- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकोरोना भाइरस

कोरोना भाइरस

- Advertisement -spot_img

भूवनेश्वर आचार्य

कोरोना भाइरस नोवेल कोरोना
कोभिड–१९ दुश्मनको गरौँ सामना ।

काम परि बाहिर जाँदा मुखमा माक्स लाउ है
सकेसम्म दुबै हातमा पञ्जा पनि लाउ है
अबदेखि नगरौँ है हात मिलाउने काम
भाइरसलाई दिनहुन्न नेपालमा ठाम ।

मिचीमिची हात धोउ साबुन पानीले
बालबृद्धलाई खुशी पारौं कुराकानीले
साथीसंगी आफन्तमा नमस्कार गरौं
हात मिलाउने बेठीक हो नमस्कार गरौं

महामारी कोरोनालाई घुस्न दिनु हुन्न
अनुशासन पालनाले दुःख पाइदैन
लकडाउनको स्वागत गरौँ घरभित्र नै पसौँ
हाँस्दा, कास्दा, हाच्छिउ आँउदा रुमालले मुख छोपौँ ।

चाइनाबाट सल्किएको कोभिड–१९ रोग
इटलीमा धेर खायो मानिसको भोग
विश्वभरी फैलिसक्यो महामारी भाइरस
कति मरे अमेरिकामा धेरै नै छन् बेहोस् ।

यस्तै जापान, श्रीलङ्कामा कोरोना पुग्दैछ
कोरिया र युरोपमा खलबली मच्चिदैछ
नेपाल पनि चोखो रहँदैन, रुसको थाहा छैन
नियम कानुनभित्र बसे आत्तिनु पर्दैन

कोरोना भाइरस ,नोवेल कोरोना
कोभिड–१९ दुश्मनको गरौँ सामना ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here