- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsभारतसँगको सीमा विवाद, संसदमा चर्काचर्की

भारतसँगको सीमा विवाद, संसदमा चर्काचर्की

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, २९ बैशाख ।

आइतबारको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा सांसदले भारतीय हस्तक्षेप स्वीकार्न नसकिने बताएका छन् । नेपाली भूमिमा भारतीय हस्तक्षेप स्वीकार्य नहुने भन्दै सांसदमा बोल्ने अधिकांश सांसदहरूले कूटनीतिक समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले तत्काल समस्याबारे समाधान खोज्न सरकारलाई आग्रह गर्दै उनीहरूले भारतले नेपाली सीमा प्रयोग गर्दै सडक निर्माण गरेको क्षेत्रमा तत्काल सुरक्षाकर्मी पठाउनुपर्ने बताए भने केही सांसदहरूले ढिलो नगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधै कुरा गर्नुपर्ने बताउँदै भारत र चीन दुबै पक्षसँग कूटनीति माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले सन् १८१६ मा भएको सुगौली सन्धि र त्यसपछिका केही पूरक सन्धिले कायम गरेको नेपालको भूभाग र सार्वभौमसत्ताको रक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

दुबै संसदहरूमा बोल्ने सांसदहरूले सीमा अतिक्रमणको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण गर्नु पर्ने र द्विपक्षीय कूटनीतिक प्रयासबाट समस्याको समाधान गर्नतर्फ सरकार लाग्नुपर्ने बताउँदै यस बारेमा तत्काल संयुक्त राष्ट्रसंघलाई जानकारी गराउनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रियसभाको बैठकमा बोल्दै दाङका सांसदहरू अनिता देवकोटाले सीमा विवाद तथा भूमि अतिक्रमणका विषयको समाधान खोज्न प्रधानमन्त्रीले तत्काल आफ्ना भारतीय समकक्षीसँग संवाद गर्न सुझाव दिईन भने दाङबाटै प्रतिनिधित्व गर्ने सांसद कोमल वलीले सीमा समस्याका बारेमा भारतसँग वार्ता हुन नसकेको अवस्थामा नेपालले यस विषयलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताएकी थिइन् । ्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here