- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsबन्द हुँदै यातायात मजदुरको रोजीरोटी

बन्द हुँदै यातायात मजदुरको रोजीरोटी

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २७ बैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का प्रकाश गन्धर्व नमस्ते राप्ती यातायात प्रालिको टिकट काउन्टरमा काम गर्छन् । उनले टिकट काट्ेर नै दैनिक ५÷६ सय रुपैयाँ कमाउने गर्थे । घरमा बृद्ध बुवाआमा, छोराछोरीसहित सातजनाको परिवारको अभावलाई टिकट काटेरै पालिरहेका उनी अहिले समस्यामा छन् ।

प्रकाश अहिले लकडाउन भएपछि डेढ महिनादेखि घरमै बसेका छन् । बन्दाबन्दीले सवारी साधन सञ्चालन नआएपछि उनको रोजीरोटी बन्द भएको छ ।

‘आउने ठाउँ बन्द भयो, पेटले खान खोजिहाल्छ’ उनी भन्छन्– ‘घरमा भएको बचत खाद्यान्न सकियो, अब त रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने पिर पो भयो ।’ आम्दानीको स्रोत बन्द भएपछि खाने खाद्यान्न कसरी जुटाउने भन्ने पिरलो उनीमा बढिरहेको छ ।

‘जस्तोसुकै श्रम गर्न तयार छौँ, तर श्रम गर्ने ठाउँ पनि त हुन प¥यो ?’ उनले भने– ‘तुलसीपुर उपमहानगरपालिकाले श्रममा लगाएर राहत वितरण गर्ने भन्ने कुरा सुुनेका थियौँ, खै कहिले हो, हामी घरका दुईजना काममा जान तयार छौँ ।’

लामो समयको बन्दाबन्दीका कारण श्रम गरेर दैनिकी चलाउँदै आएका श्रमिक अहिले समस्यामा छन् ।

यातायात क्षेत्रमा काम गर्ने प्रकाश जस्तै अरु धेरै मजदुरहरु पनि समस्यामा परेका छन् । लकडाउन अर्थात् बन्दाबन्दीका कारण यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक, कर्मचारीहरु बढी मारमा परेका छन् ।

बन्दाबन्दीले समस्यामा परेका न सम्बन्धित गाडीधनीले राहत दिन नसकेका छन्, न सम्बन्धित यातायात व्यवसायी समितिले, न त स्थानीय सरकारले नै ?

स्थानीय सरकारले पनि राहतका नाममा अहिलेसम्म १० केजी चामलमात्रै वितरण गरेको प्रकाशले बताए । ‘स्थानीय सरकारले श्रममा लगाएर तत्काल राहत वितरण गरोस्, हामीलाई भोकले नमारियोस्’ उनले भने– ‘आम्दानीको बाटो नभएपछि भोकले मर्ने निश्चित देखिएको छ ।’

लकडाउनका कारण दैनिकरुपमा आउने आम्दानी बन्द भएपछि खाद्यान्नको समस्यामा परेको अर्का यातायात मजदुर कलसिंह विश्वकर्माले बताए ।

‘एक महिनासम्म त जसोतसो चल्यो, तर पछिल्लो समय त मुस्किल परिसकेको छ ।’ उनले भने– ‘हाम्रा लागि सरकार खोई, अहिलेसम्म हामीले कतैबाट पनि राहत पाएका छैनौँ, हामीहरुलाई तलब हुँदैन, दिनमा जति कमाई हुन्थ्यो त्यहि खाने गरेका थियौँ, तर अहिले समस्या भयो ?’

आफुहरु पनि समस्यामा परेका कारण चालक तथा सहचालकलाई सहयोग गर्न नसकिएको यातायात व्यवसायी राजु पाण्डेले बताए । ‘बंैकले कतिबेला आफूहरुका बस जफत गर्ने हो चिन्ता छ, कर्मचारीलाई झन गाह्रो छ’ उनले भने–

‘हामीले व्यक्तिगत रुपमा केही सहयोग गरेपनि संस्थागत रुपमा यातायात मजदुरहरुलाई सहयोग गर्न सकेका छैनौँ ।’ लकडाउनका कारण आफूहरु पनि समस्यामा रहेको उनले बताए ।

‘बसको मासिक डेढ लाख किस्ता तिर्नुपर्ने हुन्छ, तर आम्दानी बन्द भयो, खै कसरी तिर्ने हो बंैकको किस्ता ?’ उनले भने– ‘बंैकहरुले व्याजमा मिनाह गर्ने भन्ने खबर सुनेको छु तर मलाई त लाग्छ, ब्याज मिनाहाभन्दा पनि किस्ता दिने समयपछि सारिदिए हुन्छ’ ।

उनले लकडाउन खुलेको करिब दुई महिनापछि मात्रै आफूहरुलाई सहज हुने भन्दै बैंकले सोहि अनुसार किस्ता ढिला लिनुपर्ने बताए ।

‘अहिलेको किस्ता पनि तिनुपर्ने हो तर रकम त छैन्, हामीले आम्दानी गर्न शुरु गरेपछि मात्रै किस्ता दिनुपर्ने विषयमा गम्भीर छलफल होस्’, उनले भने– ‘लकडाउन खुलेको केही समयपछि मात्रै किस्ता दिन सक्छौँ ।’

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बन्दाबन्दीले यातायात क्षेत्र धरासायी भएको बताए । उनले यातायात मजदुर, मालिक सबै समस्यामा रहेको बताउँछन् । प्रालिले समस्या समाधान गरे पनि पूर्ण हुन नसकेको बताए ।

तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले यातायात क्षेत्र बन्दाबन्दीकै कारण जोखिममा रहेको बताए । उनले बैंक ऋणदेखि रोजीरोटीसम्मको असर यातायात क्षेत्रमा परेको बताए ।

तुलसीपुर उपमहानगर–पालिकाका विपद् व्यवस्थापना समिति संयोजक नवराज लामिछानेले समस्यामा परेका विपन्न अशक्त, बृद्धाबृद्धालाई राहत वितरण भइरहेको बताए ।

‘बन्दाबन्दीमा कोहि पनि समस्यामा पर्नुभएको छ भने सम्बन्धित टोलको सिफारिस ल्याएर आएमा हामीहरुले राहत उपलब्ध गराइरहेका छौँ’ उनले भने–‘लकडाउनका कारण श्रमिक समस्यामा परेका अशक्त, बृद्धबृद्धा तथा जेष्ठ नागरिकलाई तुरुन्तै राहत उपलब्ध गराउँछौँ ।’

उनले काम गर्नसक्ने जनशक्तिलाई श्रममा लगाएर सो वाफतको खाद्यान्न वितरण गरिने बताए । ‘हाम्रो नीति कोहि भोकै बस्न नपरोस् भन्ने नै हो, उनले भने–‘श्रममा लाग्न सक्ने जनशक्तिलाई ज्याला स्वरुप खाद्यान्न सहयोग गछौँ, भने नसक्ने वर्गले काम गर्नुपर्दैन्, उहाँहरुलाई राहत उपलब्ध गराउँदछौँ ।

उपमहानगरमा भएको जनशक्तिलाई श्रममा लगाउनका लागि आवश्यक कार्यविधि पनि आइतबारसम्म आउने उनले बताए । ‘उपमहानगरमा निर्माणको चरणमा रहेका विकास निर्माणका कामलाई निरन्तरता दिने र त्यसका लागि समस्यामा परेका श्रमिक वर्गलाई काममा लगाउने योजना बनाएका छौँ’ उनले भने–

‘यसले गर्दा राहत वितरणमा सहजता आउने विश्वास गरिएको छ, जहिले पनि आफन्त र चिने जानेकालाई मात्र राहत वितरण हुन्छ भन्ने गुनासो आउने गरेको छ, यसले गर्दा सहज हुनेछ ।’ तर यातायात मजदुरले राहतको सट्टा श्रम भने पाएका छैनन ।

मजदुर संगठन खै ? 

लामो समयको लकडाउनका कारण श्रमिक वर्ग समस्यामा परेका छन् तर उनीहरुको समस्या समाधानका लागि मजदुर संगठन अहिले गुमनाम अवस्थामा छन् ।

नेतृत्व छनौट गर्ने समयमा तछाडमछाड गर्दै मजदुरलाई आफ्नो बसमा पार्ने खोज्ने मजदुर संगठन अहिले चुपचाप अवस्थामा छन् ।

नेतृत्व तहमा आफूलाई लैजानका लागि फोनका घण्टी बजाउने तथा मजदुरका घरमै पुग्ने मजदुर संगठनका नेता समस्या परेका समयमा पछि हटेको मजदुर प्रकाश गन्धर्वले बताए । ‘मजदुरका समस्या परेका बेला लुक्ने प्रतिनिधि पनि कसरी नेतृत्व हुनसक्छ ?

उनले दुखेसो पोखे ‘अहिले फोन गर्दा पनि सम्पर्कमा आउन चाहदैनन्, आफू नेतृत्वमा आउने समयमा त खोजी खोजी आफ्नो मत जुटाउन खोज्छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here