- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsदंगीशरणमा सहकर्मी समाजको राहत

दंगीशरणमा सहकर्मी समाजको राहत

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, २६ बैशाख ।

विश्व कोरोनाको कारण आक्रान्त भैरहेको बेला दंगीशरण गाउँपालिकामा सहकर्मी समाज सुर्खेतले किसानहरूलाई धानको बीउ उपलब्ध गराएको छ ।

लामो बन्दाबन्दीले गर्दा श्रम गरेर खाने किसानहरूलाई समस्या पर्ने देखिएपछि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा संस्थाले आफ्नो कोसेली कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका सातवटै वडामा रहेका अति विपन्न किसानहरूका लागि ३ लाख १ हजार ६ सय मूल्य बराबरको धानको बीउ वितरण गरिएको छ ।

गाउँपालिकाभित्रका ४ सय २४ घरपरिवारलाई उपलब्ध गराएको सहकर्मी समाज दाङका टिम लिडर पुनाराम पन्थीले जानकारी दिए ।

बिगत तीन वर्षदेखि दंगीशरण गाउँपालिकामा रहेका प्रत्येक वडाका विपन्न बस्तीहरूमा ‘कोसेली’ कार्यक्रम सञ्चालन गर्दै आएको सहकर्मी समाज सुर्खेतले कोरोना महामारीले विपन्न वर्गलाइ खेती गर्न धानको बीउ सहज बनाउने उद्देश्यका साथ हाललाई धानको बीउ गाउँपालिकासँगको समन्वयमा उपलब्ध गराएको पन्थीले बताए ।

यसैगरी १ लाख २० हजार बराबरको धानको बीउ गढवा र राजपुर गाउँपालिका क्षेत्रमा स्थानीय गाउँपालिकाको समन्वयमा दक्षिण देउखुरी अधिकार मञ्चबाट वितरण गरिएको छ ।

समाजले दंगीशरण गाउँपालिकाभित्र न्यूनतम २ देखि अधिकतम १० कठ्ठासम्म जग्गा भएका, अधिया गरी खाने साना किसान तथा दैनिक ज्याला कमाउने दलित, जनजाति र विपन्न घरपरिवार छनोट गरी प्रतिकठ्ठा २ किलोका दरले ४ सय २४ घरलाई कम्तिमा १ सय ३० विगाह जग्गामा खेती गर्न पुग्ने गरी ५२ क्विन्टल धानको बीउ वितरण गरिएको हो ।

राहतका लागि समूहले छनोट गरि सिफारिस गरेका मानिसहरूलाई गाउँपालिका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा खड्का तथा सम्बन्धित वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कृषि शाखा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र सहकर्मी समाजका सहजकर्ताहरूले सातवटै वडाका बस्तीहरूमा पुगेर बीउ बितरण गरेका थिए ।

राहत वितरण वडा नं. १ मा ७६ घर, वडा नं. २ मा ३६ घर, वडा नं. ३ मा ५०, वडा नं. ४ मा ५५ घर, वडा नं. ५ मा ६९ नं. घर, वडा नं. ६ मा ५७ घर र वडा नं. ७ मा ८१ घर गरि जम्मा ४ सय २४ घरलाई राहत स्वरूप हाललाई धानको बीउ उपलब्ध गराइएको संस्थाकी सामाजिक परिचालिका भिष्मा बस्नेतले जानकारी दिइन् ।

यसअघि दंगीशरण गाउँपालिकाले दुई चरणमा चामल, दाल र तेल समस्यामा रहेका नागरिकहरूलाई वितरण गरिसकेको छ ।

अब खेतीपाती लगाउने सिजन आएकोले साना किसानलाई खाद्यान्न बीउ सहयोग गर्न उपयोगी हुने पालिकाको सुझाव र समुदायको मागलाई सम्बोधन गर्दै धानको बीउ वितरण गरी सहयोग पु¥याएकोमा दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पिमा खड्का र विपन्न वर्गका किसानहरूले सहकर्मी समाजलाई धन्यवाद समेत दिएका थिए ।

संस्थाले दंगीशरण गाउँपालिकाभित्र रहेका सातवटै वडाका विपन्न बस्तीहरूमा ५२ वटा सामुदायिक समूह र वडास्तरमा सातवटा मुल समिति गठन गरेर काम गर्दै आएको सहकर्मी समाज सुर्खेतले दंगीशरण गाउँपालिकामा विगत तीन वर्षदेखि विकास कोष नर्वेको आर्थिक सहयोगमा ‘कोसेली’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने दाङकै गढवा, राजपुर, बंगलाचुली र घोराही–१९ मा बिगत १३ वर्षदेखि समुदायको रूपान्तरणका लागि कार्यरत रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here