- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsस्थानीय सरकारको लापरवाही

स्थानीय सरकारको लापरवाही

- Advertisement -spot_img

बृद्ध भत्तामा सकस

उमा भण्डारी
तुलसीपुर, २६ बैशाख ।

यो लकडाउनको समय हो । लकडाउनको समयमा सबै सुरक्षित हुनुपर्छ तर तुलसीपुर उपमहानगरपालिकाभित्र रहने बृद्धबृद्धाहरूको अवस्था भने फरक छ । स्थानीय सरकारकै लापरबाहीका कारण कोरोनाको उच्च जोखिममा यहाँका बृद्धबृद्धाहरू परेको छन् ।

सामाजिक सुरक्षा भत्ताका नाममा बृद्धबृद्धाहरूलाई स्थानीय सरकारले कोरोनाको जोखिम बढाएको हो । भत्ताको नाममा बजारमा ल्याएर ठेलमेल गर्दे बैंकमा बृद्धबृद्धालाई लाइन लगाउनु स्थानीय सरकारकै लापरवाही देखिएको छ ।

सामाजिक सुरक्षा भत्ता खातामै जाने भएकाले जहिले निकाले पनि हुन्छ भन्ने बुझाउन नसकेर गाडी नै रिजर्भ गरी बैंकमा लाइन लगाउनु सरकारकै लापरवाही भएको सरोकारवालाको भनाइ छ । लकडाउनको समयमा सुरक्षा भत्ता रकम बुझ्नकै लागि निकै कष्ट खेप्नुपरेको बृद्धबृद्धाहरूको गुनासो छ । उनीहरूले घरमै लगेर दिनुपर्ने र बैंकमा लाइन लाग्दा धेरै सास्ती भइरहेको बताएका छन् ।

सरकारले लकडाउनको समयमा वडामार्फत भत्ता रकम सम्बन्धित व्यक्तिको घर–घरमा पु¥याउने भनेको थियो तर बैंकले त्यो व्यवस्थापन गर्न नसकेको देखिएको छ ।

स्थानीय सरकारले भत्ता वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्दा बृद्धबृदाहरूलाई थप समस्या भएको गुनासोसमेत गरेका छन् । अत्याधिक भिडभाड हुनुको साथै कोरोना संक्रमणको जोखिमसमेत खेप्नुपरेको छ ।

स्थानीय सरकारको समन्वयमा एउटा वडाबाट बढीमा ३० जना बृद्धबृद्धाहरूलाई ल्याउनुपर्ने भनिएको भएपनि २ सय जनासम्म आउने गरेकाले समस्या थपिएको बैंकर्स क्लव अफ तुलसीपुरका अध्यक्ष सरोज लामिछानेले बताए ।

कार्यालय खुल्ने दिन दुई घण्टामार्फत कारोबार गर्ने बैंकको केन्द्रीय निर्देशन भएपनि रकम बुझ्नेहरूको एकदमै भिड लाग्दा साँझ ६ बजेसम्म पनि काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘हामीले वडा अध्यक्षहरूलाई बढीमा ३० जनासम्म मात्र सिफारिस गरेर पठाइदिनुस् भनेर बारम्बार भनेकै छौँ’ उनले भने– ‘तर भनेको भन्दा ६/७ गुणा बढी आउनुहुन्छ, जसले गर्दा रकम दिनेलाई भन्दा लिनेलाई निकै सास्ती छ ।’

सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित र सरल बनाउनका लागि यहाँका बैंकहरूसँग समन्वय गरेको भएपनि बृद्धबृद्धाहरूको भिड नियन्त्रण गर्न निकै समस्या भएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले पछिल्लो समयमा भित्ता लिनेको निकै भिडभाड बढ्न थालेपछि बैंकका शाखा प्रमुख, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच छलफल गरिएको बताए ।

भिडभाडलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आफूहरू केन्द्रित भएको बताए । ‘हामीले प्रत्येक वडाबाट २० देखि २५ जना पठाएकै हो’ उनले भने– ‘तर पनि रकम पछि पाइदैन भन्ने मानसिकता छ, त्यसले गर्दा बृद्धबृद्धाहरू घण्टौँ हिडेर बैंक धाउने गर्नुभएको छ ।’

सरकारले उपलब्ध गराएको भत्ता रकम आफूलाई आवश्यक परे जुन समयमा पनि झिक्न सकिन्छ । जुनसुकै समयमा पनि रकम उपलब्ध हुने भएकाले अत्यावश्यकबाहेक अन्यलाई बैंक नजान उपमहानगरले वडामार्फत सबैलाई अनुरोध गर्दै आएको नगरप्रमुख पाण्डेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here