- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसंसदीय दलको सचेतकमा देवकोटा

संसदीय दलको सचेतकमा देवकोटा

- Advertisement -spot_img

घोराही, २६ बैशाख ।
नेपाली कांग्रेसकी नेतृ तथा संसद अनिता देवकोटा संसदीय दलको सचेतकमा मनोनयन भएकी छन् । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसद देवकोटालाई मनोनयन गरेका हुन् ।

‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम तपाईलाई राष्ट्रियसभा संसदमा मनोनयन गरेको छु, विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’ नेपाली कांग्रेस संसदिय दलका नेता देउवाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

दाङ घोराही निवासी संसद देवकोटाले संसदीय दलको सचेतकमा मनोनयन भएपछि आफ्नो जिम्मेवारी पूरा गर्ने बताएकी छन् । ‘संसदमा सशक्त प्रतिपक्षको भूमिका र पार्टी व्यवस्थामा मेरो पहिलो जिम्मेवारी हुनेछ’ संसद देवकोटाले प्रदेश टुडेसँग भनिन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here