- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरराप्तीमा छजना होम क्वारेन्टाइनमा

राप्तीमा छजना होम क्वारेन्टाइनमा

- Advertisement -spot_img

प्रदेश टुडे
मसुरिया (देउखुरी), २८ बैशाख ।

कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएपछि राप्ती गाउँपालिकाका छजनालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । छिमेकी मुलुक भारतबाट घर फर्किएका राप्ती गाउँपालिका वडा नं. ९ का छजना युवाहरूको कोरोना रहे नरहेको चेकजाँच गर्दा कोरोना संक्रमण नरहेको पाइएको हो ।

राप्ती गाउँपालिका वडा नं. ९ का ३२, १८, १९, ३४, १९ र २३ वर्षका ती युवाहरू मजदुरी गरी घर फर्किएका थिए । छजना मध्ये चारजना बुधबार र दुईजना बिहीबार राप्ती गाउँपालिका आइपुगेका थिए ।

युवाहरूका अनुसार भारतबाट कृष्णनगर बोर्डरसम्म साइकलमा त्यसपछि कृष्णनगरबाट चन्द्रौटासम्म पैदल यात्रा र चन्द्रौटाबाट राप्ती गाउँपालिकासम्म गाडीमा आएका थिए ।

राप्ती गाउँपालिका वडा नं. ९ देवीकोटका छजना युवाहरूलाई गाउँ आउन लागेको थाहा पाएपछि वडा कार्यालय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र गाउँलेहरूले सम्झाई बुझाई लालमटियास्थित ऐरावती बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

वडा नं. ९ का ति युवाहरूलाई बिहीबार पिसिआर परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको थियो । स्वाव परिक्षणपछि उनीहरूको रिपोर्ट नेगेटिभ आएकोले घरमा गई होम क्वारेन्टाइनमा बस्ने गरी शनिबार बिदा गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here