- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsतिमी नेता, अनि म जनता

तिमी नेता, अनि म जनता

- Advertisement -spot_img

माफ गर मलाई,
म तिम्रो बफादार भईन,
तिम्रा हरेक काला कर्तुतमा,
कालो पर्दा लगाई,
सबै ठिक छ भनी,
आखाँ चिम्लने साहस म मा छैन,
मेरै घर छेउबाट तिम्रा भरौटेहरु,
तिम्रै गुनगाउ गाउँदै,
तिम्रो मण्डलीको झन्डा बोकेर,
तिम्रै पछि लाग्दा,
नेपाल आमालाई बिर्सी,
चन्द्र सूर्य त्याग्न सकिन मैले ।
जनआन्दोलनमा तिम्रै पछि लागि,
गोली थाप्ने मेरा जिउँदाको जन्ती र मर्दाको मलामी,
जीवन मरणमा पुग्दा पनि,
तिम्रो चिल्लो गाडी,
उसको घर अगाडि कहिल्यै नरोकिदा,
उसका पीडाहरुलाई नुन चुक छर्की,
भोज गरी रमाउन नैतिकताले दिएन मलाई ।
मधेसी र पहाडियाको नाममा,
अफिमको खेती गरी,
बाघको छाला ओढेर,
शिकार गर्ने स्यालको कर्तुतमा,
ताली बजाई,
तिमीलाई सफलताको ताज पहिराई,
अबिर माला लगाईदिने आँट आएन मलाई ।
अब त जनताका दिन आउँछन भन्ने,
मेरा स्वर्गवासी हजुरबुबा,
तिम्रो चाप्लुसी नगर्दा,
देशद्रोही ठान्ने तिम्रो नियतलाई,
अन्धभक्त भई,
राष्ट्रप्रेम ठानी दोसल्ला ओढाई,
सम्मान गर्ने साहस म मा छैन,
किनकि तिमी नेता अनि म जनता ।

देउखुरी, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here