- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचररोटरी क्लवको गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

रोटरी क्लवको गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

- Advertisement -spot_img

प्रदेश टुडे
बैशाख २८, तुलसीपुर ।

विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमका बिच फ्रन्ट लाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै रोटरी क्लव अफ तुलसीपुर सिटीले दाङका तीनवटा गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

तीन चरणमा आयोजित एक अनौपचारिक कार्यक्रममा क्लवका अध्यक्ष देवबहादुर केसीले बबई गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरि खड्का, त्यसैगरी दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी तथा शान्तिनगर गाउँपालिकाका कार्यकारी प्रमुख नर बहादुर विश्वकर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

क्लवको कार्यालयमा वितरण गरिएको उक्त सामाग्रीमा प्रत्येक पालिकालाई उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान र साबुन १ सय ४४ थान रहेको क्लवका पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले जानकारी दिए ।

वितरित सुरक्षा सामाग्री ग्रहण गर्दै तीनवटै पालिकाका प्रतिनिधिहरूले स्थानीय निकायलाई विभिन्न संघ संस्थाहरूले सबै तहबाट सहयोग गरेकाले सहज भएको भन्दै सहयोगी मनहरूप्रति आभार प्रकट गरेका थिएन ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विमल रिजालले महामारीको रूपमा फैलिएको कोरोना रोकथाम गर्नका लागि संघसंस्थाहरू पनि जिम्मेवार भएर लाग्नुपर्छ भन्ने उद्देश्यले स्थानीय तहलाई सहयोग स्वरूप स्वास्थ्य सामाग्री उपलब्ध गराउने रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान र रोटरी क्लव अफ धुलिखेललाई धन्यवाद दिए । उक्त कार्यक्रममा क्लवका पूर्वअध्यक्ष विजय केसी, वीरबहादुर रावत, उपाध्यक्ष विनिल केसीलगायतको सहभागिता रहेका थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here