- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsताली बजाएर स्थापना दिवस

ताली बजाएर स्थापना दिवस

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २७ बैशाख ।

लकडाउनका कारण ठूलो कार्यक्रम गरेर स्थापना दिवस मनाउने अवस्था नभएपछि एक मानवीय संस्थाले ताली बजाएर स्थापना दिवस मनाएको छ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले रेडक्रसको स्थापना दिवसको अवसरमा ताली बजाएर औपचारिक रुपमा दिवस बनाएको छ ।

जिल्ला शाखामा सामाजिक दूरी कायम गर्दै सीमित पदाधिकारीको सहभागितामा रेडक्रसको १९२औं स्थापना दिवस ताली बजाएर मनाएको हो । मानवीय सेवामा क्रियाशील रेडक्रसले यो अवस्था औपचारिक धुमधाम गरेर स्थापना दिवस मनाउनु राम्रो नभएकोले ताली बजाएर संस्थापकहरुलाई सम्झदै स्थापना दिवस मनाइएको शाखामा मन्त्री प्रकाश श्रीवन्दले बताए ।

विपद्को घडीमा नै स्थापना भएको रेडक्रस अहिले पनि विश्वभरी महामारीको रुपमा रहेको कोभिड–१९ अर्थात् कोरोना महामारीको अवस्थामा रहेको छ ।

शाखा सभापति नारायण आचार्यको सभापतित्व तथा दाङ शाखाका संस्थापक नवराज रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीबन्दले गरेका थिए ।

सहभागीहरुले कोरोना भाइरसको नियन्त्रणमा लागि रेडक्रसकर्मीहरुले गरेको योगदान महत्वपूर्ण भएको भन्दै अझै क्रियाशीलता बढाउनुपर्ने बताएका थिए । उनीहरुले यो अवस्थामा खटिने रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सम्मान गर्नुपर्ने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here