- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमहामारी अन्त्यपछि आन्तरिक पर्यटन

महामारी अन्त्यपछि आन्तरिक पर्यटन

- Advertisement -spot_img

कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । अहिले पर्यटन क्षेत्रका कैयौँ श्रमिक बेरोजगार हुनुपरेको छ । कोरोनाको प्रभावले धेरै देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको छ ।
नेपालमा करिब १० लाख मानिस पर्यटन क्षेत्रबाट रोजगार भएका छन् । पर्यटन क्षेत्र प्रभावित भएपछि नेपाल र भारतले आपसी सहकार्य र समन्वयको तयारी सुरू गरेका छन् । यसबाट नेपालको पर्यटनको अवस्था छिट्टै यथा स्थानमा आउने सम्भावना बढ्दै गएको छ ।
पर्यटन क्षेत्रमा अहिले होटल व्यवसाय ठप्प भएको छ । नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टेलगायत सबै होटलहरू पूर्णरूपमा बन्द भएका छन् । यसबाहेक होमस्टे, पर्यटकस्तरका होटलहरू सबै ठप्प भएका छन् । खासगरी वाह्य पर्यटकहरूका लागि तारे होटल, होमस्टे एवं रिसोर्टहरूका ग्राहक पर्यटक हुन् ।
तर लकडाउनमा भएपछि सबै हवाई उडानहरू स्थगित भएको र मानिसहरूको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अरबौंको नोक्सानी भएको छ । होटल व्यवसायमा नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने भएको छ । होटल व्यवसायीहरू लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ ।
कोरोनाभाइरसको अहिलेको महामारीभन्दा पनि ठूलो महामारी स्पेनिश फ्लू थियो । सन् १९१८ देखि १९२० को महामारी फ्लूले विश्वको जनसंख्याको एक तिहाइ मानिसहरूको मृत्यु गरायो ।
त्यसबेला विश्वको जनसख्या १.८ अर्ब थियो । पहिलो विश्वयुद्ध सकिदै गर्दा स्पेनिश फ्लू भाइरस फैलिएको थियो । तर महामारीले पहिलो विश्वयुद्धमा मारिएका भन्दा धेरै मानिसको ज्यान लियो ।
जुन महामारीलाई मदर अफ अल प्यान्डेमिक अर्थात् सबै महामारीको आमा भन्ने गरिएको छ । स्पेनिश फ्लूको महामारी भएको एक सय वर्ष भयो ।
त्यसपछि पनि साना ठूला महामारी समाधान हुँदै गयो । कोरोनाभाइरसको अहिलेको महामारीले सबैलाई त्रास बनाएको छ । सबै ब्यवसाय चौपट भएको छ ।
पर्यटन ब्यवसायमा लागेका मानिसहरू झन आत्तिएका छन् । अब यो ब्यवसाय के होला ? हिजोको जस्तो के अब लकडाउन फिर्ता भएपछि नेपालमा वाह्य पर्यटकहरू आउलान् ?
पर्यटन ब्यवसायीहरू पुनः आफ्नो ब्यवसायमा फर्कन सक्लान् ? यस्ता प्रश्नहरू सबैको मनमा उब्जिन थालेको छ । अहिलेसम्मको महामारीको इतिहास अध्ययन गर्ने हो भने महामारीपछिका दिनमा धेरै कुरा परिवर्तन भएका छन् । राजनीति,
आर्थिक र सामाजिक कुरा त छदैछ, मानिसले गरिरहेका ब्यवसाय पनि परिवर्तन भएका छन् । अहिलेको कोरोनाभाइरसको महामारीले विश्वलाईनै त्रास बनाएको छ ।
महत्वपूर्ण कुरा के हो भने, महामारीले जनजीवन अस्तव्यस्त पारेको हो । अस्तब्यस्त जीवनले मानवीय जीवनका हरेक पक्षलाई असर पारेकै हुन्छ । जब मानवीय जीवन सही मार्गमा आउँछ, तत्काल नै मानिसलाई घुमफिर र मनोरञ्जन आवश्यक पर्दछ ।
महामारीको अन्त्यपछि मानिस अहिले जसरी लकडाउनमा बस्नै सक्दैन । मानिसहरू घुमफिरमा निस्कन सुरू गर्दछन् । त्यसैले पर्यटनमा महामारीको प्रभाव हराउँदै जान्छ ।
प्रत्येक बर्ष घुमफिरमा रमाउने वाह्य पर्यटकहरू महामारीको अन्त्यपछि घुमफिर गर्न नेपाल नआउलान् । तर आन्तरिक पर्यटनलाई यसले रोक्दैन । मानिस किन घुमफिरमा रमाउँछ ? भन्ने कुरा मनोविज्ञानमा आधारित हुन्छ ।
मानिस रमाउनको लागिने पैसा खर्च गर्दछ र घुमफिरमा रमाउँछ । पर्यटन मानवीय गुणको चालसम्बन्धी नियमसँग सम्बन्धित मनोवैज्ञानिक विषयवस्तु हो । शाब्दिक रूपमा ‘पर्या+टन’ मिलेर पर्यटन बनेको हुन्छ । ‘पर्या’ भन्नाले जैविक वातावरण र ‘टन’ भन्नाले घुमफिर भन्ने बुझिन्छ । यसैगरी पर्यटन, तीर्थाटन, देशाटनजस्ता शब्द पनि पर्यटनसँग जोडिएका छन् ।
आन्तरिक पर्यटनका लागि नेपालमा के छैन ? समृद्ध इतिहास, कला, संस्कार संस्कृति, मनमोहक प्रकृति, स्वच्छ हावापानीको भूगोल छ । हो हिजोको जस्तै वाह्यपर्यटक महामारीको अन्त्यपछि नेपालमा नआउन सक्छन् ।
अहिले तेस्रो मुलुकका पर्यटकहरू नेपालमा घुमफिरको लागि अब कम्तीमा पनि २ देखि ४ वर्षको समय लाग्न सक्दछ । अब केही समय विगतमा जस्तो ठूलो समूहमा वाह्य पर्यटक घुमफिरमा नेपाल आउने सम्भावना नरहला तर भारतीय पर्यटक र चिनियाँ पर्यटकहरू भने यो महामारीको अन्त्यपछि विस्तारै उनीहरू आउँछन् ।
किनकी यी दुई मुलुकका पर्यटकहरूको सम्बन्ध केवल पर्यटनसँग मात्र जोडिएको छैन । नेपालमा उनीहरूको तीर्थाटन गर्ने स्थलहरू छन् ।
उनीहरूको ब्यापारीक सम्बन्ध छ । कयौँ भारतीयहरूको पारिवारिक सम्बन्धसमेत नेपालसँग रहेको छ । जुन कारणले गर्दा अबको पर्यटनको क्षेत्रमा घुमफिरको लागि भारत र चीनका पर्यटकहरू नेपालमा आउँछन् ।
ती पर्यटकहरूलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । तर पनि हाम्रो पर्यटन अब आन्तरिक पर्यटन नै हो ।
त्यसैले महामारीको अन्त्यपछि सरकार र पर्यटन ब्यवसायीको पहिलो काम आन्तरिक पर्यटकलाई कसरी प्रवद्र्धन गर्ने कुरामा केन्द्रित हुनुपर्दछ ? त्यसका लागि आन्तरिक पर्यटनको नीति नै बनाएर घुमफिरको कार्ययोजना ल्याउनुपर्दछ ।
नेपालमा आन्तरिक पर्यटनको सम्भावना निकै राम्रो छ । नेपालमा सन् १९९८ को भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटन सुरूवात भएको हो । त्यो समयमा विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुमफिरको लागि निस्कने नेपाली पनि बढेका थिए ।
पछिल्लो समय भएका महोत्सवले पनि आन्तरिक पर्यटनको संख्या बढेको थियो । नेपालमा आनतरिक पर्यटनको विकास गर्न ग्रामीण क्षेत्रको आर्थिक विकाससम्बन्धी योजनाहरू राज्यले ल्याउनु पर्दछ ।

त्यसका लागि खासगरेर कृषिको आधुनिकीकरण र सहकारितामा जोड दिनुपर्दछ । ग्रामीण क्षेत्रमा धेरै मानिस घुमफिर गर्न जाँदैमा पर्यटनको विकास भने हुँदैन । पर्यटक र अवलोकनकर्ताबीच धेरै फरक छ । ग्रामीण क्षेत्रमा पर्यटकीय सम्पदाको भ्रमण गर्दा पैसा खर्च गर्ने व्यक्तिलाई ‘पर्यटक’ मान्न सकिन्छ भने भ्रमण मात्र गर्ने तर पैसा खर्च नगर्नेलाई ‘अवलोकनकर्ता’ मात्र मानिन्छ ।
आन्तरिक पर्यटकहरू ग्रामीण क्षेत्रमा घुमफिर गर्दा पैसा खर्च गर्ने भन्दा पनि अवलोकर्ता बढी देखिन्छन् ।
अब अवलोकनकर्तालाई पर्यटकका रूपमा रूपान्तरण गर्न ग्रामीण क्षेत्रमा उत्पादन वा अन्य सेवा सुविधा विस्तार गर्नुपर्दछ । पर्यटकले खर्च गर्न रूचि देखाउन गाउँघरमा कृषि र अन्य हस्तकलाका सामानहरू उत्पादन गर्नुपर्दछ ।
किनकी पर्यटकहरू गाउँमा पुग्दा कुनैपनि वस्तु घरमा फर्कदा चिनो स्वरूप उसले खरिद गर्न खोज्दछ । अब आन्तरिक पर्यटनको विकास गर्न ग्रामीण क्षेत्रमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनुपर्दछ ।
गाउँमा पर्यटनको विकास गर्न कृषि क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानीय सरकारबाट हुनुपर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिनप्रतिदिन युवा विदेश पलायन हुने अवस्थालाई कृषि र पर्यटन ब्यवसायले रोक्न सक्दछ ।
कृषिलाई ब्यवसाय बनाउने मानिसहरूलाई सम्मान दिन सक्नुपर्दछ । अर्कोतर्फ सहजरूपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त गर्ने अवस्था हुनुपर्दछ । पछिल्लो समय आन्तरिक पर्यटकहरूको मुख्य गन्तव्य ग्रामीण क्षेत्रमा हुने गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नको लागि अहिले ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालनमा आएका छन् ।
ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकहरूलाई होमस्टेले आकर्षण गराएको छ । पर्यटनको क्षेत्रमा सबैभन्दा पहिले नेपालीले नै आफ्नो देशलाई चिन्नुपर्छ, त्यसपछि मात्र अरूलाई चिनाउन सकिन्छ ।
विदेशीको मात्र भर परेर पर्यटन विकास हुँदैन । अब आन्तरिक पर्यटकलाई नै लक्षित गरेर पर्यटन विकासको प्याकेज बन्नु पर्दछ ।

पछिल्लो समय आन्तरिक पर्यटकहरूको मुख्य गन्तव्य ग्रामीण क्षेत्रमा हुने गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नको लागि अहिले ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालनमा आएका छन् । ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकहरूलाई होमस्टेले आकर्षण गराएको छ । पर्यटनको क्षेत्रमा सबैभन्दा पहिले नेपालीले नै आफ्नो देशलाई चिन्नुपर्छ, त्यसपछि मात्र अरूलाई चिनाउन सकिन्छ । विदेशीको मात्र भर परेर पर्यटन विकास हुँदैन । अब आन्तरिक पर्यटकलाई नै लक्षित गरेर पर्यटन विकासको प्याकेज बन्नुपर्दछ ।


नेपालको आन्तरिक पर्यटन एक ठाउँबाट अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । हिमाली क्षेत्रका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्ने र तराईका मानिस व्यापारका लागि पहाड जाने पुरानो चलन हो ।
घरमा पुग्ने पाहुना देउता हुन् उनीहरूसँग पैसा लिनुहँुदैन भनेर आन्तरिक पर्यटन हँुदैन । पर्यटन सित्तैमा हुने कुरा होइन ।
कुनै आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न हजाराँै खर्च गर्ने पर्यटकले जनजातिहरूको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ । पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो ।
यसको लागि पर्यटकले पैसा खर्च गर्दछ । जुन कारणले ग्रामीण क्षेत्रमा आर्थिक उन्नती हुँदै जान्छ । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले फड्को मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउन सबैभन्दा पहिले आन्तरिक पर्यटनको विकास गर्न जरूरी छ ।
परम्परागत पेशाले अब आर्थिक उन्नती हुन सक्दैन । आर्थिक उन्नतीका लागि नयाँ–नयाँ क्षेत्रको खोजी गर्नुपर्ने भएको छ । अहिलेको नयाँ खोजी भनेकै आन्तरिक पर्यटन र कृषि ब्यवसाय हो । नेपालमा आनतरिक पर्यटकहरूलाई घुमफिर गर्ने धेरै स्थलहरू छन् ।
ग्रामीण क्षेत्रमा रहेका वनजंगल, पहाड र गुफाहरू अब पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय सम्पदा बन्न पुगेका छन् । जनजातिहरूमा रहेका संस्कार, संस्कृति अब आन्तरिक पर्यटकहरूका लागि सामाजिक अनुसन्धानका विषय बनेका छन् ।
मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जे सुकै कुरामा होस् । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाउँदछन् ।
यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउँछ । घुमफिरले संस्कृति, रितिरिवाज, परम्परा, रहनसहन मात्र होइन जैविक विविधताको समेत अध्ययन हुन्छ ।
यो बाहेक घुमफिरबाट पर्यटकको रूचिअनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिकस्थलहरूको पनि अध्ययन एवं अनुसन्धान गर्न सकिन्छ ।
नेपालको प्राकृतिक सौन्दर्यता, साँस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यता आफैमा लुकेको छ । लुकेमा प्राकृतिक सम्पदाहरूको प्रचारप्रसार गरेर आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्नुपर्दछ ।
प्राकृतिक छाँगा, छहरा, झरना, ताल–तलैया, मठ–मन्दिर, गुराँसे मैदानजस्ता प्राकृतिक वातावरणसँग जोडिएका सम्पदाको संरक्षण गर्नुपर्दछ ।
ग्रामीण क्षेत्रमा अनगिन्ती पर्यटकीय सम्भावना भएका भर्जिन गन्तव्यहरू प्रचारप्रसारको पर्खाइमा बसिरहेका छन् । अनेकौ साँस्कृतिक तथा धार्मिक सम्पदा र तीर्थस्थलहरू संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन् ।
त्यस्ता भर्जिन गन्तव्यहरूमा आवश्यक पूर्वाधार तथा सूचना प्रविधिको विकास गर्नुपर्दछ । यस्ता गन्तव्य, धार्मिक तथा साँस्कृतिक महत्वका विविध पक्षका खोज गरी अब आन्तरिक पर्यटकहरूलाई ती स्थानमा घुमफिर गराउनुपर्दछ ।
पछिल्लो समय आन्तरिक पर्यटनको विकासको लागि धेरै स्थानीय तहहरूले होमस्टे सञ्चालन गर्नका लागि कुरा उठाए पनि ३८ जिल्लाका पर्यटकीय गाउँहरूमा होमस्टे सञ्चालनमा आएका छन् । ती गाउँमा सञ्चालनमा आएका होमस्टेमा बस्ने बाह्य पर्यटकहरूभन्दा बढी आन्तरिक पर्यटकहरू बस्ने गर्दछन् ।
होमस्टे सञ्चालनमा आएका गण्डकी प्रदेशका स्याङ्जा, कास्की, म्याग्दी, लमजुङ र तनहुलगायतका जिल्लाहरूका होमस्टे लकडाउन हुनुभन्दा पहिले आन्तरिक पर्यटकहरूले धानेका थिए । तराईका जिल्लाहरूमा पनि पूर्वी नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका होमस्टे पनि बाह्य पर्यटकहरू भन्दा धेरै आन्तरिक पर्यटकहरूले भरिएका हुन्छन् ।
यसको कारण के हो ? भने वाह्य पर्यटकहरू सुविधाजनक होटल नभएको खण्डमा मात्र होमस्टेको खोजी गर्दछन् भने आन्तरिक पर्यटकहरू कम खर्चमा बास र खानाको ब्यवस्थाको खोजीमा होमस्टेमा पुग्दछन् ।
नेपालमा पहिलो पटक होमस्टे सञ्चालन गर्ने जिल्ला हो स्याङ्जा । स्याङ्जाको सिरूवारी होमस्टेको उद्गमथलोको रूपमा परिचित छ । होमस्टेको पर्यटकीय अवधारणा नेपालमा मात्रै हैन अमेरिकालगायतका मुलुकमा पनि अगाडी बढेको पाइन्छ ।
अमेरिका, अष्ट्रेलिया, यूरोपलगायतका शक्तिशाली देशहरूमा व्यापार र मनोरञ्जनको उद्देश्यले आन्तरिक पर्यटनका गतिविधि भएका देखिन्छन् ।
यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरूमा व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि होमस्टे सुरू गरिएका छन् । यस्तै छिमेकी देश भारत र चीनमा पनि होमस्टे सञ्चालनमा छन् ।
अहिले होमस्टे सुविधा भएका गाउँ घुमफिर गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे साँस्कृतिक संगठनका रूपमा प्रचलित अंग्रेजी शब्द हो ।
जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको घुमफिरमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घर–घरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here