- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरपाँच वडामा काम सुरू

पाँच वडामा काम सुरू

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३० बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाले सामाजिक दूरी कायम गर्दै विकासको कामलाई गति दिएको छ । प्रत्येक वडामा ३ किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम पुनः सुरू गरिएको हो । विकास प्राधिकरणको कामलाई सामाजिक दूरी कायम गर्दै अगाडि बढाइएको प्राधिकरणका सदस्य सचिव इन्जिनियर पवन योगीले जानकारी दिए ।

जिल्ला संकट व्यवस्थापन समितिले सामाजिक दूरी कायम गर्दै विकासका काम अगाडि बढाउने निर्णय गरेपछि तुलसीपुरमा काम अगाडि बढाइएको हो ।

कालोपत्रेका लागि अहिले उपमहानगरपालिकाका ५ वटा वडामा वेस बनाउने काम भइरहेको प्राधिकरणका सदस्य विजय विकले जानकारी दिए । ‘वेस निर्माण भएसँगै कालोपत्रेको काम अगाडि बढ्नेछ’ विकले भने । उनले वडा नम्वर १, २, ३, १२ र १६ मा एकै पटक वेसको काम भइरहेको पनि बताए ।

उपमहानगरपालिकाले विकासका लागि ल्याएका विभिन्न साधनहरूले यस्तो काम गरिरहेका छन् । प्रत्येक वडामा ३ किलोमिटर कालोपत्रे गर्ने योजनाका साथमा प्राधिकरणले काम अगाडि बढाएको भएपनि कोरोनाभाइरसको संक्रमणका कारण भएको लकडाउने गर्दा अवरूद्ध भएको थियो ।
‘संक्रमण नफैलने गरी काम अगाडि बढाएका छौं’ विकले भने ।

उनले ग्राभेल गर्न बाँकी रहेका वडाहरूमा ग्राभेलको काम अगाडि बढेको पनि बताए । ‘समयमै योजना सम्पन्न गर्नका लागि हामीले कामलाई तिव्रता दिएका छौं’ कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here