- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsक्याम्प राखेर स्वाव संकलन

क्याम्प राखेर स्वाव संकलन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २८ बैशाख ।

छिमेकी जिल्लाहरूमा कोरोना संक्रमण बढी रहेको अवस्थामा दाङमा शिविर नै सञ्चालन गरेर क्वारेन्टाइनमा बसेकाहरूको पिसिआर टेष्टका लागि स्वाव संकलन गर्न सुरू गरिएको छ । दाङलाई तीन भागमा विभाजन गरेर स्वाव संकलन शिविर सुरू भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा स्थानीय पालिकाहरूको समन्वय र नेपाली सेनाको प्राविधिक सहयोगमा स्वाव संकलन गर्न थालिएको हो । पहिलो पटक क्षेत्रगत रूपमा स्वाव संकलन सुरू गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले बताइन् ।

तुलसीपुर पश्चिम, घोराही र देउखुरी क्षेत्रमा गरेर स्वाव संकलन गरिने बताइन् । उनले पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन रक्षाचौरबाट स्वाव संकलन सुरू भएको छ ।

जोखिम क्षेत्रबाट आएका, क्वारेन्टाइनमा बसेका, तेस्रो मुलुकबाट प्रवेश गरेकाहरूलाई पहिलो चरणमा स्वाव लिइने र पिसिआर टेष्ट गरिने पौडेलले बताइन् ।

शनिबार तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरूको र धर्म गुरूहरूको स्वाव संकलन गरिएको छ । तुलसीपुरबाट एक सयजनाको स्वाव संकलन गरिएको छ ।

जिल्लामा आशंका गरिएकाहरूको मात्रै पिसिआर टेष्ट गरिदै आएको थियो । त्यस्तो आशंकामा रहेका र कोरोना विशेष अस्पतालमा भर्ना भएकाहरूको मात्रै लिदै आइएको पिसिआर परिक्षण विस्तार गरिन थालेको यसको दायरा बढाइने प्रमुख पौडेलले बताइन् । आरडिटी किटबाट कोरोना परिक्षण गर्र्दै आएका क्वारेन्टाइनहरूले अब पिसिआर नै गराउने छन् ।

आरडिटीभन्दा प्रभावकारी पिसिआर हुने भएकाले यो परिक्षण आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए । ‘अहिले क्वारेन्टाइनमा बसेकाहरू कोरोनाको प्रभावित क्षेत्रबाट आएकाहरू छन्’,

उनले भने, ‘नेपालगंज, वीरगञ्ज, बारा, भारतबाट आएकाहरू रहेका छन् । यो रिक्स समूह पनि हो ।’ शान्तिनगरका स्वास्थ्य शाखा प्रमुख

हरिबहादुर पुनले पालिकाको क्वारेन्टाइनमा बसेकाहरू १० जनाको स्वाव संकलन गरिएको बताए । अहिलेसम्म दाङका १ सय ९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

आइतबार देउखुरी क्षेत्रमा स्वाव संकलन हुनेछ भने घोराही र बंगलाचुलीको स्वाव संकलन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here