- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरपूर्वाधार विकासको काम सुरू

पूर्वाधार विकासको काम सुरू

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २९ बैशाख ।

घोराही उपमहानगरपालिकाले पूर्वाधार निर्माणका काम सुरू गरेको छ । लकडाउनका कारण पूर्वाधार विकास र सामाजिक विकासका कामहरू रोकेको उपमहानगरले पूर्वाधारको कामलाई भने जोखिमरहित ढंगबाट सुरू गरेको हो ।

सडक कालोपत्रे, नाला निर्माण, पैदल मार्ग निर्माण, कल्भर्ट निर्माण र कृत्रिम जलासय निर्माण लगायतका करिब डेढ दर्जन पूर्वाधारका कामहरू यस आर्थिक बर्षमा गर्नुपर्ने उपमहानगरले जनाएको छ ।

कोरोना संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउँदै पूर्वाधार विकासको काम सुरू गरिएको पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले जानकारी दिए । यस आर्थिक वर्षमा गर्नुपर्ने कामहरूको टेण्डर भैसकेको र अब केही योजना मात्रै सम्झौता हुन बाँकी रहेको पूर्वाधार महाशाखाले जनाएको छ ।

यसैक्रममा दामोदर चोकदेखि घोराही चोकसम्मको न्यूरोड दुबैतर्फ कालोपत्रे, नालासँगै पैदल मार्ग बनाउने गरी शनिबारबाट काम सुरू भएको छ ।

थ्रीजी कन्ट्रक्सन प्रालि सल्यानले एक करोड रूपैयाँमा निर्माणको जिम्मा लिएको र शनिबारदेखि निर्माणको काम थालेको हो । मजदुरहरूको आवश्यक सुरक्षा अपनाएर कोरोनासँग बच्दै निर्माणको काम थालिएको कन्ट्रक्सनका सञ्चालन रमेशकुमार मल्लले जानकारी दिए ।

यसैबीच लकडाउनका कारण दाङमा रोकिएको पूर्वाधार विकासका कामहरू सुरू गर्ने निर्णय भएको छ । संकट व्यवस्थापन केन्द्र जिल्लागत संरचनाको शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले चालु आर्थिक बर्षका पूर्वाधार विकासका कामहरू जोखिमरहित ढंगले गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड र व्यक्तिगत दूरी कायम गरी पूर्वाधार निर्माणका कामहरू गर्ने निर्णय भएको छ । नगर र गाउँपालिका स्तरीय योजनाहरूको प्राथमिकीकरण गरि सम्बन्धित स्थानीय तहहरूले नै सञ्चालनको अनुमती र अनुगमन गर्ने भनिएको छ ।

त्यसैगरी, राष्ट्रिय गौरवका र प्रादेशिक योजनाहरूको हकमा भने जिल्ला प्रशासन कार्यालयबाट समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले उक्त योजनाका काममा उपलब्ध भएसम्म स्थानीय कामदारलाई परिचालन गर्ने निर्णय गरेको छ ।

साथै पूर्वाधार विकासको काम गर्दा आवश्यक पर्ने निर्माण सामाग्रीहरू सिमेन्ट, छड, इट्टाहरू खरिदका लागि सातामा बुधबार र शनिबार बिहान ६ देखि १० बजेसम्म पसलहरू खोल्ने निर्णय भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here