- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsबजेट अधिबेशनमा सरकारको आलोचना

बजेट अधिबेशनमा सरकारको आलोचना

- Advertisement -spot_img

काठमाडौं ।


संघीय संसदको बजेट अधिवेशन शुक्रवारबाट सुरु भएको छ । संवैधानिक व्यवस्थाअनुसार अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि पूर्वतयारीका छलफल तथा अन्य कार्यक्रमका लागि हाल बजेट अधिवेशन प्रारम्भ गर्नुपरेको संसद सचिवालयले बताएको छ ।
अब वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रि बजेट छलफल हुने, आगामी जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, जेठ १३ गते आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको छ । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको छ ।
कोरोना जाँचको रिपोर्टको आधारमा मात्र सांसदलाई भित्र प्रवेश गराएर संसद सुरु गएको हो । बैठक कक्षमा सामाजिक दुरी कायम हुने गरी बस्ने कुर्सी मिलाइएको छ । त्यसैगरी दुवै सदनको बैठक कक्षलाई सेनिटाइज्ड तथा डिस इन्फेक्टेड गरिएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ । कोभिड–१९ भए नभएको निक्र्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालकको बिहीबार थ्रोट स्वाब सङ्कलन गरिएको थियो । सबैको रिपोर्ट नेगिटिभ आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिए । बजेट अधिबेसनमा सबै दलका नेताहरुले सम्वोधन गरेका छन । नेताहरुको सम्बोधनमा संसदमा सरकार र प्रधानमन्त्रिको कडा आलोचना भएको छ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजबादीका नेता डा बाबुराम भट्टराई लगायतकाले सरकार र प्रधानमन्त्रि केपि शर्मा ओलीको आलोचना गरेका हुन । प्रतिनिधिसभाको अर्को बैठक वैशाख २८ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ। 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here