- Advertisement -spot_img
Sunday, June 13, 2021

गजल

- Advertisement -spot_img

श्रवण नेपाली

हट्दै हट्दैन बालुवाटार हजुरको नजरमा
सधै शक्ति र सिंहदरबार हजुरको नजरमा

करोडौँको हिनामिना हुन्छ रे ! दैनिकजसो
के यहिँलाई भन्छन् व्यापार हजुरको नजरमा

जनताले बुझ्ने गरी बताइदिनुहोस् नेता ज्यू
केलाई भन्छन् भ्रष्टाचार हजुरको नजरमा

दुःख पीडामा परेका जनता देख्दै देख्नहुन्न
कि त धुलो प¥यो सरकार हजुरको नजरमा

बेबारिसे जस्तै भएको छ मुलुक हाम्रो
तपाई आफैँ कलाकार हजुरको नजरमा

घोराही–१५,दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here