- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयश्रमिकका समस्या

श्रमिकका समस्या

- Advertisement -spot_img

सम्पादकीय

कोभिड–१९को महामारीका कारण लकडाउनको समय लम्बिदै गइरहेको छ । लकडाउनको समय लम्बिदै जाँदा त्यसको प्रत्यक्ष मारमा मजदुर र श्रमिकरू परेका छन् । नियमित रूपमा काममा जान नसक्दा श्रमिकको दैनिकी कष्टकर बन्दै गएको छ ।

बन्दाबन्दीले श्रमिकका रोजीरोटी पनि बन्द छन् यो अझै लम्बिने हो हो भने उनीहरूमा हातमुख जोड्नसमेत समस्या हुने देखिन्छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लम्ब्याउँदै लगेपनि श्रमिकको हितका लागि केही प्याकेजहरू आएको देखिदैन । न त उनीहरूको समस्यामा गम्भीर नै भएको देखिन्छ ।

श्रमिकहरू रोगले भन्दा पनि भोकले मर्ने चिन्तामा बढी छ । सरकारले राहतका कार्यक्रम ल्याएपनि वास्तविकसम्म राहत पनि पुग्न सकेको छैन् । वास्तविक मजदुरहरू जो आवाजविहीन छन्, उनीहरूको आवाज सुन्ने प्रतिनिधि कम छन् । सुनेकाले पूरा गर्न सक्ने अवस्था पनि छैन, राज्यले सुन्दैन । वास्तविक श्रमिक भोकभोकै बस्नुपर्ने बाध्यता आउन दिनु हुँदैन ।

आफूलाई पर्दा खोज्ने र श्रमिकलाई पर्दा बेवास्ता गर्ने चलन नै बनेको छ । चुनावका समयमा एक घर पनि नछोडी घर–घर पुग्ने नेताहरू अहिले गुमनामजस्तै छन् । अनि राहत पाउनबाट वास्तविक श्रमिक छुटेको नेतृत्वलाई पत्तै छैन् । हुन त पत्रकारको फोन नउठाउने जनप्रतिनिधिले जनताका समस्या कसरी उठाउन सक्थे र ?

अनि श्रमिकको हकहितका लागि खोलिएका श्रम संगठनहरूका नेतृत्व पनि सुतेको देखिन्छ । श्रम संगठन यस्तो आपतको समयमा पनि श्रमिकको हकहितका लागि केही बोलेको सुनिदैन् । आफूहरू नेतृत्वमा आउँदा श्रमिकलाई हारगुहार गर्ने संघ संगठनका नेतृत्व अहिले ति श्रमिक हारगुहार गर्ने समयमा गुमनाम बनेका छन् ।

श्रमिकको समस्याबारे अहिलेसम्म न सरकार, न श्रमिक संघ, संगठन कोहि पनि गम्भीर बन्न सकिरहेका छैनन् । अहिले उद्योग कलकारखानामा काम गर्ने श्रमिकदेखि होटल, यातायातलगायत विकास निर्माणका काम लाग्ने मजदुर समस्यामा छन् ।

उद्योगी तथा व्यवसायीले अब श्रमिक कहिल्यै चाहिदैन् कि जस्तो गरिरहेका छन् । श्रमिकको हकहितका लागि बोली दिने कोहि पनि छैन् । मालिक नै मौन हुँदा बढी समस्यामा श्रमिक छन् ।

भोकले मर्ने अवस्था आउन नदिनका लागि सरकार र सम्बन्धित उद्योगी, व्यवसायी गम्भीर बन्नुपर्छ । यतिबेला नाफा नोक्सानभन्दा पनि मानवीय समवेदना महत्वपूर्ण हुन्छ ।

देशको मुहार फेर्नलाई अमूल्य योगदान गर्ने श्रमिकका लागि सरकारले विषेश किसिमको प्याकेज ल्याउनुपर्छ । अहिले केही स्थानीय सरकारले देखिएको समस्यालाई मध्यनजर गरी श्रममा आधारित योजना ल्याएको देखिन्छ ।

होटल व्यवसाय, यातायात क्षेत्र र विभिन्न उद्योगमा कार्यरत मजदुरहरूलाई दिइदै आएको सुविधा रोक्नु हुन्न । यो समय नाफा, घाटाको भन्दा पनि मानवीय अस्तित्व जोगाउने मूख्य चुनौती हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here