकारले विकास निर्माणको कामलाई गति दिने निर्णयलाई सम्मान गर्दै बुधबार बिहान ६ देखि १० र शनिबार बिहान ६ देखि साँझ ६ बजेसम्म हार्डवेयर पसल खोल्न दिइनेसमेत भएको छ । कार्यवाहक नगरप्रमुख नवराज लामिछानेको अध्यक्षतामा भएको बैठकमा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

अनुदानको मकै र धान वितरण सुरू

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले किसानहरूलाई अनुदानको मकै र धान वितरण सुरू गर्ने भएको छ । कृषि विकास शाखामा किसानहरूले माग गरेको आधारमा सोमबारबाट वितरण सुरू गरिने शाखाका प्रमुख धनराज गौतमले जानकारी गराए । ‘मकैको सोमबारबाटै वितरण हुन्छ भने धानको बीउ जेठको पहिलो हप्ताबाट वितरण हुनेछ’ गौतमले भने ।

उपमहानगरले कृषकहरूलाई अनुदानमा उन्नत जातको मकै र धानको बीउ वितरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । सूचनाका आधारमा दुबै बालीका लागि ५ सय जति किसानहरूले आवेदन दिएको पनि कृषि विकास शाखाले जानकारी दिएको छ ।

कृषकहरूको आवश्यकता पहिचान गरी सामाजिक दूरी कायम गर्दै वडा कार्यालयमार्फत बीउ वितरण गरिने अर्थ समितिका संयोजक माधव वलीले जानकारी दिए ।

उनले माग गर्ने सबै किसानहरूलाई बीउ उपलब्ध गराइने पनि जानकारी दिए । ‘उहाँले मागेको भन्दा पनि आवश्यकता कति छ भन्ने कुरालाई मध्यनजर गरिनेछ’ संयोजक वलीले भने ।

उपमहानगरले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा धान र मकैको बीउ वितरण गर्ने भएको हो । उपमहानगरपालिकाको बसेको अर्थ समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here