- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरप्रतिनिधि मण्डल भेटघाटमा

प्रतिनिधि मण्डल भेटघाटमा

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २८ बैशाख ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बृहत्तर विकासका लागि काठमाडौं पुगेको एक प्रतिनिधि मण्डलले भेटघाटलाई तिब्र पारेको छ ।

नेकपाका समानुपातिक सभासदका उम्मेदवार तथा नेपाल निर्माण ब्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष बलिभद्र राना र नेकपा रोल्पाका युवा नेता कुमार दसौदीको अगुवाईमा प्रतिष्ठानको समग्र विकासका लागि कुनै पनि राजनीतिक पूर्वाग्राही नराखेर सहयोग गर्न आग्रह गर्दै शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर भेटघाट गरेको भेटघाटमा सहभागी अधिवक्ता निकेशकुमाल लम्सालले बताए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेको डेलिगेसन टोलीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई भेटेर प्रतिष्ठानको विकासका लागि र कोरोनाको महामारी रोकथामका लागि सरकारले दिने बजेट कुनै कञ्जुस्याई नगरी प्रदान गरिदिन आग्रह गरेको थियो ।

प्रतिष्ठानले कोभिड–१९ विरूद्ध गरिरहेको तयारी र प्रतिष्ठानको समग्र हितका लागि बजेट दिई सहयोग गर्न राज्यमन्त्रीलाई आग्रह गरेको डेलिगेसनको नेतृत्व गरेर काठमाडौं गएका बलिभद्र रानाले बताए ।

रानाले स्वास्थ्य मन्त्री र राज्यमन्त्री दुबै प्रतिष्ठानलाई बजेट दिन सकारात्मक रहेको र आगामी बजेटमा प्रतिष्ठानलाई उच्च महत्व दिने प्रतिवद्धता जनाएको जानकारी दिए ।

आफूहरूले स्वास्थ्य मन्त्री, राज्यमन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव सबैसँग मन्त्रालयमा बसेर बजेट रोकेर दंगालीलाई स्वास्थ्य सेवाबाट बञ्चित गराउने काम नगरी दिनुहुन आग्रह गरेको बताए ।

प्रतिष्ठानमा किट अभाव रहेको भन्दै किट पर्याप्त ब्यवस्था गरिदिन स्वास्थ्य मन्त्री र राज्यमन्त्रीलाई आग्रह गरेको र त्यो तत्कालै ब्यवस्थापन गरिदिने प्रतिवद्धता जनाएको उनले बताए । दाङकै केही नेता र ब्यक्तिले मन्त्रालयमा गलत रिर्पोटिङ गरेकै कारण समस्या भएको र अब त्यस्तो समस्या नहुने रानाले बताए ।

डेलिगेसन टोलीले चिकित्सक प्रतिष्ठानमा थपिदिन र स्वास्थ्य मन्त्रालयमा काजमा राखिएको मानसिक रोग विशेषज्ञ कोरोनाको महामारीको बेला चाहिने बेला नहुँदा यहाँका जनताले दुःख पाएको भन्दै तत्काल ब्यवस्था गरिदिन माग गरिएको नेकपाका युवा नेता कुमार दसौदीले बताए ।

डेलिगेसन टोलीमा नेपाल उवामहासंघका केन्द्रीय सदस्य धु्रवराज श्रेष्ठ भारी, दाङ जिल्ला उवासंघका अध्यक्ष नारायण भुसाल, विष्णु गुप्तालगायतका रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here