- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरहावाहुरीले छाना उडायो

हावाहुरीले छाना उडायो

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ३० बैशाख ।

सल्यानको पश्चिम क्षेत्रमा आइतबार बेलुकी चलेको हावाहुरीले केही विद्यालय र स्वास्थ्य चौकीको छाना उडाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी आधारभूत विद्यालय गराको २ कोठे ट्रष्ट भवनको छाना उडायो भने केही दिन अगाडि वडा नम्बर १२ को निगाल्चुलामा रहेको स्वास्थ्य चौकीको जस्तापाता उडाएको छ ।

असिना, पानी र हावाहुरीले निगाल्चुलाका केही भूभागमा तरकारी तथा फलफूलमा समेत क्षति पु¥याएको वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिए । त्यसैगरी भेरी आधारभूति विद्यालय गराको दुईकोठे ट्रष्ट भवनको जस्तापाताको पूरै छाना उडाएको छ ।

हावाहुरीको क्षति एकीनको लागि बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरी, योजना अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटाको टोलीले हावाहुरीबाट क्षति पुगेको विद्यालयको अनुगमन गरेका छन् ।

निगाल्चुला स्वास्थ्य चौकी इन्चार्ज कमल ओलीका अनुसार स्वास्थ्य चौकीको जस्तापाता उडाएको र कर्मचारीले नै सामान्य मर्मत गरेर स्वास्थ्य चौकीभित्र पानी पस्नबाट बचाएको फेरि हावाहुरी तथा पानी आएमा स्वास्थ्य चौकीमा समस्या हुने वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here