- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsतुलसीपुर खानेपानीको महसुल छुट

तुलसीपुर खानेपानीको महसुल छुट

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २८ बैशाख ।

दाङको तुलसीपुरमा रहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्ताले तिर्दै आएको खानेपानी महसुल छुट गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भइरहेको मध्यनजर गर्दै लकडाउन अवधिको एक महिनाको खानेपानी महसुल छुट दिएको संस्थाका अध्यक्ष खेमराज वलीले बताए । यो रकम झण्डै १२ लाख हुन आउँछ ।

संस्थाको बैशाख २५ गते बसेको बैठकले लकडाउनका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै एक महिनाको महसुल छुट दिने निर्णय गरेको छ ।

चैत महिनाको न्यूनतम शुल्क छुट गर्ने निर्णय गरिएको र न्यूनतमभन्दा बढी महसुल आउने उपभोक्ताले भने बढी आएको महसुल रकम तिर्नुपर्ने सचिव मनोज लामिछानेले बताए । संस्थाका आठ हजार उपभोक्तालाई एक महिनाको न्यूनमत महसुल छुट दिने निर्णय गरिएसँगै संस्थालाई १२ रूपैयाँ मासिक व्ययभार पर्नेछ ।

लकडाउन लम्बिदा आम्दानीका सबै स्रोत बन्द भएको र उपभोक्तामा आर्थिक भार परेको कुरालाई मध्यनजर गरी महसुल छुटको निर्णय गरिएको उनले बताए ।

तुलसीपुर खानेपानीमा रहेका आठ हजार उपभोक्ताहरूमध्ये १ सय ५० संस्थागत र ७ हजार ८ सय ५० ब्यक्तिगत धारा रहेका छन् । संस्थागतको मासिक न्यूनमत महसुल ३ सय ५० र ब्यक्तिगत खानेपानी महसुल १ सय ५० रहेको छ ।

हरेक उपभोक्तालाई एक महिनाको न्यूनतम शुल्क छुट दिँदा पनि संस्थालाई १२ लाख रूपैयाँ बढी व्ययभार थपिने कोषाध्यक्ष सिताराम शर्मा आचार्यले बताए ।

बैठकले लकडाउन अवधिभरको विलम्व (जरिवाना) शुल्क छुट दिने पनि निर्णय गरेको सचिव मनोज लामिछानेले जानकारी दिए । खानेपानी संस्थाको यो निर्णयले ८ हजार उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभाम्वित भएका छन् । खानेपानीले उपभोक्ताहरूको सहजताका लागि गत वर्षबाट डिजिटल भुक्तानीको समेत व्यवस्था गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here