- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरटोलमा निगरानी समूह

टोलमा निगरानी समूह

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २८ बैशाख ।

घोराही उपमहानगरपालिकाले कोरोना संक्रमण फैलन नदिन टोलस्तरमा नागरिक निगरानी स्वयम्सेवक समूह गठन गर्ने भएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विभिन्न जिल्ला र भारतबाट आउनेहरूमाथि निगरानी बढाउन प्रत्येक टोलमा नागरिक निगरानी स्वयम्सेवक समूह गठन गर्ने निर्णय गरेको हो ।

दाङको छिमेकी जिल्लाहरू बाँके, कपिलवस्तु र रूपन्देहीमा कोरोना संक्रमित भेटिएपछि घोराही उपमहानगरले वडास्तरमा उक्त स्वयम्सेवक समूह गठन गर्ने तयारी गरेको हो । विभिन्न सवारीका साधन र पैदल यात्रामा बाहिरबाट आउने नागरिकहरूमाथि निगरानी राख्ने गरी वडा कार्यालयले प्रहरी रोहवरमा टोल विकास संस्थाहरूलाई परिचालन गर्ने भएको छ ।

त्यसरी परिचालन हुने स्वयम्सेवकहरूले बाहिरबाट आउने व्यक्तिहरूलाई फेला पारे सोधपुछ र क्वारेन्टाइनमा पु¥याउन सघाउने छन् । नगर प्रमुख नरूलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विषेश गरी कुइरेपानी, घोराही, नारायणपुर सडक क्षेत्रमा निगरानी बढाउने निर्णय गरेको छ ।

जसअन्तर्गत वडा नम्बर ३, ४, १०, ११, १४, १५, १६ र १७ मुख्य सडकसँग छोएका कारण ति क्षेत्रमा स्वयम्सेवकहरू परिचालन हुने भएका छन् । बाहिरबाटै आउने व्यक्तिहरूबाट जोखिम देखिएकाले त्यसतर्फ कडाई गर्न लागेको नगर प्रमुख चौधरीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here