- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरआमाको माया, बुवाको परिश्रम र मेरो प्रतिद्वन्द्वी समाज

आमाको माया, बुवाको परिश्रम र मेरो प्रतिद्वन्द्वी समाज

- Advertisement -spot_img

महेश ओली

आज मैले हाम्रो समाजमा रहेको समाजिक कुसंस्कृतिको बारेमा आफूले जानेका केही कुराहरू आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरूलाई बताउन गईरहेको छु । मैले लेखेको कुरा पढ्दै गर्दा कतिपय व्यक्तिहरूलाई आफ्ना आमाबुवाको याद पनि आउन सक्छ ।

अनि कतिपयलाई भने आफ्नो आमाबुवालाई बृद्धाश्रमबाट लिएर घरमै राखुँ भन्ने सोच आउन सक्छ । कति जनालाई चाहिँ आफ्नो परिवारसँग बसेर धेरै कुरा गर्ने मन लाग्न सक्छ ।

आज मैले कुरा गर्दैछु । आमाको माया अनि बुवाको परिश्रमको बारेमा । कतिलाई त थाहा नै छैन होला । मेरो आमा बुवाले मेरो लागि कति त्याग गरेका छन् भनेर । त्यस्ता व्यक्तिको लागि भएपनि मैले यो लेख लेख्दैछु । सबैभन्दा पहिले कुरा गरे आमाकोः–

आमा

आमा, यो शब्द सुन्दा जति सजिलो लाग्छ नि त्यतिनै गाह्रो पनि छ । यो शब्दको अर्थ थाहा पाउन एउटा आमा आफ्नो सन्तानको लागि कति त्याग गर्नुपर्छ खानेकुरा त्यो कहिले पनि बुझ्न चाहदैन । सबैभन्दा पहिलो त्याग ।

सन्तान पेटमा हुँदा उनीहरूलाई जे मान लाग्यो त्यहि खाना खान पाउँदैनन् । किन थाहा छ ? किनभने त्यो पेटमा तिमी हुर्किरहेको हुन्छौं । तिमीलाई केही नहोस् भनि उनले आफ्नो खानाको बलिदान दिन तयार हुन्छिन् । के तिमी कहिले आमाको लागि खानाको बलिदान दिएका छांै ?
तिमी आफूले एकचोटी सोचेर हेर ।

तिमी त घरमा एकदिन मात्र नमिठो खाना पकाउँदा खाना नै छोडेर हिड्ने गर्दछौं । त्यो आमा जसले तिमी पेटमा भएदेखि तिमी जन्मिएको एक वर्षसम्म नमिठो नै खाएकी थिईन् । तिम्रो आमालाई तिमी ७–९ महिनाको पेटमा हुँदा उठ्न बस्न गाह्रो हुन्छ ।

न खान मन लाग्छ । न राम्रोसँग बस्न नै मिल्छ  । त्यस्तो अवस्थामा पनि उनि तिम्रो लागि भनेर आफ्नो स्वास्थ्यको प्रवाह नगरी तिमी नै भनेर खुशी हुने गर्दछिन् । अनि कुरा आउँछ तिम्रो जन्मको । त्यतिखेर मलाई सायद मलाई लाग्छ एउटा नव शिशुको लागि एकको मृत्यु अवश्य हुन्छ ।

त्यस्तो अवस्थामा पनि उनी तिम्रो आशामा बसेकी हुन्छिन् । मैले नजिकबाट देखेको छु एउटी आमालाई । उसले एउटा सन्तानलाई जन्म दिन उनी केही समयका लागि भएपनि मरेको हुन्छिन् । अनि तिम्रो जन्म हुन्छ । अनि तिनि कति भाग्यमानी ।

तिमी जन्मिएको केहिबेर नरूदा तिम्रो आमा पनि रूने गर्दछिन् । सायद त्यो पल तिमीले देख्ने र महसुस गर्ने भएको भए आज कुनैपनि आमाबुवा बृद्धाश्रम र घरबाट निकालिने थिएनन् होला ।

म एउटा स्वास्थ्यकर्मी भएर पनि होला मैले त्यो समयले देख्ने मौका पाएको थिए । संसारमा पहिले त्यस्तो समय आउँछ जब सन्तानले जन्म लिदा, यदि त्यो सन्तान नरूदा आमा रून्छिन् । अनि त्यहि सन्तान रूदा आमाको मुहारमा हाँसो आउँछ ।

अनि तिम्रो लागि नौ महिनासम्मको दूध खुवाउन, तिम्रो लागि राम्रो–राम्रो कपडा, तिमीप्रतिको सदाचार, माया लाखौँलाख सपना अनि करोडौँको माया यतिसम्म त्याग गरेको आमालाई जब तिमी युवा हुन्छौं । त्यही आमा तिमिलाई मन पर्दैन । तिमीले कसरी बिर्सन सक्छौं ?

तिमी पढाइएको लागि टाढा गएको बेला चामलको बोराभित्र खानेकुरा अनि तिम्रो खर्चको लागि लुकाएर पैसा पठाएको । हुन त कहाँ सम्झन्छांै र तिमीले । किनभने तिमी ठूलो भईसक्यौ नी होइन र ? यति मात्र होइन आमाको त्याग छोराछोरीको लागि अनन्तसम्म पनि हुन्छ ।

यो संसारमा यदि कसैले सोध्यो संसारमा सबैभन्दा सुन्दर चिज के भन्यो भने ? त्यो हो आमा । आमा सँधै सुन्दर हुन्छन् । गलत त केवल सोंच र मानसिकता मात्र हो ।

बुवा

आमा एउटा छोराछोरीको लागि त्यागको खानी हो भने त्यसै त्यागको खानीको परिश्रम र मेहनतको अर्को रूप हो बुवा । हामी सबैलाई लाग्ने गर्दछ । आमाले जति हामीलाई बुवाले माया गर्नुहुँदैन । त्यो होइन, बुवाले पनि आमा जतिकै माया गर्नुहुन्छ तर देखाउन सक्नुहुँदैन । बुवाको मायामा पनि कुनै कमी हुँदैन । तपाईहरूलाई म एउटा बुवाको कथा यहाँ प्रस्तुत गर्दछु त्यो पनि आफ्नै ।

वि.सं २०६८ सालको कुरा हो । म कक्षा ९ मा पढ्दै थिए । त्यतिबेला ९ कक्षा ट्युशन पढाइन्थ्यो । अनि कक्षा ९ को अन्तिम परीक्षा पनि नजिकिदै थियो । त्यसैले सबै साथीहरू मिलेर ट्यूशन पढ्न जाने गरिन्थ्यो । मेरो बुवाको त्यति कुनै जागिर थिएन ।

घरको आर्थिक अवस्थामा पनि त्यति राम्रो थिएन । ट्यूशन पढेवापत मैले तीनवटा विषयको १ हजार २ सय रकम बुझाउनुपर्ने थियो । रकम बुझाउनुपर्ने भएपछि मैले घरमा आएर १ हजार २ सय रूपैयाँ चाहियो भने । बुवा केहिपनि नबोलेर, केहि नसोचेर मलाई आवश्यक परेको रकम मेरो हातमा राखिदिनु भयो ।

मेरो बुवाले पर्स सँधै गोजीमा राख्ने गर्नुहुन्थ्यो । त्यसदिन त्यो पर्स टेवुलमा देखे अनि मलाई बुवाको पर्समा कति पैसा छ भनेर हेर्न मन लाग्यो । मैले खोलेर हेर्दा पर्स पूरै खाली थियो । मेरो मनलाई मैले सम्हाल्न सकिन । म एकछिन त्यहि बसेर रोए अनि मैले सोंचे ।

बरू सरको ट्यूशन शुल्क सबैबाट उठाएर दिन्छु अनि मरो रकम मिनाहा हुन्छ । अनि मैले बुवाबाट लिएको पैसा बुवाको पर्समा नै राखेर गए । अब तपाई भन्नुहोस् तपाईले बुवाको लागि यतिसम्म गर्नुभएको छ ? यदि यतिसम्म पनि गर्न सकिदैन भने पनि उहाँको घरमा बस्ने अधिकार न खोसिदिनुस् ।

आफ्नो बुवालाई बुझ्नुहोस् । उहाँसँग कुरा गर्नुहोस् । यतिमात्र गर्नुभयो भने तपाईको बुवा सधै खुशी हुनुहुनेछ । त्यसैले भनिन्छ, भगवान खोज्न मन्दिर जानु पर्दैन ।

भगवान त तपाईको घरमै हुनुहुन्छ । तपाईको घर मन्दिर अनि तपाईको बुवाआमा भगवान हो । त्यसैले आफ्नो परिवारलाई सधैं माया गरौँ ।

समाज

समाज भनेको मान्छेहरूको एउटा त्यस्तो समूह हो । जहाँ हरेक किसिमका मान्छेहरू मिलेर बसेका हुन्छन् । जसमा राम्रो र नराम्रो दुबै थरिका मानिसहरू हुन्छन् । त्यसैले समाजलाई प्रतिद्वन्द्वी भनेको हो । हाम्रो समाजले पनि हाम्रो जीवनमा धेरै ठूलो भूमिका खेलेको हुन्छ ।

हामीले गरेका हरेक कार्यमा औँला उठाउने समाजकै मानिसहरू हुन्छन् । त्यसकारण समाजले हामीलाई के भन्छ भन्नुभन्दा पनि पहिले आफूले गर्न लागेको काम सही छ वा छैन भनेर आफैले मूल्याङ्कन गर्न जरूरी छ ।

हाम्रो आमाबुवालाई राम्रो नराम्रो कान फुक्ने पनि यहि समाजका मानिसहरू हुन्छन् । त्यसैले कुनैपनि कार्य सुरू गर्नुभन्दा पहिले आफ्नो आमाबुवा र परिवारसँग बसेर सरसल्लाह गरेर मात्र अगाडी बढ्नु राम्रो हुन्छ । समाज भनेको तिमीले राम्रो काम गरेपनि कुरा काट्ने गर्दछ र नराम्रो काम गरेपनि कुरा काट्दछ ।

त्यसैले जहिले पनि आपतको समयमा चाहिने भनेको परिवार नै हो । त्यसैले भनेको हो । आमाबुवा भगवानको रूप हुनुहुन्छ । तिमी सानो गल्ती गर समाजले तिमीलाई माफ गर्दैन । तर तिमी हजारौँ गल्ती गर बुवाआमाले माफ गर्नुहुन्छ ।

त्यसैले आफ्नो आमबुवा समाज भन्दापनि धेरै माथि हुनुहुन्छ । समाजका केहि व्यक्तिहरूको कुरा सुनेर आफ्नो बुवाआमा र परिवारको मन कहिले नदुखाउनु ।

निष्कर्ष

हाम्रो समाजमा बस्ने प्रत्येक परिवारहरूलाई म के भन्न चाहन्छु भने तपाईहरूले आ–आफ्नो आमाबुवालाई माया गर्नुहोस् । उहाँहरूसँग बसेर कुरा गर्नुहोस् । उहाँहरूको कार्यमा साथ दिनुहोस् । कुनै कुरा बुझुन गाह्रो हुनसक्छ ।

आमाबुवालाई सम्झाउनुहोस् । उहाँहरू तपाईकै आमाबुवा हुनुहुन्छ । तपाईकै परिवार हुनुहुन्छ । तपाईकै खुशीको लागि यति गरेको । त्यसैले आजको दिनबाट कसैको परिवारमा बुवाआमालाई नराम्रो ब्यवहार नहोस् । कहिले सोच्नुभएको छ ?

पहिले एउटा घरमा २÷४ भाइबहिनी बसेको घर आज आमाबुवा नअट्ने भयो किन ? अनि कसरी ? तपाई सानो हुँदा एउटै भरमा बुवाआमा, दाइ, भाइ, दिदी, बहिनी अटाउने घरमा अहिले एउटा बुवाआमाको लागि खाली ठाउँ किन भएन होला ?

आफूलाई सोध्नुहोस् । यहि त्यहि आमाबुवाले घरमा ठाउँ छैन भनेर तपाईलाई सानैमा घरबाट सडकमा छोडेको भए आज तपाईको अस्तित्व हुने थिएन होला ।

त्यसैले जसले हामीलाई हाम्रो पहिचान र अस्तित्व दियो त्यसैलाई नमेटाईदिनुहोस् । मेरो अनुरोध छ । कोहि कसैले आफ्ना आमाबुवालाई नराम्रो व्यवहार नगरौँ, उहाँहरूलाई उच्च सम्मान र आदर दिएर परिवार सुखी र खुुसी बनाऊ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here