- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsस्थानीय तरकारी बजारमा …

स्थानीय तरकारी बजारमा …

- Advertisement -spot_img

जीतसागर जी.एम.
सपना बोहरा
आफै किसान, आफै ब्यापारी
दाङ, २६ बैशाख ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अर्थात् बन्दाबन्दीका कारण किसानले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन थालेको छ । उत्पादनले बजार नपाउँदा किसान समस्यामा परेका छन् ।

लकडाउनकै कारण नागरिकले भने तरकारी पाउन सकेका छैनन् । भारतबाट लुकिछिपी ल्याएको तरकारले बर्चश्व कायम गरेको छ । तर लकडाउनकै बीचमा तरकारी कुहिएर जान थालेपछि दाङमा व्यवसायीक रूपमा तरकारी खेतीमा लागेका रोल्पाका एक युवाले भने आफैले उत्पादन गरेको तरकारीलाई घर–घरमा पु¥याउन थालेका छन् ।

रोल्पाको रूण्टीगढी गाउँपालिका–२ घर भएका महेन्द्र खड्काले आफूले दश बिगाह क्षेत्रफल जग्गामा उत्पादन गरेको तरकारी घर–घरमै पु¥याउन थालेका छन् । ‘बारीमा उत्पादन भएको तरकारी कुहिएर जान थाल्यो,

तर नेपालीको भान्सामा नेपाली तरकारी पाक्न पाएको छैन्, यस्तो अवस्थामा आफैले उत्पादन गरेको तरकारी घर–घरमा पु¥याउन थालेको छु’ उनले भने– ‘यसअघि बिक्री गर्न नपाउँदा करिब २ लाख बराबरको फर्सी त्यसै कुहिएर गयो ।’

भारतीय तरकारीले बर्चश्व कायम गरिरहेको समयमा स्थानीय उत्पादन भनेर नागरिकले विश्वास नगर्ने समस्या हुने गरेको उनले बताए ।

‘भारतको तरकारी हो की भन्छन्, मानिसहरूले’ उनले भने–‘किसान परिचयपत्र भएको भए सहज हुन्थ्यो तर परिचयपत्र नहुँदा मानिसहरूले स्थानीय उत्पादन हो भनेर विश्वास गर्न सकेका छैनन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० मा करिब दश बिगाह क्षेत्रफलमा तरकारी उत्पादन गरेका उनले अहिले लकडाउनको समयमा बजारको भन्दा सस्तो मूल्यमा बिक्री गर्दै आएका छन् ।
सस्तो भाउमा तरकारी घरमै पाउँदा उपभोक्ता पनि खुशी भएका छन् ।

‘स्थानीय उत्पादन भनेर विश्वास गरेपछि त रमाई रमाई किन्ने गर्छन्’ उनले भने– ‘मलाई अहिले नाफा कमाउनुभन्दा पनि उत्पादन खर्च उठाउन पाए हुन्छ भन्ने सोंच छ ।’ आफैले उत्पादन गरेका तरकारी आफै बिक्री गर्न पाउदा आफू पनि खुशी भएको उनको भनाई छ ।

‘होलसेलकै मूल्यमा तरकारी बिक्री गर्न पाउदा खुशी लागेको छ, उपभोक्ता पनि खुशी भएर तरकारी खरिद गर्ने गरेका छन् ।’

उनले टमाटर, फर्सी, काक्रा, भेडेखुर्सानीलगायतका तरकारी उत्पादन गरेका छन् । अहिले घर–घरमा पुगेर तरकारी बिक्री गर्न थालेपछि आम्दानी नभएपनि घाटा खानुपर्दैन कि भन्ने आशामा रहेको बताए ।

व्यावसायीक रूपमा तरकारी खेती थालेका उनले अन्य समयमा तरकारीबाट वार्षिक रूपमा १५ देखि २० लाखसम्म आम्दानी गर्ने गरेका छन् । उनले तरकारी खेतीमै १५ देखि २० जनासम्मलाई रोजगारीसमेत दिदैँ आएका छन् । लकडाउनको समयमा काम गर्ने श्रमिक पाउन समस्या नभएपनि बिक्री गर्न केही असहज भएको उनको भनाइ छ ।

प्रहरीले विभिन्न बहानामा ठाउँ–ठाउँमा दुःख दिने गरेको उनले गुनासो गरे । अहिले बजारमा भन्दा पनि टोल–टोलमा तरकारी बिक्री गरिरहेको उनले बताए ।

‘हामीले टोल–टोलमै पुगेर ताजा तरकारी उपभोक्तालाई पु¥याएका छौँ’ उनले भने– ‘स्थानीय उत्पादन बिक्री गर्नलाई सहज बनाउन स्थानीय सरकारलाई पनि आग्रह गर्दछु ।’

किसानको तरकारी बारीमा कुहिएर जाने उपभोक्ताले भारतीय तरकारी खाने हो भने त कसरी समृद्धि ल्याउन सकिएला र ?’ उनले भने– ‘आर्थिक स्थिति डामाडोलको अवस्थामा भएका समयमा नेपालमा कृषि उत्पादनलाई बढवा दिनुपर्छ,

कृषिबाट मात्रै आर्थिक पाटोलाई माथि उठाउन सकिन्छ ।’ व्यावसायीक रूपमा तरकारी खेती गरेको लामो समय भएपनि अहिलेसम्म कृषिमा पाउने राहत केही पनि नपाएको उनको गुनासो छ । ‘हामीजस्ता वास्तविक किसानले राहत पाउन निकै मुस्किल छ,

जसले कागजमा मिलाउँछ, उसले नै पाउने हो’ उनले भने– ‘हामी जस्ताले आश्वासन मात्रै हो पाउने ? उनले अहिलेको विषम परिस्थितिमा सरकारले किसानका लागि केही अनुदानका कार्यक्रम ल्याउनुपर्ने बताए ।

घर्तीको डोके तरकारी

‘पाँच रूपैयाँ त नाफा खान दिनुस् न । २० रूपैयाँ केजी काक्रा त मैले नै खरिद गरेको हँु’ घोराही डुम्वर गाउँका वीरबहादुर घर्तीले ग्राहकलाई यसरी नै सम्झाउँदै थिए । घर्ती कुनै व्यापारी भने होइनन् । उनको दैनिकी भने ज्याला मजदुरी नै हो ।

तर बन्दाबन्दीको कारण घर निर्माण गर्ने काम ठप्प भएपछि उनी गाउँमा उत्पादन भएका तरकारी तथा फलफूलहरू खरिद गरेर गुजारा चलाउने गर्छन् । ‘बजारमा काम छैन, साँझ बिहान हातमुख जोड्नै प¥यो’ उनले भने ‘गाउँमा गएर काक्रा, भिण्डी, साग, केरा लिएर थोरै नाफा लिएर दैनिकी गुजारेको छु ।’

घर्तीले डोकाका काक्रा, तरकारीहरू बजारमा लगेर बेच्ने गर्छन् । २० देखि ३० रूपैयाँ केजी काक्रा, ६० रूपैयाँदेखि ८० रूपैयाँ दर्जन केरा, पाँच रूपैयाँ मुठा साग, ७० रूपैयाँ केजी भिण्डी, २० रूपैयाँ केजी बन्दागोभी लगायत स्थानीयस्तरमै उत्पादन भएका तरकारी पाउँदा उपभोक्ता पनि दंग छन् ।

त्यस्तै घोराहीकी सुनसरी विक पनि डोकामा खोलेसाग लगेर बेच्छिन । उनले बजारमा एउटा सानो ढेब्ली खोलेर तरकारी र फलफूल व्यापारी गर्थिन् ।

‘बजारमा ढेब्लीमा तरकारी बेच्नै दिन्न प्रहरीले बन्द गर्न लगाउँछन्’ विकले भनिन् ‘जान्या पेशा यही हो, गुजारा त चलाउनै प¥यो ।’ बन्दाबन्दी हुनुभन्दा पहिला घोराहीका ठूला–ठूला व्यापारीकहाँ गएर फलफूल तरकारी लिएर बेच्ने गर्थिन ।

व्यापारीहरूको सल्लाह अनुसार नै प्रतिकेजी पाँच रूपैयाँदेखि १० रूपैयाँसम्म नाफा खाएर बेच्ने गर्थिन् । अहिले उनी घोराही बजारका आसपासमा तरकारी उत्पादन हुने स्थानमा लगभग पुगिसकेकी छन् । उनी दंग छिन् व्यापारीहरूले कति धेरै नाफा खादा रै’छन् भनेर ।

बन्दाबन्दी भएपछि उनी आफै गाउँमा गएर तरकारी र फलफूलहरू लिएर बेच्ने गर्छिन् । ‘केरा किसानवाट ६५ रूपैयाँ दर्जन खरिद गर्छु, ८० रूपैयाँ दर्जन बेच्ने गरेको छु । बन्दाबन्दी भएको ४५ दिन भईसकेको छ । छिमेकी जिल्ला भारतबाट फलफूल र तरकारी कोभिड–१९ को संक्रमित फैलन सक्ने भन्दै भित्रिन दिइएको छैन ।

भारतबाट आउने तरकारी र फलफूल ठप्प भएपछि बल्ल स्थानीयस्तरमा उत्पादन भएका तरकारी र फलफूलहरूले स्थान पाउन थालेका छन् । तरकारी व्यापारीहरूले नै आफै किसान कहाँ पुगेर खरिद गरेर किसान, उपभोक्ता र व्यापारीहरू मारमा नपर्ने गरेर तरकारी बेचिरहेका छन् ।

तर किसानहरूले उत्पादन गरेर दिनभर डोकोमा डुलाएर बेच्न भने सहज र सम्भव भने छैन् । बन्दाबन्दीको कारण बजार क्षेत्रमा तरकारीको अभाव हुँदै गएको छ । डोको तथा छिटुवामा तरकारी पु¥याउन हम्मे–हम्मे भएको छ ।

‘स्थानीयस्तरमा उत्पादन भएको तरकारी पनि त यति सस्तो मूल्यमा नै पाइदो रहेछ’ घोराहीका प्रकाश केसीले भने ।

ताजा फलफूल र तरकारीहरू स्थानीयस्तरमै उत्पादन हुने हुँदा यसलाई स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुलले पनि स्थानीयस्तरमा उत्पादन भएको तरकारीको मूल्य सस्तो भएको मनन् गर्छन् । ‘बन्दाबन्दीमा स्थानीयस्तरमा उत्पादन भएका तरकारी मात्रै बेच्ने गरेका छौं, सस्तो मूल्यमा पाएका छौं’ उनले भने ।

घोराही सब्जीमण्डीमा कृषकहरू आफै आएर आफ्नै मूल्यमा तरकारी बेचेर जाने गरेको उनले बताए । त्यो तरकारी आइतबार, मंगलबार र शुक्रबार बेच्ने गरेको उनको भनाई छ ।

‘बन्दाबन्दी हुनुभन्दा पहिले भारतबाट धेरै तरकारी भित्रिने हुँदा स्थानीयस्तरमा उत्पादन भएका तरकारीहरू ओझेलमा परेको उनले बताए ।

‘बन्दाबन्दीको कारण भारतबाट आउने तरकारी पूर्णरूपमा रोक लगाइएको छ, अहिले उत्पादन भएका तरकारीमा आन्तरिक प्रतिस्पर्धा छ र मूल्यमा पनि सस्तो भएको छ’ उनले भने ।

दाङ चेम्वर्स अफ कमर्शका अध्यक्ष श्रीधर महराले स्थानीय किसान र व्यापारीको मूल्य अनुसार नै तरकारी बिक्री भइरहेको बताए । ‘अहिले तरकारीमा पनि निकै सस्तो भएको छ, यसमा बिचौलिया हाबी भएका छैनन्’ उनले भने ।

‘व्यापारीहरू नै किसानको खेतबारीमा गएर उचित मूल्यमा तरकारी बेच्ने गरेको उनले बताए । ‘अन्य दिनको तुलनामा स्थानीयस्तरमा उत्पादन भएका तरकारी पनि सस्तो मूल्यमा पाइदो रहेछ, यो लकडाउनको अवधिले पुष्टि गर्छ’ उनले भने अब सधै नै यही कामलाई निरन्तरता दिन्छौं ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here