- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयस्थानीय उत्पादन र बजार

स्थानीय उत्पादन र बजार

- Advertisement -spot_img

सम्पादकीय

विश्व समुदायलाई आक्रान्त बनाएको कोरोना भाइरसका कारण अहिले सबै आर्थिक गतिविधि ठप्प रहेका छन् । नेपालमा पनि यहि अवस्था छ । लकडाउनका कारण अहिले कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ । बन्दाबन्दीले कृषिजन्यवस्तु उत्पादन कुहिन थालेपछि केही किसान आफैले घर–घरमा पुगेर तरकारी बिक्री गर्र्ने गरेको देखिन्छ ।

किसान आफैले तरकारी बिक्री गर्न थालेपछि उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा तरकारी पाउनु स्वभाविक नै भयो । नेपालीको भान्सामा पनि ताजा तरकारी पाक्न थालेको छ । दाङमा केही युवा आफैले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणमा आफै लागेका छन् ।

केही युवाले किसानको खेतबारीमै उत्पादन भएको तरकारी खरिद गरेर सूपथ मूल्यमा उपभोक्तालाई ताजा तरकारी पु¥याइरहेका छन् । यसले गर्दा कृषिजन्य वस्तुको बजारीकरण अहिलेको अवस्थामा पनि राम्रै हुने आशा गरिएको छ ।

भारतबाट तरकारी आउन छोडेपछि गाउँका कुना कन्दरामा कृषि उत्पादन भइरहेका कृषिजन्य वस्तुको बजारीकरण हुने अपेक्षा गरिएको छ ।

बन्दाबन्दीको बीचमा कतिपय अझै धेरै किसानले आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न पाएका छैनन् । कतिपय किसानले तरकारी घर–घरमा पु¥याउन शुरूवात गरेपनि त्यस्तो अवस्थामा उपभोक्ताले स्थानीय तरकारी हो भनेर विश्वास नगर्दा समस्या भएको छ ।

विभिन्न समस्याका बीच पनि किसानले होम डेलिभरी सेवा दिदा उपभोक्तालाई पनि सहज भएको छ । अहिलेको अवस्थमा स्वदेशमै कृषि उत्पादनलाई बढवा दिन सकिएन भने रोगले भन्दा पनि भोकले मर्ने अवस्था नआउला भन्न सकिन्न ।

यस्तो अवस्थामा देशमा तीनै तहका सरकारले कृषि उत्पादन र बजारीकरणको योजना बनाउनुपर्ने प्रमुख आवश्यकता देखिएको छ । बाँझा रहेका जमिन हराभरा बनाउन सकिएन भने खाद्यान्न उत्पादनमा खडेरी पर्ने देखिन्छ ।

कोरोना भाइरसको यो अवस्थामा स्थानीयस्तरमा देखिएको कृषि कर्म सह्रानीय छ । यसलाई सबैको प्रोत्साहन र सहयोग आवश्यक छ । भारतीय तरकारीको आयातमा पूर्णरूपमा रोक लगाएर स्वदेशमै कृषि उत्पादन बढाउनुपर्ने अवस्था देखिएको छ ।

अहिले गाउँमा फर्किएका युवालाई आधुनिक कृषि व्यवसायमा जोड्न सकियो भने कृषिजन्य वस्तुका लागि भारतलगायत तेस्रो मुलकको भर पर्नुपर्ने अवस्था रहन्न् । नेपालमा अहिले पनि धेरै कृषिजन्य वस्तुको बजारीकरण गरेर उत्पादनमा बढाउन दिन सक्नुपर्छ ।

बजारीकरण हुन नसकिरहेको अवस्थामा स्थानीय उत्पादनको प्रवद्र्धनका लागि सरकारले रणनीति बनाउनुपर्छ । महामारीको संकटपूर्ण अवस्थामा युवाले पनि रोजगार पाउने, बाँझो जग्गा पनि हराभरा हुने, उपभोक्ताले पनि ताजा तरकारी सस्तो मूल्यमा पाउने भएका कारण सरकारको रणनीति अब कृषि क्षेत्रतिर ध्यान जान आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here