- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsलकडाउनमा मानवअधिकारको अवस्थाका बारेमा संवाद

लकडाउनमा मानवअधिकारको अवस्थाका बारेमा संवाद

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २९ बैशाख ।

कोभिड–१९ र मानवअधिकारको अवस्थाको बारेमा सरोकारवाला पक्षसँग भिडियो कन्फ्ररेन्समार्फत आइतबार संवाद गरिएको छ ।
संवादमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजका निर्देशक चन्दकान्त चापागाई, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, मुस्लिम आयोगको जिल्लास्तरीय अनुगमन समितिका संयोजक, साजिदा सिद्दीकी, ओरेक नेपालका जिल्ला संयोजक ईश्वरी थापा, मानवअधिकार अनुगमन समिति दाङका संयोजक सविन प्रियासन, मानवअधिकार संगठनका जिल्ला अध्यक्ष ऋषिराज शर्माबीच भिडियो कन्फ्ररेन्समार्फत संवाद गरिएको हो ।
संवादमा राष्ट्रिय मानवअधिकार आयोग नेपालगंज कार्यालयका निर्देशक चन्द्रकान्त चापागाईले राहत वितरणमा केही अवस्थित भएका जानकारी प्राप्त भएकाले सर्वदलीय सहमतिको आधारमा वितरण गर्दा विवाद नहुने बताए ।

सबैभन्दा महत्वपूर्ण विषय भन्दै उनले लकडाउनलाई कार्यान्वयन गर्न नै हो । विश्वका सम्पन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, चिकित्सकसमेत कोरोनाभाइरस संक्रमित भएका हुनाले यसले कसैलाई पनि नचिन्ने भएकाले सामाजिक दूरीलाई विशेष ख्याल राख्न आग्रह गरे ।

अत्यावसकीय अवस्थाबाहेक अन्य गतिविधिमा हिडडुल, घुमफिर, रिपोर्टिङ, अनुगमनजस्ता कार्य गर्दा सामाजिक दूरी र सकभर नगर्न नगराउँदा राम्रो हुने बताए ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउनु सबैको कर्तब्य भएको बताएका निर्देशक चापागाईले केही ठाउँमा प्रहरी र स्वास्थ्यकर्मी माथि भएको ब्यबहारको टिप्पणी गरे । तर राज्य नागरिकको अभिभावक भएकाले उसले पनि अभिभावकत्व प्रदान गर्नुपर्ने उनले सुझाए ।

ओरेक नेपाल दाङका संयोजक ईश्वरी थापाले लकडाउनको यो अवधिमा दाङमा ५८ वटा विभिन्न किसिमका हिंसासँग सम्बन्धित घटना भएको जानकारी गराए । उनले हिंसाका घटना अरू थुप्रै भएका छन्

तर कोरोना भाईरसको सर्तकतालाई नै प्राथमिकतमा राखिएकाले ती ओझेलमा परेका जानकारी दिए । जसरी कोरोनासँग सम्बन्धित सवाललाई प्राथमिकतामा पारिएको छ, हिंसाका घटनालाई पनि दिनुपर्नेमा जोड दिए ।

समुदायमा कुटपिट, दाइजो, बालविवाहलगायतका घटना र विदेशबाट आएका ब्यक्तिहरूलाई समुदायले गर्ने अपहेलनाजस्ता घटना ओरेक नेपालमा जानकारीमा आएको बताए ।

मुस्लिम आयोगको मस्जिद मदरसा अनुगमन समितिका दाङ संयोजक साजिदा सिद्दीकीले कोरोना भाइरस संक्रमणको सर्तकता र त्रासका बीच चैत ११ गतेदेखि लागू भएको लकडाउनमा सबैभन्दा बढी हिंसामा परेको मुस्लिम समुदाय भएका गुनासो गरिन् ।

कोरोनाको आयात नै मुस्लिम समुदायले गरेको झै आरोप लगाउने र अन्य समुदायभन्दा कयौं गुणा बढी अपराध गरेको झै ठेस पु¥याउने काम भइरहेको सिद्दिकीले बताइन् ।

कोरोनाको संक्रमण कुनै समुदाय र धर्मसँग भन्दा पनि यो जोसुकैलाई पनि हुन सक्ने र सर्तकता सबैले अपनाउनुपर्नेमा जोड दिइन् । दाङका २१ वटा मस्जिद र मदरसाको अनुगमन गरिएको र त्यहाँ बसेका मौलाना, शिक्षकशिक्षिका लगायतलाई कोरोनाभाइरस संक्रमणको सचेतना दिइएको जानकारी दिए ।

राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको मानवअधिकार अनुगमन समितिका दाङ संयोजक एवं नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले लकडाउनलाई सबैले कार्यान्वयन गर्नुपर्ने बताए ।

‘अब लकडाउन लामो समयसम्म लागू नहुने बताए । तर पनि संक्रमणबाट सुरक्षित र सर्तकता अपनाउनुपर्ने छ’ उनले भने, सामाजिक दूरीलाई ध्यान दिनैपर्छ ।

नेपाल मानवअधिकार संगठनका जिल्ला अध्यक्ष ऋषिराम शर्माले राहत वितरणलाई ब्यवस्थित नगरेका पालिकाहरूमा अतिविपन्न र श्रमिक मजदुर मर्कामा परेको बताए । उनले भने, ‘तरकारी र फलफूल बिक्री गर्न बजार आएका किसानलाई प्रहरी प्रशासनले बिनाकारण दुःख दिने गरेको बताए ।

उपभोग्य वस्तु खरिदका लागि फरक–फरक समयमा फरक–फरक वस्तु बिक्री गर्ने गरी समय निर्धारण गर्दा लकडाउन प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए । कार्यक्रममा संवादका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजीकरण र धन्यवाद ज्ञापन सहजकर्ता सुष्मा गिरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here