- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsसमुदायमै रक्तदान

समुदायमै रक्तदान

- Advertisement -spot_img

प्रकाश डाँगी
गोल्टाकुरी (दाङ), २९ बैशाख ।

दाङ जिल्लामा रगत अभाव हुन नदिन जिल्लामै पहिलो पटक ग्रामीण क्षेत्रमा रहेको गोल्टाकुरीमा रक्तदान कार्यक्रम भएको छ ।

कोरोना संक्रमणको भयावह अवस्था र लकडाउनको बीच पनि दाङ रेडक्रसले सहर केन्द्रित रहेको रक्तदान कार्यक्रमलाई जिल्लामा पहिलो पटक दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमै पुगेर रक्तदान कार्यक्रम आयोजना गरी ग्रामीण क्षेत्रमा रहेका नागरिकहरूलाई समेत रगतको महत्व र रगत संकलन गर्ने कार्य गरेको भन्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले रक्तसञ्चार केन्द्र र नेपाल रेडक्रस सोसाइटी दाङलाई धन्यवादसमेत दिए ।

दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेको स्वास्थ्य केन्द्रमा बैशाख २७ आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरूले जीवनमा पहिलो पटक रक्तदान गरेको भन्दै आफ्नै ठाउँमा रक्तदान गरी कसैको जीवन बचाउने कार्यमा सहभागी हुन पाउँदा आफूहरू निकै आभारी भएको बताउँदै आगामी दिन रक्तदानको महत्वलाई बुझाउन सकियो भने जिल्लामा रगत अभाव नहुने बताएका थिए ।

रक्तदान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, वडा अध्यक्षहरू तुल्सीराम देवकोटा, श्रीप्रसाद चौधरी, वडा सदस्य नन्दराम केसी, त्यस्तै स्थानीय युवाहरू, प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार लगायत विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए ।

लकडाउन र दाङमा रगतको अवस्था कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल लगायत विश्वका अधिकांश देशमा लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमण फैलिन नदिन देशभर लकडाउन भएपछि विभिन्न स्थानमा रगत अभाव भएका समाचारहरू बाहिर आइरहेका छन् । दाङमा पनि पछिल्लो समय लामो लकडाउनको कारण रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित विभिन्न संघसंस्थाहरू तथा व्यक्तिगत रूपमा रक्तदानको कार्यक्रम नियमितजसो भैराखेको छ ।

दाङमा लकडाउन अवधि चैत ११ पछि बैशाख २८ गते बिहान १२ बजेसम्मको तथ्यांकअनुसार तुलसीपुरमा १ सय ७२ घोराहीमा २ सय ११ गरी कुल जम्मा ३ सय ८३ प्वाइन्ट रगत संकलन भएको छ । यस बीचमा घोराहीमा २ सय ५८ र तुलसीपुरमा १ सय गरी जम्मा ३ सय ५८ प्वाइन्ट रगत सप्लाई भएको रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले बताए ।

देशमा चैत ११ गतेदेखि कोरोना संक्रमण फैलिन नदिन भन्दै घोषणा गरिएको लकडाउनको बीचमा संस्थागततर्फ त्रिभुवन नगर जेसीस घोराहीले १० प्वाइन्ट, अनेरास्ववियु घोराही ५२ प्वाइन्ट, सन्तनिरंकारी मण्डल घोराही–९ त्रिभुवननगर जेसीस घोराही र दारी ग्याङ ४१,

क्यान महासंघ ५ जना सिडिइएम ५ नं प्रदेश १० जना, रोट्रयाक तुलसीपुर १७ जना, सन्तनिरंकारी मण्डल तुलसीपुर १५, भिष्म स्मृति प्रतिष्ठान बिजौरी २१, राष्ट्रिय युवा संघ १९, तुलसीपुर बैंकर्स क्लव ५, तुलसीपुर उद्योग वाणिज्य संघ १० जना,

अनेरास्ववियु दाङ ९ र दंगीशरण गाउँपालिका दाङ २६ गरी जम्मा २ सय ५५ प्वाइन्ट रगत संस्थागत रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट रगत संकलन गरिएको छ भने व्यक्तिगत रूपमा यो बीचमा १ सय २८ जना स्वयम्सेवी रक्तदाताहरूले घोराही र तुलसीपुरमा रहेका रक्तसञ्चार केन्द्रहरूमा गएर रक्तदान गरेको रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले बताए ।

उनका अनुसार आउँदा दिनहरूमा आफूहरू निरन्तर जिल्लामा रगत अभाव हुन नदिन लागि परेको भन्दै सबै स्वयम्सेवी रक्तदाता र संस्थागत रूपमा रक्तदान गर्न ईच्छुक संस्थाहरूलाई आफूहरूले निरन्तर आग्रहसमेत गरिरहेको बताए ।

यो बीचमा जिल्लामा रगत अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा रहदै जिल्लामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले आफ्ना गतिविधि बढाइरहेको रेडक्रस दाङका सभापति नारायण आचार्यले बताए ।

जिल्लामा रगत अभाव हुन नदिन विभिन्न स्वयम्सेवी रक्तदाता र रक्तदान गर्ने संघसंस्थाको नियमित सम्पर्कमै आफूहरू निरन्तर रहेको भन्दै सभापति आचार्यले जिल्लामा रगत अभाव हुन नदिन सबै स्वयम्सेवी रक्तदाता र संस्थाहरूलाई आग्रहसमेत गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here