- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsभर्जुअल कक्षा रहर की बाध्यता ?

भर्जुअल कक्षा रहर की बाध्यता ?

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, २९ बैशाख ।

कोरोनो महामारीका कारण शैक्षिक क्षेत्र पूर्णरूपमा बन्द छ । शैक्षिक सत्र सुरू हुँदै गर्दा भएको लकडाउनले विद्यालय र क्याम्पसस्तरको शिक्षा गतिशील बन्न सकेको छैन ।

१० कक्षामाथिका परीक्षाहरू स्थगित भएका छन् भने ९ कक्षामुनी नतिजा सार्वजनिक भएर पढाइ सञ्चालन हुने अवस्था रोकिएको छ । यही अवस्थामा अहिले भर्जुअल कक्षा (अनलाइन कक्षा) सञ्चालन भइरहेका छन् । कतिले प्रविधिलाई साथमा लिएर यो कार्य गरेका छन् भने कतिले अर्काको देखेर देखासिकी गरेको पाइएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण शैक्षिक संस्थाहरू बन्द भएसँगै विद्यार्थीहरूको नियमित पठनपाठन समेत रोकिएको अवस्थामा अनलाइन कक्षा सञ्चालन हुनु राम्रो पनि मानिएको छ । लकडाउनका कारण विद्यार्थीहरूको नियमित पठनपाठन लामो समयदेखि रोकिएपछि अहिले विभिन्न शिक्षण संस्थाहरूले अनलाइन कक्षा सञ्चालन गरेका छन् ।

प्रविधिको प्रयोगमार्फत अध्ययन, अध्यापनका गतिविधिहरू सञ्चालन भइरहेका छन् । इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीहरूका लागि अहिले देशैभरका विद्यालय एवं विश्वविद्यालयहरूले भर्चुअल दूरशिक्षा जूम, गुगल क्लास रूम, लाइभ क्लासजस्ता एप्लिकेशनबाट कक्षाहरू सञ्चालन गरिरहेको भए पनि दुर्गमका विद्यार्थी पहँुच बाहिर छन् ।

अनलाइन कक्षामार्फत सिक्ने र सिकाउने सुनौलो अवसर भएपनि यसमा निकै चुनौती देखिएको छ । अनलाईन कक्षासँग यहाँको भौगोलिक अवस्था, आर्थिक र इन्टरनेटको पहुँच लगायत विभिन्न पक्षहरू जोडिने भएकाले सबै वर्ग र सबै क्षेत्रका लागि यो त्यति प्रभावकारी देखिएको छैन ।

यसका लागि नेट इन्टरनेटको व्यवस्थापन, पारिवारको आर्थिक अवस्था, प्रविधिको प्रयोगका लागि आवश्यक उपकरण व्यवस्थापन लगायतका विभिन्न पक्षहरू जोडिने गर्दछ । तर सबै शिक्षक र विद्यार्थीहरूमा अनलाइन कक्षाको पहुँच नहुने भएकाले यो देखासिकी जस्तो मात्रै भएको छ ।

पछिल्लो समय अनलाइन कक्षाको पढाइ शिक्षक र विद्यार्थीहरूका लागि सुनौलो अवसर बनेपनि आवश्यक पूर्वाधार नहुँदा कक्षा सञ्चालनमा निकै समस्या भएको नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए ।

‘विद्यार्थी र शिक्षकका लागि सकारात्मक हो’, रजिष्ट्रार अधिकारीले भने, ‘तर सबै शिक्षक र विद्यार्थीहरूको पारिवारीक अवस्था, भौगोलिक अवस्था र इन्टरनेट पहुँचले धेरै समस्या बनाएको छ । यो अवस्थामा अनलाइन कक्षा व्यवस्थित नहुने देखिन्छ । अनलाइन कक्षा सबैको पहुँचमा पुग्न सकेका सिकाइ र शिक्षणमा अत्यन्त प्रभावकारी हुन्छ ।

‘अनलाइन कक्षा सञ्चालनमा अभिभावकको समस्या, आर्थिक अवस्था, इन्टरनेटको पहुँच, आवश्यक उपकरणलगायतका विभिन्न पक्षहरू जोडिने गर्दछन्’ उनले भने– ‘यसर्थ सर्वप्रथम यस्ता विविध पक्षहरूको विश्लेषण गर्न आवश्यक छ ।’ मुख्यतः विद्युत र नेट एक्सेसको व्यवस्थापन बलियो नहुँदा यसलाई निरन्तरता दिनसमेत समस्या भएको उनले बताए ।

अनलाइन कक्षा ग्रामीण एवं पहाडी भेगका लागि नभई सहर केन्द्रित भएकाले सबैको पहुँचमा पु¥याउन नसकिने राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माले बताए । उनले सबै ठाउँमा नेट इन्टरनेट नपुगेकाले यो माध्यम सबैका लागि अलि जटिल भएको बताए । यसका लागि सर्वप्रथम सरकारले सबै ठाउँमा नेट तथा इन्टरनेटको पहुँच विस्तार गर्न जरूरी रहेको उनको भनाइ छ ।

प्याब्सन दाङका निवर्तमान अध्यक्ष यादव गिरीले तत्कालिन अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या रहेको बताउँछन् । उनले विद्यार्थी र शिक्षकका लागि सकारात्मक पक्ष भएपनि सबै परिवारको पहुँच अनलाइन कक्षासम्म पुग्न नसकेको बताउँछन् ।

‘विद्यर्थीहरूको मानसिक विचलनलाई नियन्त्रण गर्न यसले निकै महत्वपूर्ण भूमिका खेलेको छ’ उनले भने– ‘तर के गर्नु सबै बालबालिकाहरूको पहुँच अनलाइनसम्म पुग्न सक्ने अवस्था छैन, यसर्थ यस्ता विद्यार्थीहरू अवस्था र वास्तविक स्थितिलाई समेत विश्लेषण गर्नुपर्छ ।’

गोरखा माध्यमिक विद्यालय तुलसीपुरका सिईओ दुर्गा केसीले विद्यालयमा अनलाइन कक्षा सञ्चालन गरेपनि सोंचेजस्तो नभएको बताए । अनलाइन कक्षा शिक्षक–विद्यार्र्थी र विद्यार्थी–अभिभावकसँग जोडिएकाले सबैलाई पहुँचमा ल्याउन नसकिएको बताए ।

‘यसले खाली समयलाई राम्रोसँग सदुपयोग गर्न सिकाएको छ, साथै अनुशासन र लगनशीलताका बारेमा नयाँ–नयाँ कुराहरू अनलाइनमार्फत विद्यार्थीसम्म पुगेको छ’ उनले भने– ‘तर कतिपय विद्यार्थीहरू अझैपनि नेटको पहुँचबाट बाहिर छन् न त उनीहरूसँग सम्पर्क हुन सकेको छ, न उनीहरूका अभिभावकसँग ।’

हिमाल एकेडेमीका प्रिन्सिपल मधुसुदन केसीले सबै विद्यार्थीहरूलाई समावेश गर्न नसकिएको बताउँछन् । उनले अहिले पनि ५० प्रतिशत विद्यार्थीहरू अनलाइन कक्षाबाट बाहिर रहेको जानकारी दिए ।

सबै विद्यार्थीहरू इन्टरनेट, मोबाइल, ल्यापटप, कम्प्युटरजस्ता आवश्यक सामाग्रीको पहुँचमा नहुने भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।

तर सबै विद्यार्थीहरू परिवार आर्थिक रूपमा सम्पन्न नहुने भएकाले अनलाइन कक्षा सञ्चालन उपयुक्त देखिएको छैन ।

दाङसहित देशका विभिन्न जिल्लाहरूमा लकडाउनका कारण विद्यालय बन्द भएपछि विद्यार्थीहरूलाई आफूले पढेका कुरा स्मरण भइरहोस् भन्ने उद्देश्यले अनलाइन कक्षा सुरू गरिएको छ ।

अनलाइन कक्षाले विद्यार्थीको खाली समय सदुपयोग हुनुको साथै विद्यार्थीहरूका लागि पढेका कुरा पुनर्ताजकीय हुने थप ज्ञान लिन सहयोग पुग्ने भन्दै कक्षाहरू सञ्चालन भएपनि विभिन्न कारणहरूले गर्दा अनलाइन कक्षा त्यती प्रभावकारी बन्न नसकेको पाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here